२१ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पाठेघरको मुखको क्यान्सरको शिविरमा महिलाहरुले खुलेरै समस्या राखे

फाल्गुन २२, २०८१, ११:०५ .बिहिबार
0
0
0
SHARES
88
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २२ फागुन । वर्षाैँदेखि रोग लुकाएर, लजाएर, गरिवीका कारण स्वास्थ्य अवस्था गम्भीर बनाईरहेका महिलाहरू अहिले खुलेर उपचार गर्न थालेका छन् ।

मेचीनगर नगरपालिकाले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सर(भीआइए) स्क्रिनिङ सम्बन्धि निःशुल्क शिविरमा महिलाहरू निर्धक्क भएर उपचारसँगै आफ्ना समस्या राख्न थालेका हुन् ।

नगरपालिकाले यही फागुन ८ गतेदेखि २१ गतेसम्म नगरको चार वटा वडामा भीआइए स्क्रिनिङ सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।
नगरपालिकाले ३० वर्षदेखि ६० वर्ष उमेर समुहका महिलाहरुलाई लक्षित गरेर आयोजना गरेको हो । शिविरमा प्रजनन् स्वास्थ्य रुग्णता सेवा अन्तर्गत स्तन क्यान्सर, अब्सट्रेटिक फिस्टुला, आङ खस्ने समस्या सम्बन्धि पनि जाँच गरिएको थियो ।

नगरका ४ वटा वडाको स्वास्थ्य केन्द्र र एउटा विद्यालयमा शिविर सञ्चालन भएको स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले जानकारी दिइन । चार वटै वडाको शिविरमा आएका २७२ जनामा ५२ जना शंकास्पद विरामी भेटिएको उनले बताइन् ।

शिविर मेचीनगर–१४ नम्बर वडाको स्वास्थ्य केन्द्रमा फागुन ८ गते, मेचीनगर–१२ नम्बर वडाको स्वास्थ्य केन्द्रमा स्वास्थ्य केन्द्र फागुन ११ गते, मेचीनगर–३ नम्बर वडाको स्वास्थ्य केन्द्रमा फागुन १३ गते र बुधबार फागुन २१ गते मेचीनगर–१० नम्बर वडाको धुलाबारी माविमा भएको उनले बताइन् ।

उनका अनुसार वडा नम्बर १४ को शिविरमा ८८ जना आएकामा १४ जना जोखिमका शंकास्पद विरामी भेटिएको, वडा नम्बर १२ को शिविरमा ६० जना आएकामा १६ जना शंकास्पद विरामी भेटिएको, वडा नम्बर १३ को शिविरमा ६६ जना आएकामा १८ जना शंकास्पद विरामी भेटिएको, वडा नम्बर १० को शिविरमा ५८ जना आएकामा ४ जना शंकास्पद विरामी भेटिएको हो ।

जोखिममा रहेका विरामीहरुलाई थप निःशुल्क उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाउने गरिएको उनको भनाई छ ।

वडा नम्बर १४ मा आएकी एकजना ५५ वर्षीया महिलाले भनिन्–‘पहिला यस्तो सेवा सुविधा थिएन । तल्लो पेट दुख्थ्यो । आङखस्ने समस्या भन्थे । यो भयो । त्यो भयो भनेर कसलाई भन्नु । उपचार गर्न पनि पैसा हुँदैनथ्यो । डाक्टर र घर परिवारलाई भन्न पनि गारो । अहिले पो सजिलो छ । ढिालो आए । रोग लागिसकेको अवस्था रहेछ ।’

उनका अनुसार अब मेचीनगर–८ नम्बर वडाको स्वास्थ्य केन्द्रमा चाँडै भीआइएको कार्यक्रम गरिने छ । प्रत्येक ३÷३ वर्षमा उपचार गरिने उक्त प्रकारका विरामीलाई स्वास्थ्य शाखाले दुई वर्षदेखि नियमित सेवा दिइरहेको छ ।

गत वर्ष २०८०÷८१ मा ४४२ जनाको उपचार गरेकोमा १८ जना जोखिमका शंकास्पद विरामी रहेको शाखाले जनाएको छ । यस्तै गत वर्ष २०७९÷८० मा १५० जनाको उपचार गरेको थियो ।

सापकोटाका अनुसार नेपालमा पाठेघरको क्यान्सर महिलाहरुमा मुख्य समस्याको रुपमा रहेको छ । पहिला रोग लुकाएर विरामी भए ।
अहिले रोग थाहा हुने वित्तिकै स्वास्थ्य केन्द्र, अस्पताल र शिविरमा आउनेको संख्या बढ्न थालेको उनको दावी छ ।

पाठेघरको मुखको क्यान्सरबाट जोखिममा रहेका महिलाहरुको अवस्थाका बारेमा स्वयमसेवीकाहरुले निगरानी राख्ने गरेको शाखाको भनाई छ ।

शाखा प्रमुख सापकोटाले सुगर, प्रेसर लगायतका दीर्घ रोगीहरुलाई सामान्य आवश्यक औषधिहरु नगर आधारभूत अस्पताल र १४ वटा स्वास्थ्य केन्द्रबाट उपलब्ध गराउँदै आएको छ ।

पछिल्लो समाचार

सिलीगुडीको पेनोरिस–११ को विजयी शुरुवात

अघिल्लो समाचार

जरा फाउण्डेशनले गर्यो पत्रकार भण्डारीलाई सम्मान

Related Posts

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा
banner

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

कार्तिक २०, २०८२, १२:३१ .बिहिबार
झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा
अर्थ

झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा

कार्तिक १८, २०८२, १:४१ .मङ्लबार
निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण
banner -2

निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण

कार्तिक १८, २०८२, १:०३ .मङ्लबार
झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा
banner -2

झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा

कार्तिक १७, २०८२, ३:०८ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.