झापा, १५ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा रिहा भएका छन् ।
काठमाडौँका जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले ५०÷५० हजार धरौटीमा छाड्न आदेश भएको साइबर ब्यूराका एसपी दीपकराज अवस्थीले बताए ।
यसअघि प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुई वटा साइबर अपराधको मुद्दा दायर भएको थियो ।
गत ६ असोजमा भक्तपुरबाट पक्राउ परेका प्रसाई हिरासतमा परेपछि विरामी भएको भन्दै अस्पतालमा थिए । अभियोगमा उनीमाथि अधिकतम ५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको माग गरेको थियो ।
जिल्ला अदालत काठमाडौँबाट धरौटीमा छुटेपछि प्रसाईंले देशको प्रधानमन्त्री अहिले दुर्गा प्रसाईंसित लड्दैछ । प्रधानमन्त्रीले पनि हा¥यो भने दुर्गा प्रसाईं नै प्रधानमन्त्री हो । मैले आजसम्म राजनीति गरेको थिइनँ, तर आजदेखि राजनीति पनि सुरु गरें ।
Discussion about this post