२५ मंसिर २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

भोलि चर्च बोइज र झापा एफसी

मेचीनगर गोल्डकप सुरु : आयोजक सेमिफाइनलमा

फाल्गुन २४, २०८१, १२:२९ .शनिबार
0
0
0
SHARES
102
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २४ फागुन । काँकरभिट्टामा आजदेखि सुरु मेचीनगर गोल्डकपमा पाहुना टोली भारतको जर्जियन क्लबलाई हराउँदै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सेमिफाइनल प्रवेश गरेको छ ।

शनिबारदेखि काँकरभिट्टा खेल मैदानमा सुरु उद्घाटन खेलमा कालिम्पोङको जर्जियन फुटबल क्लबलाई ४–२ गोल अन्तरले हराउँदै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सेमिफाइनमा पुगेको हो ।

कालिम्पोङले खेल सुरुमा खाता खोलेको थियो । उसले २८ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । कालिमपोङका लागि सत्यम शर्माले फ्रिकक मार्फत पहिलो सुन्दर गोल गरेका थिए ।

पहिलो हाफको ४४ औं मिनेटमा आयोजकका निशान लिम्बुले पेनाल्टी मार्फत गोल गरेर खेललाई बराबरी पारेका थिए । कालिम्पोङका खेलाडीले आयोजकका विदेशी खेलाडी इब्राहिमलाई डिवक्समा फल्ट गरेपछि आयोजकले पेनाल्टी पाएको थियो ।

दोस्रो हाफको छैटौं मिनेटमा आयोजकका लागि विदेशी खेलाडी इब्राहिमले डिवक्समा हेडमार्फत टिमका लागि दोस्रो गोल गरेका थिए ।
दोस्रो हाफको १६ औं मिनेटमा निशान लिम्बुले फेरि दोस्रो गोल गर्दै टिमलाई ३–१ को अग्रता दिलाएका थिए ।

त्यस लगत्तै १९ औं मिनेटमा आयोजका रोबर्टले टिमका लागि चौथो गोल गर्दा आयोजक ४–१ को अग्रता लिन सफल भयो ।
दोस्रो हाफको अतिरिक्त समयमा कालिम्पोङका सत्यम शर्माले टिमका लागि फेरि दोस्रो गोल गरेर २ गोल गरे ।

उद्घाटन खेलको म्यान अफदि म्याच २ गोल गरेका आयोजकका निशान लिम्बू घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए ।
प्रतियोगिताको भोलिको खेल चर्च बोइज काठमाडौं र झापा एफसीबीच हुने काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष नवराज ओली (दिनेश) ले बताए ।

प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले ५ लाख तथा ट्रफि प्राप्त गर्नेछन् । गोल्डकपको उत्कृष्ट खेलाडीलाई ५१ हजार, सर्वाधिक गोलकर्तालाई २५ हजार, उत्कृष्ट गोलरक्षक र कोचले २१÷२१ हजार प्राप्त गर्ने छन् ।

त्यस्तै उदयीमान खेलाडीले नगद १५ हजार, प्रत्येक खेलको उत्कृष्ट खेलाडीले ११ हजार पाउने छन् । गोल्डकपमा प्राविधिक सहयोग झापा जिल्ला फुटबल संघ, मेचीनगर खेलकुद विकास समिति र संरक्षकमा मेचीनगर नगरपालिका रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा होटल मेची क्राउन र सहप्रायोजकमा मेची नेत्रालय आँखा अस्पताल रहेको छ ।

गोल्डकप उद्घाटन हुनुअघि दिउँसो काँकरभिट्टा बजारमा विभिन्न जातजातिको झाँकी प्रदर्शन गरिएको थियो । गोल्डकपको उद्घाटन कोशी प्रदेशका सांसद गोपाल तामाङ, विशिष्ट अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपाचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीले गरेका थिए ।

मुल आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको स्वागत सहसंयोजक विमल आचार्यले र सञ्चालन सचिव राजु कार्कीले गरेका थिए ।

अस्थायी प्यारापिट भत्कियो

यसैबीच उद्घाटन खेलमा दर्शकको खचाखच भीड थियो । खेल हुनु भन्दाअघि मञ्चको उत्तरपटिको अस्थायी प्यारापिट भत्किएको थियो ।

दर्शकहरुको खचाखच भीडले प्यारापिट भत्किन पुगेको थियो । भत्किदा २÷३ जना बालबालिका सामान्य घाइते भएका थिए । आज नारी दिवसमा महिलाहरुलाई टिकट आयोजकले निःशुल्क गरेको थियो ।

 

पछिल्लो समाचार

लेडी जेसीजकाे हाजिरी जवाफ प्रतियोगिता

अघिल्लो समाचार

नन्दा कोरिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने (भिडियोसहित)

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.