मेचीनगर, ११ बैशाख । यही आउँदो शुक्रबार भारत पश्चिम बंगालको दार्जिलिङ जिल्लामा हुने लोकसभा चुनावका लागि भारतसँग सीमा जोडीएको झापा सीमा नाका शनिबार विहानसम्म बन्द हुने भएको छ ।
झापा जिल्लासँग सिमाना जोडिएको भारतको पश्चिम बंगालको दार्जिलिङ जिल्लामा अप्रिल २६ तारिक हुने १८ औँ लोकसभाको चुनावका लागि पाँचदिन नाका बन्द हुने भएको हो ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख एवम् डीएसपी मिमबहादुर लामाले मंगलबार बेलुका ६ बजेदेखि १५ गते शनिबार विहान ६ वजेसम्म नाका पूर्णरूपमा बन्द हुने जानकारी दिए ।
खुला सीमाका कारण चुनावका बेला सुरक्षा चुनौती बढ्नसक्ने भएकाले चुनावका लागि आज अप्रिल २३ देखि २७ तारिखसम्म सीमा नाका बन्द हुने उनको भनाई छ ।
नाका बन्द गरेर सीमा क्षेत्रको दशगजा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गर्ने तथा सुरक्षा संवेदननशीलता अनुसार काम गर्ने सहमति भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसीले बोर्डर सिल गरिएको अवधिमा अत्यावश्यक सेवालाई दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आउन जान दिइने बताए ।
उनका अनुसार दार्जिलिङ जिल्लामा चुनाव हुने भएपछि झापाको भद्रपुरदेखि इलामको सिमाना सलकपुरसम्म र इलाम जिल्लामा पनि बोर्डर सिल हुने छ ।
Discussion about this post