२८ बैशाख २०८३, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

राजनीति

एमालेले प्रत्येक मतदाताको राजनीतिक आवद्धता संकलन गर्ने

कार्तिक १२, २०८१, १:५१ .सोमवार
0
0
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

झापा, १२ कात्तिक । नेकपा एमाले पार्टीले प्रत्येक मतदाताको राजनीतिक आवद्धता विवरण संकलन गर्ने भएको छ ।

सरकारको नेतृत्व गरिरहेको एमालेले राजनीतिक दलहरुको शक्ति सन्तुलन पत्ता लगाउन हरेक घरको मतदाता विवरण र तिनको राजनीतिक आवद्धता संकलन गर्ने तयारी गरेको हो ।

आगामी चुनाव–०८४ मा निर्णायक राष्ट्रिय शक्ति बन्ने लक्ष्य अन्तर्गत नै एमालेले प्रत्येक मतदाताको राजनीतिक आवद्धता विवरण तयार पार्न लागेको छ ।

‘उपचुनाव हुने क्षेत्रहरुमा यो अभियान सुरु भइसकेको छ । कुन घरमा कति मतदाता छन् र उसको राजनीतिक आवद्धता के हो भनेर पत्ता लगाइरहेका छौं’, एमाले पोलिटब्यूरो सदस्य विशाल भट्टराईले भने ।

उनका अनुसार आगामी मंसिरमा उपचुनाव हुने क्षेत्रमा यो अभियान चलिरहेको छ । उपचुनाव हुने बाहेकका क्षेत्रमा भने आगामी फागुन र चैतमा यो अभियान सञ्चालन हुने भट्टराईको भनाई छ ।

एमाले संगठन विभागको योजना अनुरुप हरेक वडामा राजनीतिक पक्षधरता विवरण संकलन अभियान सुरु हुन लागेको हो ।

‘महासचिव शंकर पोखरेलसहितको उपस्थितिमै भएको संगठन विभागको बैठकले यस्तो अभियान सञ्चालन गर्ने निर्णय गरेको हो’, संगठन विभाग सदस्य समेत रहेका भट्टराईले भने ।

वडा–वडामा चलाउन लागिएको यो अभियानको समन्वय प्रदेश कमिटीहरुले गरिरहेका छन् । जस अन्तर्गत गत असोज १० गते बसेको बैठकबाट कोशी प्रदेशले अन्तरपार्टी निर्देशिका नै जारी गरिसकेको छ ।

‘आर्थिक वर्षको अन्तिम २ महिनालाई शक्ति सन्तुलन तथा जनमतको स्थिति तथ्याङ्कमा (वडा÷पालिका÷प्रदेश÷संघ) केलाउने महिना बनाउने र गोपनीयता कायम गरी सम्बन्धित तहका अध्यक्षहरुले प्रदेश कमिटीमा आर्थिक वर्षको अन्तिम महिनामा प्रदेशमा बुझाउने’, अपानिमा उल्लेख छ ।

पार्टी केन्द्रको निर्देशन बमोजिम जारी अपानिमा मतदाताको राजनीतिक पक्षधरता विवरण संकलनको नमूना फारम समेत पठाइएको छ । उक्त फारममा हरेक वडाको जम्मा मतदाता संख्यासहित एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा र अन्य पार्टीमा आवद्ध मतदाता विवरण भर्न भनिएको छ ।

‘मिसन–८४ को लक्ष्य पूरा गर्नका लागि यही मंसिर मसान्तभित्रमा सबै टोल अधिवेशनहरु समेत सम्पन्न गर्ने र घर–घरसम्मको कार्यविभाजन गरी हरेक घर परिवारको मतदाता संख्या र मतको एकिन गरी चालु आर्थिक वर्षको अन्तिम (असार मसान्त) सम्म शक्ति सन्तुलनको यकिन सर्वेक्षण तथ्याङ्कमा निम्न अनुसारको फर्म्याटमा पठाउन निर्देशन गरिएको छ’, अपानिमा भनिएको छ ।

यो अभियानको उद्देश्य पार्टीको कमजोरी पत्ता लगाउनु रहेको भट्टराई बताउँछन् । ‘हाम्रो अवस्था कहाँ कमजोर छ र कसरी सुधार्ने भन्ने प्रयोजनका निम्ति मात्र हामीले यो विवरण लिन लागेका हौं’, उनले भने ।

कुल मतदाताको ६ प्रतिशत पार्टी सदस्य बनाउने लक्ष्य एमालेले लिएको छ । गत बैशाख पहिलो साता सम्पन्न पहिलो विधान महाधिवेशनमा महासचिव पोखरेलले प्रस्तुत गरेको तथ्याङ्क अनुसार अगामी आम चुनावसम्म एमालेले ५ लाख नयाँ सदस्य थप्ने लक्ष्य राखेको छ ।

गत आम चुनाव–०७९ मा एक करोड ७९ लाख ७८ हजार मतदाता रहेकाले यसको ६ प्रतिशत अर्थात् १० लाख पार्टी सदस्य बनाउनुपर्ने लक्ष्य पोखरेलले प्रस्तुत गरेका थिए । सो प्रस्ताव विधान महाधिवेशनले पारित गरेपछि त्यसपछि एमालेको गतिविधि तिब्ररुपमा बढिरहेको छ ।

पछिल्लो समाचार

आयल निगमको विवादित जग्गा डिजिटल मेसिनबाट नापजाँच

अघिल्लो समाचार

स्थानीय सेवा ऐनमा छुटेका बिषयहरु समेट्न माग

Related Posts

मेची उद्योग बाणिज्य संघको अध्यक्षमा प्रसाईं निर्वाचित
banner

मेची उद्योग बाणिज्य संघको अध्यक्षमा प्रसाईं निर्वाचित

बैशाख २७, २०८३, १:४८ .आइतवार
बाणिज्य संघको चुनाव : अध्यक्ष लगायत सबै पदमा कडा टक्कर
banner

बाणिज्य संघको चुनाव : अध्यक्ष लगायत सबै पदमा कडा टक्कर

बैशाख २७, २०८३, १०:०२ .आइतवार
बाणिज्य संघको चुनाव, मतगणना सुरू
banner

बाणिज्य संघको चुनाव, मतगणना सुरू

बैशाख २७, २०८३, ५:३२ .आइतवार
बाणिज्य संघकाे चुनाव सम्पन्न, मतगणना भाेलि
अर्थ

बाणिज्य संघकाे चुनाव सम्पन्न, मतगणना भाेलि

बैशाख २६, २०८३, ११:५५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.