२४ असार २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बुढेशकालको नागरिकताले दिलायो खुशी

फाल्गुन २१, २०८१, २:११ .बुधबार
0
0
0
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

।। अम्बिका भण्डारी ।।

झापा, २१ फागुन । पचहत्तर बर्षको उमेरमा नागरिकता प्रमाणपत्र पाउँदा मेचीनगर नगरपालिका वडा नं. २ की नीरकुमारी राईको हर्षको सीमा रहेन ।

नागरिकता पाउनुलाई उनले जीवनकै सबैभन्दा ठूलो धोको पूरा भएको बताइन् ।

“नातिले नागरिकता पाउने बेला भइसक्यो, मेरो बनेको थिएन,” हालै पाएको नागरिकता देखाउँदै उनले भने–“बनाइदेउ न भनेर बुढालाई धेरैचोटी भनेँ, आफन्त र नातागोता गुहारेँ । नागरिकताले भात खान दिने होइन क्यारे, बुढेशकालमा किन चाहियो भन्दै सबै ततर्किए । वडाध्यक्षले बल्ल अहिले बनाइदिए ।”

नीरकुमारीका पति सन्तमान राईको पाँच वर्षअघि निधन भइसकेको छ । चार कठ्ठा पाखो बारीमा खनीखोस्री नातिनातिना हुर्काउँदै आएकी उनका तीन छोरा पेटपालनका लागि रोजगारी गर्न भारतको बैंगलाेर गएका छन् ।

नीरकुमारीका पति सन्तमानको नागरिकता थियो । छोराहरुको पनि नागरिकता छ । तर, पतिकै वेवास्ताका कारण आफुले यतिका वर्षसम्म नागरिकता नपाएको उनको गुनासो छ ।

घर नजिकैको भृकुटी र बाहुनडाँगी बजारमा नागरिकता बनाउने टोली पटकपटक आउँदा समेत उनको नागरिकता बनाउने पहलै भएन ।

नागरिकता बनेपछि हर्षित नीरकुमारीले पहिलोपटक सामाजिक सुरक्षा भत्ता पाएकी छन् । जग्गाको स्वामित्व पतिबाट आफ्‌नो नाममा सार्ने उनको इच्छा छ ।

तीन छोरामध्ये जेठो राजकुमार घर छुट्टिएर बस्दै आएको उनले बताइन् । माइलो बिजय राई र कान्छो पविराम राई रोजगारीका लागि बैंगलाेर गएका छन् ।

जेठी बुहारीको मृत्यु भइसकेको, माइली बुहारीले घर छाडेर हिँडेको र कान्छो छोरा अविवाहित भएको जनाउँदै उनले नाति नातिना पढाएर माइलो छोराको घरमा बस्दै आएको बताइन् ।

वडा कार्यालयले अपांगता भएर बोल्न नसक्ने, सुन्न नसक्ने, आँखा नदेख्ने र एकल जीवन बिताइरहेका ज्येष्ठ नागरिकहरुको नागरिकता बनाइदिने अभियान चलाएको छ । सोही क्रममा नीरकुमारी राईको आफुले सनाखत गरेर नागरिकता दिलाएको वडाध्यक्ष दिपक बरालले बताए ।

“जसको कोही छैनन्, उसका लागि वडा कार्यालय छ,” वडाध्यक्ष बराल नागरिकता अभियान बारे भने–“सनाखत गर्ने मान्छे ल्याउनु पर्यो भनेर सीडीओहरु नागरिकता दिन आनाकानी गर्छन् । गलत व्यक्तिलाई सिफारिस गरेको रहेछु भने मलाई लगेर थुनिदिए हुन्छ भन्दै मैले नै उनीहरुको सनाखत गरिदिने गरेको छु ।”

सनाखत गरिदिने नातेदारको निधन भइसकेको र सम्पर्कमा नरहेको अवस्थामा कोही पनि वडाबासी ज्येष्ठ नागरिकहरुले आफ्‌नै थाकथलोमा अनागरिकको पीडा भोग्नु नपरोस् भनेर वडाले सिफारिस र वडाध्यक्षको तर्फबाट सनाखत गरिदिएको बरालले बताए ।

सुस्त श्रवण, दृष्टिविहीन र आफन्त गुमाइसकेका दशजना ज्येष्ठ नागरिकको चालू आर्थिक वर्षमै सिफारिस दिएर नागरिकता दिलाइसकेको उनले जानकारी दिइन् । त्यस्ता व्यक्तिहरुको नागरिकता बनाउने क्रममा वडा कार्यालय र जिल्ला प्रशासन कार्यालय धाउने खर्च समेत वडाले व्यहोर्ने गरेको छ ।

आर्थिक रुपमा विपन्न परिवारकै ज्येष्ठ वुवाआमाहरु नागरिकता बनाउनबाट वञ्चित रहेको आफुले पाएको उनले बताए । त्यहीकारण उनीहरुको नागरिकता बनाउँदा लाग्ने खर्च वडा कार्यालयको तर्फबाटै व्यहोरिएको उनको भनाई छ ।

