२ असार २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

अब मेचीनगरमा करदाताले क्यूआरबाट कर तिर्न मिल्ने

जेष्ठ २६, २०८२, ७:०८ .आइतवार
0
0
0
SHARES
307
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २५ जेठ । करदाताले अब मेचीनगर नगरपालिकामा कर तिर्न जाँदा नगद पैसा बोकेर जाने समस्या समाधान भएको छ ।

आइतबार मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीले ‘डाइनामिक क्यूआर’को विधिवत रुपमा उद्घाटन गरेर सुरु गरेका हुन् ।

नगरप्रमुख बुढाथोकी र उपप्रमुख उप्रेतीले आफ्नो जग्गाको एकीकृत सम्पति कर तिरेर सुरुवात गरेका थिए । मेचीनगरको १५ वटै वडा कार्यालय र नगरपालिकाको कार्यालयमा करदाताले व्यवसायको कर तिर्न आउँदा क्यूआरदेखि सहजै भुक्तानी गर्न सकिने भएको छ ।

नगरपालिकाको राजश्वको सफ्टवेयर सफटेक् इनफोसीसको माध्यमबाट ‘डाइनामिक क्यूआर’ मार्फत करदाताले कर तिर्न पाउने भएका छन् । ‘डाइनामिक क्यूआर’ कोर्डको सिस्टमको सुरुवातसँगै करदाताका लागि नगद बोकेर जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

मेचीनगरमा दीर्घकालीन सेवा र परामर्शका लागि मोबाइल एप्लिकेशनमार्फत् अनलाइन पेमेन्ट गर्ने र नगरपालिकालाई पेपरलेस बनाउन नयाँ सुविधा आगामी साउनदेखि लागू गर्ने योजना रहेको छ ।

गत चैत तेस्रो हप्तादेखि नै सुरु गर्ने भनिएको ‘डाइनामिक क्यूआर’ प्राविधिक कारणले ढिलो भएको कार्यालयले जनाएको छ । यसअघि नै १५ वटै वडाका वडा सचिव, वडाका राजश्वका कर्मचारी र नगरपालिका कार्यालयका कर्मचारीहरुलाई समेत राजश्व व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रम दिइएको थियो ।

राजश्व शाखाका प्रमुख प्रेमप्रसाद पराजुलीले करदाताको आफ्नै डाइनामिक क्यूआर कोड नगरपालिकाले बनाएको बताए । उनका अनुसार उक्त क्यूआरबाट कर तिर्दा अन्य चार्ज लाग्दैन । साउनदेखि करदाताले घरैमा बसेर अनलाइनबाट सेवा लिन सक्नेछन् । आफ्नै क्यूआरबाट कर तिर्न, कति तिर्न बाँकी छ, कति कर तिर्यो, सबै हेर्न मिल्छ ।

उद्घाटन कार्यक्रममा नगरप्रमुख बुढाथोकी, राजश्व परामर्श समितिकी संयोजक समेत रहेकी उपप्रमुख उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, राजश्व शाखाका प्रमुख पराजुली, सूचना प्रविधि अधिकृत असोक भेटवाल, कार्यपालिका सदस्य चित्र धिमाल लगायतको उपस्थिति रहेको थियो ।

पछिल्लो समाचार

विदेशबाट फर्किएकालाई व्यवसायी बनाउँदै मेचीनगर (भिडियोसहित)

अघिल्लो समाचार

मेचीनगरमा अटिजम तथा बौद्विक अपाङ्गता सम्बन्धी बहस (भिडियोसहित)

Related Posts

लम्फी स्किन संक्रमण : किसानको गोठमै पुगेर खोप लगाउँदै प्राविधिक
banner

लम्फी स्किन संक्रमण : किसानको गोठमै पुगेर खोप लगाउँदै प्राविधिक

असार २, २०८२, ९:४४ .सोमवार
मेचीनगरमा आजदेखि ‘नसर्ने रोग न्यूनिकरण’ अभियान
banner -2

मेचीनगरमा आजदेखि ‘नसर्ने रोग न्यूनिकरण’ अभियान

असार १, २०८२, ३:५७ .आइतवार
झनझटरहित सेवा दिन उद्योग कार्यालयलाई व्यवसायीको अनुरोध
banner -1

झनझटरहित सेवा दिन उद्योग कार्यालयलाई व्यवसायीको अनुरोध

जेष्ठ ३१, २०८२, ५:१४ .शुक्रबार
असारदेखि भदौ महिनासम्म सडक खन्न प्रतिबन्ध
box -2

लक्कि डिपार्टमेन्टमा पानीको भल पस्दा ६० लाखको क्षति

जेष्ठ ३०, २०८२, ५:२७ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.