मेचीनगर, ७ जेठ । बाह्रदशी गाउँपालिका–६ स्थित मिनि माउण्टेन ईङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलका १७ जना विद्यार्थीहरुले धाराको पानी पिउँदा विरामी परेका छन् ।
आज दिउँसो २ वजे विद्यालय परिसरको खानेपानी धाराबाट पानी पिउँदा १७ जना विद्यार्थीहरु विरामी परेका हुन् ।
विरामी पर्ने सबै विद्यार्थीलाई बिर्तामोड स्थित विर्तासिटी अस्पतालमा उपचार गराइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
विद्यालयको धाराको पानी पिउँदा विद्यार्थीहरुलाई पेट दुखेपछि अस्पताल ल्याइएको थियो ।
विरामी पर्ने विद्यार्थीहरुमा बाह्रदशी–६ बस्ने राजु किस्कुको छोरी बर्ष ११ की सुमित्रा किस्कु, राहुल बिकको छोरी बर्ष १० को रेवन बिक, ओमनाथ अधिकारीको छोरी बर्ष ९ की प्रनिसा अधिकारी, उर्मीला बर्देवाको छोरी बर्ष ९ की खुस्बु बर्देवा, राजेन्द्र सुन्दासको छोरी बर्ष १० की सुप्रिया सुन्दास, राजकुमार शर्माको छोरी बर्ष १० की सेन्जे हाङमा शर्मा, नरेश गजुरेलको छोरी बर्ष १० कि मनिता गजुरेल, गोबिन्द रिजालको छोरी बर्ष ११ की बिना रिजाल रहेका छन् ।
त्यस्तै बेनु ढकालको छोरा बर्ष ११ को आदित्य ढकाल, मनकुमार राईको छोरी बर्ष ११ की अरबिदा राई, रेखा कार्कीको छोरा बर्ष ११को सुशान्त कार्की, हरि कार्कीको छोरी बर्ष ११ की प्रनिशा कार्की, नरेश मावोको छोरी बर्ष १० की सृष्टी मावो, पप्पु साहको छोरी बर्ष ११ की ग्रीष्मा साह, विकास तामाङको छोरी बर्ष ८ की अनुसा भुजेल, पदम भुजेलको छोरी बर्ष ९ की ईसिका भुजेल र डम्बर लिम्बुको छोरी बर्ष ९ की बर्षा लिम्बु विरामी भएका थिए ।
विरामी सबै विद्यार्थीहरुको अवस्था अहिले सामान्य रहेको प्रहरीको भनाई छ ।




Discussion about this post