झापा, २२ भदाै । बिर्तामोड स्थित बीएण्डसी मेडिकल कलेजले एमबीबीएस अध्यापनका लागि ५० सिट निर्धारण गरेको छ ।
चिकित्सा शिक्षा आयोगले बीएण्डसीलाई ५० जना विद्यार्थी अध्यापन गराउने गरी सिट निर्धारण गरेको हो ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईले सञ्चालनमा ल्याएको बीएण्डसीले लामो समयपछि एमबीबीएसमा सिट पाएको छ ।
कलेजलाई एमबीबीएस अध्यापन गर्न सम्बन्धन दिनु भन्ने सर्वोच्च अदालतको आदेशपछि आयोगले आवश्यक प्रक्रिया अघि बढाएको हाे ।
बीएण्डसी कलेजले काठमाडौँ विश्वविद्यालयको सम्बन्धनमा एमबीबीएस कार्यक्रम सुरु गर्न लागेको बीएण्डसीका सम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।
Discussion about this post