२४ मंसिर २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगर गोल्डकप हेर्न भारतका पूर्व कप्तानदेखि भाइचुङ भोटियासम्म आउने

फाल्गुन १४, २०८१, ९:५९ .बुधबार
0
0
0
SHARES
79
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १४ फागुन । यही फागुन २४ गतेदेखि आयोजना हुने पाँचौँ मेचीनगर गोल्डकपमा भारतीय फुटबलका पूर्व कप्तान सुनिल क्षेत्री र चर्चित खेलाडी भाइचुङ भोटिया पनि अतिथिका रुपमा प्रतियोगिता हेर्न आउने भएका छन् ।

आज गोल्डकपको मुल आयोजक समितिले मुख्य प्रायोजकसँग गरेको सम्झौता हस्ताक्षर कार्यक्रममा भारतबाट अतिथिका रुपमा उनीहरु प्रतियोगिता हेर्न आउने भएको बताइएको छ ।

आयोजकले मुख्य प्रायोजकका रुपमा होटल मेची क्राउन (एचएमसी)सँग सहमति गरेको हो । एचएमसीका तर्फबाट बुद्विमान तामाङ र रिष्मा सुब्बाले तथा आयोजकका तर्फकाट संयोजक श्रीप्रसाद मैनालीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । होटल मची क्राउनले मुख्य प्रायोजकका रुपमा १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

पत्रकार भेटघाटमा टिमहरु पनि सार्वजनिक गरिएको छ । जसमा गोल्डकपमा ए डिभिजनका ३ वटामा एपिएफ फुटबल क्लब काठमाडौँ, मच्छिन्द्र फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड ललितपुर, विदेशी टिममा भारतको जर्जीयन युनाइटेड कालिम्पोङ र ग्लोबल एफसी आसाम, धरान फुटबल क्लब, झापा एफसी (एनएसएल) र आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर गरी ८ वटा टिम प्रतियोगितामा सहभागी हुने बताइएको छ ।

प्रतियोगिताका विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै उत्कृष्ट खेलाडीलाई ५१ हजार, सर्वाधिक गोलकर्तालाई २५ हजार, उत्कृष्ट कोचलाई २१ हजार, उत्कृष्ट गोलरक्षकलाई २१ हजार, उदयमान खेलाडीलाई १५ हजार र प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार पुरस्कार प्रदान गरिने छ ।

आयोजकले प्रतियोगिताको लाइभ गर्न खेलाडी डटकमसँग सहमति गरेको छ । आजै आयोजकले मेचीनगर गोल्डकप अंकित टिसर्ट पनि सार्वजनिक गरेको छ ।

त्यसैगरी आयोजकले फागुन २४ गतेदेखि आगामी चैत २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रवेशका लागि रु.१०० टिकट लाग्ने बताएको छ । उद्घाटनका दिन नारी दिवस भएकाले महिलाहरुलाई त्यसदिन टिकट निःशुल्क गरिने आयोजकको भनाई छ ।
गोल्डकप सम्पन्न गर्न करिव ८० लाख अनुमानित खर्च लाग्ने आयोजकले जनाएको छ ।

पत्रकार भेटघाट कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, मेचीनगर गोल्डकप मुल आयोजक समितिका संयोजक एवम् कोशी प्रदेशका पूर्व सांसद श्रीप्रसाद मैनाली, सहसंयोजक एवम् मेचीनगरका पूर्व नगरप्रमुख विमल आचार्य, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मगर (मामा), आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष दिनेश ओली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन गोल्डकप मुल आयोजक समितिका सचिव राजु कार्कीले गरेका थिए ।

पछिल्लो समाचार

मेचीनगर अनलाइन आजदेखि तेस्रो वर्षमा

अघिल्लो समाचार

शुक्रबार उपाधिका लागि झापा–११ र आयोजक भिड्दै

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.