२७ फाल्गुन २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पत्रकारले नेगेटिभ मात्र लेख्नु हुन्न : उपमेयर उप्रेती

असार १, २०८१, १:०६ .शनिबार
0
0
0
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १ असार । मेचीनगर नगरपालिका उपमेयर मीना पोखरेल उप्रेतीले पत्रकारले सधै नेगेटिभ भएर मात्र लेख्ने होइन, राम्रो कामको पनि उजागर गर्नु पर्ने बताएकी छन् ।

आजदेखि दुई दिनसम्म मेचीनगर सञ्चार प्रतिष्ठानले सञ्चालन गरेको विकास पत्रकारिता तालिमको उद्घाटन गर्दै उपमेयर उप्रेतीले सरकार र पत्रकारको सम्बन्ध नङ र मासुको जस्तो हुनु पर्ने बताएकी हुन् ।

नगरपालिकाको सभा हलमा आयोजना गरिएको तालिममा प्रमुख अतिथि समेत रहेकी उनले बाल्यकालमा प्रहरीसँग डराउनु पथ्र्यो अहिले पत्रकारहरुसँग जोगिएर हिड्नु परेको बताइन् ।

दुई पटक निर्वाचित उपमेयर उप्रेतीले नगरपालिकामा ७ वर्ष काम गरिरहँदा डान्स बारमा डान्स गरे जस्तो मात्र महसुस भएको बताइन् ।

‘काम गर्दै जाँदा कतिपय गल्ती भए होलान्’, उप्रेतीले भनिन्–‘तर, ७ वर्षमा धेरै काम पनि भएका छन् । त्यस्ता विषयलाई पनि सञ्चारमाध्यमले प्राथमिकता साथ उठाउनु पर्छ । जनप्रतिनिधिले गरेका राम्रा र नराम्रा कामहरुलाई सँगै लानु पर्छ । सधै नेगेटिभ मात्र लेख्नु हुन्न । सफल कामको लागि सुझाव पनि दिनु पर्छ ।’

उद्घाटन कार्यक्रममा मेचीनगर–७ का वडाध्यक्ष प्रह्लादमणि ओली, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, प्रेस क्लब मेचीनगरका पूर्व अध्यक्ष मुक्ति पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

तालिममा मेचीनगरका ३० जना भन्दा बढी सञ्चारकर्मीहरु सहभागिता रहेको छ । तालिममा पत्रकारहरु गणेश पोखरेल, मोहन काजी, ज्ञानेन्द्र निरौला र जीएन शर्माले सहजीकरण गरिरहेका छन् ।

पहिलो सेसनमा आचार संहिता विषयमा प्रेस काउन्सिल नेपालका सदस्य पत्रकार पोखरेलले, समग्र विकास पत्रकारिताका विषयमा पत्रकार काजीले, विकास पत्रकारिताको चुनौतीका विषयमा पत्रकार निरौलाले तालिममा सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।

तालिममा सहभागीका तर्फबाट प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बराल, सुव्रत न्यौपाने र विनिशा शर्माले आ–आफ्नो धारणा राखेका थिए ।

भोलि समापनको अवसरमा विकास पत्रकारिताको सवालका विषयमा पत्रकार शर्माले सहभागीलाई प्रशिक्षण दिनेछन् ।

मेचीनगर सञ्चार प्रतिष्ठानका अध्यक्ष शिशिर चम्लगाईको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको स्वागत सदस्य झुलन रेग्मी र सञ्चालन सदस्य सचिव प्रकाश पौडेलले गरेका थिए ।

पछिल्लो समाचार

कोशीको बजेट गतवर्ष भन्दा १ अर्ब कम

अघिल्लो समाचार

पेट्रोलियम पदार्थको फेरि घट्यो मुल्य

Related Posts

तीन पालिकामा ´अचार` बनाउन सिकाउँदै महिला जनचेतना केन्द्र
box -2

तीन पालिकामा ´अचार` बनाउन सिकाउँदै महिला जनचेतना केन्द्र

फाल्गुन २६, २०८२, ४:०९ .मङ्लबार
सुनसरी–१ बाट हर्क साम्पाङ निर्वाचित
box -3

सुनसरी–१ बाट हर्क साम्पाङ निर्वाचित

फाल्गुन २४, २०८२, ८:१४ .आइतवार
झापा जिल्ला रास्वपाको क्लीन स्वीप
banner

झापा जिल्ला रास्वपाको क्लीन स्वीप

फाल्गुन २४, २०८२, ५:५१ .आइतवार
झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित
banner -2

झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित

फाल्गुन २३, २०८२, ३:३८ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.