आफन्त गुमाइसकेका सोही वडाका केशरबहादुर राईले ८६ वर्षको उमेरमा हालै नागरिकता पाए । वडाध्यक्ष बराल आफैले सिफारिस र सनाखत गरेर उनको पनि नागरिकता बनेको हो ।

वि.सं. २०१८ सालमा पहाडबाट तराई झरेका राई मेचीनगरको बाहुनडाँगी आउँदा २२ वर्षको लक्काजवान थिए । उमेर पुगे पनि उसबेला नागरिकता बनाउने चलन थिएन ।

विहे गरेर पत्नीसहित उनी रोजगारीको खोजीमा बाहुनडाँगीबाट भौतारिदै भारतको आसाम पुगे । वि.सं. २०२४ मा आसामबाट थाकथलो बाहुनडाँगीमै फर्किए ।

“उमेर छउञ्जेल गरिखान बलियो पाखुराले पुगिहाल्यो, सन्तान नभएपछि नागरिकता बनाउनेतिर लागिएन”– उनले भने । पत्नीको मृत्युपछि एक्लो जीवन बिताइरहेका उनीसँग बुढेशकालमा न सन्तानको सहारा थियो, न त नागरिकता नै आधार ।

आसामबाट फर्केर आएपछि पत्नीको मृत्यु बाहुनडाँगीमै भएको उनले बताए । अर्काको घरखेतमा ज्यालादारी काम गरेर जीवन बिताउँदै आउनु भएको उनको आफ्‌नो जग्गा छैन । रात काट्नका लागि चौबाटोको कुनोमा सानो झुपडी बनाएर उनी बस्दै आउनु भएको छ ।

ज्येष्ठ नागरिकको सम्मान र पहिचानका खातिर आफुले केशरबहादुरको नागरिकता बनाउने पहल गरेको वडाध्यक्ष बरालले बताए । नागरिकता पाएपछि उहाँको जीवनमा खुशीको उमंग छाएको छ । आफ्‌नो झुपडीमा बलियो झ्यालढोका नभएको कारण नागरिकता नहराओस् भनेर उनले छिमेकीको घरमा जतनका साथ राख्न दिने गरेको बताए ।

“मर्ने बेलामा नागरिकता त साथमा भयो नि,” दशमुजा परेको अनुहारमा चमक छर्दै राईले भने –“गाउँका अरुले त चाहिदैन तिमीलाई नागरिकता भनेर टिप्पा खेलाउँथे । वडाध्यक्ष बराल बाबुले चाहिँ हिँड्नुहोस् म बनाइदिन्छु भनेर घरमै लिन आएँ ।”

बुढेशकालमा ज्यालादारी काम गर्न नसकेर कयौ रात भोकै सुतेका केशरबहादुरले वृद्धभत्ता थाप्न थालेपछि खान र लाउन चिन्ता गर्नु परेको छैन । वडाका जनप्रतिनिधिले अशक्त ज्येष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ता घरघरै पुर्याइदिने गरेका छन् ।

गाउँबस्ती पुग्ने क्रममा अर्काको घरमा आश्रय लिएर बसेका बोल्न नसक्ने र कान नसुन्ने थुप्रै बुढाबुढीहरुको बिजोक देखेको र उनीहरुसँग नागरिकता समेत नरहेको थाहा पाएपछि नागरिकता प्रमाणपत्र बनाइदिने सोच उब्जिएको बरालले बताए ।

आफन्तले हेरचाह नगरिदिदा दुःख बिमार भएका बेला चन्दा उठाएर अस्पताल पुर्याउनु पर्ने अवस्थाका उनीहरुले नागरिकता पाएपछि सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य बिमामार्फत उपचार सुविधा नियमित रुपमा पाइरहेको वडाध्यक्ष बरालले बताए ।  वडाध्यक्ष बराल अहिले मेचीनगर नगरपालिकाका प्रवक्ता समेत हुन् ।

सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले व्यक्तिको अवस्था होइन, प्रमाण हेरेर नागरिकता दिइने बताए । प्रमाणले नागरिकता पाउन योग्य वृद्धवृद्धाको नागरिकता बनाउन सकिने उनले बताए ।

पछिल्लो समाचार

नेताहरूले सम्झिए सहिद वीरेन राजबंशीलाई

अघिल्लो समाचार

सिलीगुडीको पेनोरिस–११ को विजयी शुरुवात

Related Posts

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार
banner

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार

असार २२, २०८२, १०:३७ .आइतवार
थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत
banner -2

थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

असार २२, २०८२, १०:०६ .आइतवार
काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै
banner -1

काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै

असार २२, २०८२, ८:०१ .आइतवार
मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन
अर्थ

मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन

असार २१, २०८२, ८:३२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.