धुलाबारी, १४ असार । मेचीनगर नगरपालिका उपमेयर मीना पाेखरेल उप्रेतीले सिकाई (ज्ञान) भन्ने कुरा कहिलै पूरा नहुने बताएकी छन् ।
आज घरेलु तथा साना उद्योग कार्यालयकाे आयोजना र मेची उद्योग बाणिज्य संघको सहजीकरणमा एसी, फ्रिज मर्मत सम्बन्धी सम्पन्न एक महिने तालिममा प्रमुख अतिथि समेत रहेकी उनले यस्ताे बताएकी हुन् ।
उनले जन्मेदेखि नमरून्जेलसम्म सिक्ने भन्ने कुरा नसकिने बताइन् । सिकेकाे सीपलाई व्यवहारमा लागू गर्न उनले आग्रह गरेकी थिइन् ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरका प्रमुख प्रेम सापकाेटाले तालिममा सहभागीहरूलाई प्रमाणपत्र घरमा नथन्काउन आग्रह गरेका थिए ।
´नेपाली पैसा भारत अब नजाओस्` सापकाेटाले भने- ´श्रमकाे मूल्य लिनु पर्छ तर बढि मूल्य लिएर ठग्न चाहिँ मिलचाँहि ।`
कार्यक्रममा प्रशिक्षक आशिष पराजुली, प्रशिक्षार्थी प्रविण भण्डारी लगायतले बाेलेका थिए ।
एसी, फ्रिज मर्मत सम्बन्धी एक महिने तालिममा नगरका ३५ जना सहभागी रहेका थिए । तालिम गत जेठ १३ गतेदेखि सुरू भएको थियाे ।
सहभागीलाई सिटीभिटीबाट लेभल २ पास गरेका प्रशिक्षक बासुदेव भण्डारी र आशिष पराजुलीले तालिम दिएका थिए ।
मेची उद्योग बाणिज्य संघकी महिला उपाध्यक्ष निर्मला चाैहान भण्डारीकाे सभापतित्वमा सम्पन्न सामापन कार्यक्रमकाे स्वागत सचिव कमल काेइरालाले र सञ्चालन महासचिव दिनेश शाक्यले गरेका थिए ।
Discussion about this post