झापा, १३ कात्तिक । सरकारले भूमि समस्या समाधान गर्न आयोग गठन गर्ने निर्णय गरेको छ ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको एक मन्त्रीले जानकारी दिए ।
रिजालको अध्यक्षतामा बनेको समितिको उपाध्यक्षमा जाजरकोटका सनत कार्की, सदस्यहरुमा महेत्तरीका गुञ्जबहादुर खड्का, झापाका अनिलकृष्ण प्रसाईं, विज्ञतर्फ सदस्य सिन्धुपाल्चोकाका डा.जगतबहादुर बस्नेत, कैलालीका टेकबहादुर शाह, दार्चुलाका गोवर्दन कोली र तनहुँकी आरती भण्डारी रहेका छन् ।
Discussion about this post