२५ फाल्गुन २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कृषि

मेचीनगरको खरबुजा भाटभटेनी र होटलमा ‘सलाद’को रुपमा प्रयोग

बैशाख २२, २०८१, ३:२० .शनिबार
0
0
0
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

ज्यामिरगढी, २२ बैशाख । मेचीनगरमा उत्पादन गरिएको ‘खरबुजा’ अब भाटभटेनी र ठुला तथा साना होटलहरुमा ‘सलाद’को रुपमा पाइन थालेको छ ।

मेचीनगर–१५ स्थित कालिका र जरीबुटीमा रहेको नेपाली बाबु स्मार्ट कृषि फार्मले उत्पादन गरेको ‘खरबुजा’ भाटभटेनी, ठुला तथा साना होटल र पसलहरुमा उपलब्ध हुन थालेको छ ।

फार्मका सञ्चालक लीला खनालले दैनिक २२ देखि २५ टन खरबुजा बजार गइरहेको बताए । उनले झापाको बिर्तामोड, दमक र विराटनगरमा रहेको भाटभटेनीमा यहाँका खरबुजाहरु बिक्रीमा राखिएको जानकारी दिए ।

त्यस्तै बिर्तामोडको सिद्धार्थ होटल तथा धुलाबारी र काँकरभिट्टाका होटलहरुमा समेत ‘सलाद’का रुपमा यहाँको खरबुजा पठाइरहेको उनको भनाई छ । उनका अनुसार होटलमा ग्राहकलाई काँक्रा, मुलासँगै मिसाएर खान दिएको खरबुजा हाम्रै फार्मको ब्राण्ड रहेको छ ।

झापाका र मेचीनगरका केहि ठुला तथा साना होटलहरुमा ‘सलाद’का रुपमा प्रयोग भएको खरबुजा यहिँबाट गइरहेको खनालले बताए । गर्मी बढेसँगै खरबुजाको माग पनि बजारमा बढ्न थालेको छ ।

‘दुई कुँइन्टल भन्दा बढी खरबुजा लानेलाई प्रति केजी २५ रुपैयाँ लिने गरिएको छ’, खनालले भने–‘त्यो भन्दा कम्ती लगे प्रति केजी ४० रुपैयाँ पर्नेछ । भारतबाट आएको विषादी हालेको र सस्तो खरबुजा जस्तो होइन । यहाँको खरबुजा खाँदा फेलेवर आउँछ । यहाँको खरबुजा महंगो जस्तो देखिए पनि गुणस्तरीय रहेको छ ।’

फार्मको ४२ विगाह जग्गा मध्ये १३ विगाहमा खरबुजा खेती लगाइएको छ । त्यसो त खरबुजा बाहेक बाँकी जग्गामा तरकारी खेती समेत लगाइएको छ । यसअघि ११ विगाह जग्गामा लगाइएको आलु खेतीबाट फार्मलाई मनग्ये आम्दानी भएको थियो । आलु प्रति केजी २९ देखि ५५ रुपैयाँ सम्म रहेको छ ।

४ वर्षदेखि फार्मले खेती गर्न सुरु गरे पनि ७ महिना यता व्यापार बढाउँदै लगिएको अर्का सञ्चालक रामहरि नेपालले बताए । रामहरि र हरि नेपालले उक्त फार्ममा फलफुल र तरकारी खेती गर्दै आएका थिए । ७ महिना यता उक्त फार्ममा खनाल पनि जोडिएका छन् ।

स्थानीय कालिका मावि र अन्य जग्गावालाहरुसँग २५ वर्षका लागि उक्त जग्गा लिजमा लिएका हुन् । बार्षिक २ लाख रुपैयाँ तिर्ने गरी उक्त जग्गा लिएको सञ्चालकहरुको भनाई छ ।

त्यस्तै ७ विगाह जग्गामा टमाटर खेती रहेको छ । प्रति केजी २६ रुपैयाँ रहेको टमाटर सकिएको बताइएको छ । फार्ममा भिण्डी र करेला प्रति केजी ८०, काँक्रा प्रति केजी ४० रुपैयाँ रहेको नेपालले बताए ।

फार्ममा बैगुन, फर्सी, खोर्सानी लगायतका तरकारीहरु उत्पादन गरिएको छ । भारतीय तरकारीले गर्दा नेपाली उत्पादन मारमा परेको उनीहरुको भनाई छ । भारतबाट आएको सस्तो र विषादी तरकारीले नेपाली बजार त सक्यो, स्वास्थ्यमा समेत खेलवाड भएको खनालको आरोप छ ।

फोटो÷शब्द : अर्जुन कार्की

पछिल्लो समाचार

१०० को नोटमा अब नेपालको नयाँ नक्सा

अघिल्लो समाचार

धुलाबारी टाइगर्स च्याम्पियन

Related Posts

सुनसरी–१ बाट हर्क साम्पाङ निर्वाचित
box -3

सुनसरी–१ बाट हर्क साम्पाङ निर्वाचित

फाल्गुन २४, २०८२, ८:१४ .आइतवार
झापा जिल्ला रास्वपाको क्लीन स्वीप
banner

झापा जिल्ला रास्वपाको क्लीन स्वीप

फाल्गुन २४, २०८२, ५:५१ .आइतवार
झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित
banner -2

झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित

फाल्गुन २३, २०८२, ३:३८ .शनिबार
झापा–५ बाट रास्वपाका वरिष्ठ नेता बालेन शाह निर्वाचित
banner -1

झापा–५ बाट रास्वपाका वरिष्ठ नेता बालेन शाह निर्वाचित

फाल्गुन २३, २०८२, १:२७ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.