५ श्रावण २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

रु.२ मा पिउने पानी

कोशी प्रदेशमा ‘वाटर एटिएम’को तयारी

असार १४, २०८१, ८:४९ .बिहिबार
0
0
0
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।

झापा, १३ असार । तपाईलाई कुनै पनि बैँकको एटिएम कार्डबाट पैसा झिक्न जति सजिलो र सहज छ । त्यस्तै तिर्खा लागे पानी पिउन २ रुपैयाँको सिक्का वाटर एटिएममा हाले एक गिलास पानी पिउन सकिने भएको छ ।

यो अवसर कोशी प्रदेश सरकारले जुराउने भएको छ । यसका लागि कोशी प्रदेश सरकारको खानेपानी, सिँचाई तथा उर्जा मन्त्रालयले तयारी गरिरहेको छ ।

यात्रामा रहँदा तपाईलाई तिर्खा लाग्यो भने कहाँ पानी पिउनु हुन्छ ? सार्वजनिक धारा, कुवा वा कल छैनन् । पसलमा गएर बोतलको पानी खरिद गर्नुपर्छ । अब भने प्रदेशमा नै स्वाचालित प्रणालीबाट पानी पिउन पाइनेछ ।

प्रदेश सरकारले पहिलो चरणमा परीक्षणका लागि मोरङ, सुनसरी र झापाको एक शहरमा स्वचालित प्रणालीबाट पानी पिउन पाउने व्यवस्था गर्ने भएको छ । सरकारले त्यसलाई ‘वाटर एटिएम’को नाम दिएको छ ।

एटिएम भन्ने बित्तिकै पैसा निकाल्ने मेसिन भन्ने मात्र दिमागमा आउँछ । किनकी नेपालीले देखेको र प्रयोग गरेको पनि त्यही हो ।

यस विषयमा सम्बन्धीत मन्त्रालयका मन्त्री एकराज कार्कीले सरकारले प्रदेशमा पिउने पानीका लागि ‘वाटर एटिएम’ राखेर नागरिकलाई सहजरुपमा सेवा दिने प्रणालीको विकास गरेको छ । यसले आमरुपमा नागरिकलाई राहत दिनेछ ।

‘वाटर एटिएम’बाट पानी पिउनका लागि निश्चित पैसा भने तिर्नु पर्नेछ । खानेपानी मन्त्रालय, खानेपानी व्यवस्थापन बोर्डले केहि महिनापछि ‘वाटर एटिएम’ सञ्चालनमा ल्याउने भएको हो ।

सरकारको योजना अनुसार पहिलो चरणमा बिर्तामोड, इटहरी र विराटनगरमा ‘वाटर एटिएम’ सञ्चालन गर्न लागेको हो । ‘वाटर एटिएम’बाट उपलब्ध हुने पानीका लागि उपभोक्ताले एक गिलासका लागि २ रुपैयाँ तिर्नुपर्नेछ । उक्त २ रुपैयाँको सिक्का हालेपछि ‘वाटर एटिएम’ बाट एक गिलास पानी आउछ ।

उक्त एटिएमबाट जाडोको समयमा तातो र गर्मी समयमा चिसो पानी उपलब्ध गराउनेछ । त्यसका लागि आवश्यक प्रणालीसमेत जडान गरिने मन्त्री कार्कीको भनाई छ ।

कनकाई घाटमा विद्युतिय शवदाह गृह बनिने

कनकाई घाटमा विद्युतिय शवदाह गृह बनाउन प्रदेश सरकारले २ करोडको मेसिन दिने भएको छ । विद्युतिय शवदाह गृह बनाउन ३ करोड खर्च लाग्ने अनुमान गरिएको छ । बाँकी एक करोड स्थानीय पालिकाले लगानी गर्नेछ ।

किसानलाई सोलार प्यानल

मन्त्री कार्कीका अनुसार सिँचाईका लागि कनकाई नहरको एक किलोमिटरमा सोलार प्यानल राखिने छ । डिप ट्युवेल गाडेर विद्युतको नेशनल ग्रिडमा जोडिनेछ ।

किसानलाई चाहिएका बेला सोलार प्यानलसँग जोड्ने र काम सकिएपछि उक्त विद्युत नेशनल ग्रिडमा जोडिने बताइएको छ । ३ करोडको लगानीमा उक्त कामको परीक्षण गरिने छ ।

त्यसैगरी, मन्त्रालयले कृषकलाई सिँचाईका लागि चार इन्चको मोटर (सेलो डिप बोरिङ) निःशुल्क दिने भएको छ ।

मिटरसहितको धारा निःशुल्क

संघीय सरकारबाट सञ्चालन भएका योजनाहरु मध्ये १० प्रतिशत विपन्न परिवारलाई मिटरसहितको धारा निःशुल्क दिइने मन्त्री कार्कीले बताए ।

खानेपानी नीति अनुसार मिटरसहितको धारा मधेशमा ५०० घरलाई ५ करोड, हिमाली क्षेत्रमा ५० घरलाई ५० लाख तथा चुरे र पहाडी क्षेत्रका १०० घरलाई एक करोड बजेट छुट्टाएर कामअघि बढिरहेको उनले बताए ।

एउटा मिटरसहितको धारा बराबरको दश हजार धरौटी रुपैयाँ १० प्रतिशत विपन्न परिवारलाई छुट गरिने बताइएको छ ।

पछिल्लो समाचार

स्वयमसेविका मेचेलाई एक लाखसहित दिर्घ सेवा सम्मान

अघिल्लो समाचार

बैँकको असुली आतंक रोक्न विप्लव पार्टीको चेतावनी

Related Posts

पत्रकार काजीलाई ‘मार्सेली उपभोक्ता सेचतना पुरस्कार’
banner

पत्रकार काजीलाई ‘मार्सेली उपभोक्ता सेचतना पुरस्कार’

साउन ५, २०८२, १२:३३ .आइतवार
राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत
banner -2

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत

साउन ४, २०८२, ६:२८ .शनिबार
पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner -1

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
box -2

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.