२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मागुरमाडी वनले पायो दुना–टपरी बनाउने मेसिन

भदौ १९, २०८१, १:१२ .बुधबार
0
0
0
SHARES
82
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १९ भदौ । डिभिजन वन कार्यालय झापाका प्रमुख (डिएफओ) मेघराज राईले मेचीनगरलाई प्लास्टिक मुक्त क्षेत्र बनाउन सके दुना–टपरीको बजारीकरण गर्न सहज हुने बताएका छन् ।

आज डिभिजन वन कार्यालय झापाले सामुदायिक वन महासंघ मेचीनगर मार्फत मेचीनगर–९ स्थित माथिल्लो मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नम्बर २ लाई दुना–टपरी बनाउने मेसिन हस्तान्तरण कार्यक्रममा डिएफओ राईले यस्तो कुरा बताएका हुन् ।

उनका अनुसार जंगलमा खेरा गएका सालका पातहरु संकलन गरेर दुना–टपरी बनाउन सकिनेछ । त्यसका लागि ५ लाख रुपैयाँ पर्ने उक्त मेसिन सामुदायिक वन महासंघ मेचीनगर मार्फत मागुरमाडी वन समूहलाई हस्तान्तरण गरिएको छ ।

‘नगरलाई प्लास्टिक मुक्त क्षेत्र बनाउन सके दुना–टपरीको बजारीकरण गर्न सहज हुन्थ्यो’ डिएफओ राईले भने–‘हाटबजार, पास्नी, वनभोज लगायतका कार्यक्रममा यसको प्रयोग हुन्थ्यो । र, व्यापार बढ्थ्यो । विपन्न तथा गरिव परिवारका उपभोक्तालाई रोजगार मिल्थ्यो । उक्त मेसिन दिनुको पनि उदेश्य यही हो ।’

मेसिनको सही सदुपयोग नगरेर थन्किएर बसे सामुदायिक वनलाई कालो सूचीमा राखेर कार्यालयले मेसिन फिर्ता लाने चेतावनी समेत राईले दिए । उनले यो कार्यक्रम जिल्लामा दोस्रो र पाँचौँ कार्यक्रम रहेको जानकारी दिए ।

उनले हात्तीलाई खेदाएर होइन हातेमालो गरेरअघि बढ्नका लागि डिभिजन वन कार्यालय झापाले रेपिड रेस्पोन्स टिम (आरआरटी) गठन गरेको जानकारी दिए ।

कार्यक्रममा मेचीनगर–९ का वडाध्यक्ष कञ्चनकुमार तामाङले प्लास्टिकजन्य सामाग्री समस्याको रुपमा रहेको बताएका छन् । उनले यसलाई व्यवस्थित गरेर दुना–टपरीको बजारीकरण गर्न सबै लाग्नु पर्ने बताए ।

‘हात्ती सत्रु होइन, हात्तीसँग सहअस्तित्व कायम गर्नु पर्छ’ वडाध्यक्ष तामाङले भने–‘घर पालुवा जनावरलाई जस्तै हात्तीलाई पनि माया गर्नु पर्छ । हात्तीलाई घाडो होइन पर्यटन प्रवर्धनका रुपमा विकास गर्नु पर्छ ।’

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीले अब जिल्लामा प्लास्टिक बन्द गरेर टपरीको थाल प्रयोग गर्नु पर्ने बताए ।

उनले सामुदायिक वनका हरेक कार्यक्रममा टपरीको थाल प्रयोग गर्न उर्दी जारी गरेका छन् । उनका अनुसार हात्तीलाई धपाएर समस्याको समाधान नहुने भन्दै हात्तीमैत्री बन्नु पर्ने धाराणा राखेका थिए ।

कार्यक्रममा सामुदायिक वन महासंघ मेचीनगरकी अध्यक्ष जानुका ओलीले अति विपन्न, एकल र महिलाहरुलाई आत्मनिर्भर बनाउन दुना–टपरी फलदायी हुने बताइन् । वनलाई काठ र दाउरामा मात्र सिमित नगरेर कृषि र पर्यटनसँग जोड्न सकिने उनको भनाई छ ।

कार्यक्रममा आरआरटीका संयोजक होमनाथ पौडेलले वन पैदावर, चोरी, पैठारी, हात्तीको सुरक्षा, बालुवा, ढुंगा र गिटीको अवैध तस्करी रोक्न, विषादी तरकारीको नियन्त्रण, प्रयोग, उत्पादन र ढुवानीमा निगरानी बढाउने जिम्मेवारी अन्तरगत आरआरटीको दस्ताले रात र दिन नभनी काम गरिरहेको दावी गरे ।

कार्यक्रममा माथिल्लो मागुरमाडी सामुदायिक वनका पूर्व अध्यक्ष ठाकुरप्रसाद अधिकारीले २०५३ सालमा स्थापित यस सामुदायिक वनमा पहिलो पटक रोजगार मुलक कार्यक्रम आएकोमा खुशी व्यक्त गरेका थिए ।

उनका अनुसार केहि ठाउँमा लगाइएका विद्युतीय तारबारले हात्तीलाई सामुदायिक वनबाट बाहिर जान अपठेरो परिरहेकोले यसलाई सहजीकरण गर्न आवश्यक रहेको छ ।

सोही अवसरमा सामुदायिक वनले तीजको कार्यक्रम समेत गरेको थियो । तीजको गीतमा महिला दिदी–बहिनीहरु छमछमी नाचेका थिए ।

माथिल्लो मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नम्बर २ का अध्यक्ष विर्खबहादुर तामाङको अध्यक्षता र स्वागत रहेको कार्यक्रमको सञ्चालन सचिव मणिराज मगरले गरेका थिए ।

सचिव मगरका अनुसार दुना–टपरी बनाउन महिलाहरुको समूह गठन गरिन्छ । दुना–टपरी उत्पादन गरेर बेच्ने गरिको तयारी हुन्छ । चैतमा वनमा सालका पातहरु झर्छन् । त्यतिखेर खेरा गएको पातहरु संकलन गरेर दुना–टपरी बनाउने योजना रहेको छ ।

भिडियो पनि हेर्नु होला ।

 

पछिल्लो समाचार

मेचीनगरका उद्यमी–व्यवसायीलाई ‘वित्तीय साक्षरता’

अघिल्लो समाचार

निजामती सेवा ऐनको संशोधन विधेयक पारित

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.