२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

विपद् व्यवस्थापनको पूर्व तयारीमा मेचीनगर

साउन ६, २०८२, ९:१४ .मङ्लबार
0
0
0
SHARES
78
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ६ साउन । मेचीनगरले बाढी, पहिरो लगायतका प्रकोपबाट हुने धनजनको क्षतिलाई न्यूनीकरण, राहत र उद्धार कार्यलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सर्वदलिय छलफल गरेको छ ।

मंगलबार मेचीनगर नगरपालिका नगरस्तरीय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७५ को दफा ३ को उपदफा २ बमोजिम गठित समितिका संयोजक एवम् नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले विपदको पूर्व तयारी, राहत, प्रतिकार्य र सहकार्यबारे विभिन्न महत्वपूर्ण विषयमा छलफल गरेको हो ।

विगत वर्षझै यसवर्ष पनि मनसुनजन्य प्रकोपले ठूलो प्रभाव पार्ने भएकोले बाढी, पहिरो, डुबान, सडक अवरोध जस्ता सम्भावित घटनाका लागि दमकल, एम्बुलेन्स, स्काभेटर, डोजर लगायतका साधनहरू तयारी अवस्थामा राख्न सम्बन्धित कार्यालयहरु, संघ–संस्था र सरोकारवाला निकायबीच सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

सरकारी, गैरसरकारी तथा संघ–संस्था लगायत सबैलाई समन्वयमा रहेर सचेतनामूलक कार्यक्रम सञ्चालन, पूर्वतयारी तथा प्रतिकार्यमा जुट्न अनुरोध गरिएको छ ।

साथै सम्भावित जोखिम नियन्त्रणका लागि तारजाली, बोरा, ह्यामपाइप लगायत तत्काल विपद्मा प्रयोग गरिने अत्यआवश्यक सामग्रीहरु खरिद गरिने भएको छ । त्यसका लागि २०८१÷८२ को बजेटमा रकम छुट्टिएको थियो ।

विपद् व्यवस्थापन सम्पर्क व्यक्तिबीच म्यासेज ग्रुप बनाई प्रभावकारी रुपमा सूचना आदान प्रदान गर्ने, विपद् सम्बन्धी हालसम्म भएका राहत वितरण अनुमोदन, विपद् व्यवस्थापन पूर्व तयारी सामग्री खरिद तयारी अवस्थामा राख्ने, विपद् व्यवस्थापन पूर्व तयारीका लागि सरोकारवाला निकायहरुसँग रहेका श्रोत, साधनको प्रयोग गर्ने, नगर क्षेत्रभित्र सम्भावित विपद् जोखिम क्षेत्र÷स्थानहरुको स्थलगत अनुगमन, निरीक्षण गर्ने, तत्काल विपद् व्यवस्थापनका लागि द्रुत प्रतिकार्य टोली (आरआरटी) गठन लगायतका विषयमा छलफल भएको थियो ।

छलफलमा वडाध्यक्षहरु अर्जुनकुमार कार्की, गिरीराज धमला, जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत रुपक काफ्ले, नेपाली कांग्रेस मेचीनगर सभापति सुदय पनेरु, नेकपा एमाले मेचीनगर अध्यक्ष राजु कार्की, सशस्त्र प्रहरी बल नेपाल प्रहरी सीमा सुरक्षा गुल्म काँकरभिट्टाका प्रहरी निरीक्षक रोशन घिमिरे, नेपाल रेडक्रस सोसाइटी मेचीनगरका सचिव सोमराज ढकाल, मेची उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्री, क्षेत्रिय होटल व्यवसायी संघ मेचीनगरका उपाध्यक्ष ध्रुब गिरी लगायतले विपद् व्यवस्थापनका लागि नगरपालिकासँग सहकार्य गरेर जाने बताएका थिए ।

मेचीनगरको पन्ध्रै वटा वडामा सुरक्षाकर्मीसहितको २५ जनाको विपद् व्यवस्थापन समिति गठन समेत गरिएको छ ।

नगरप्रमुख बुढाथोकीले नगरको कुनैपनि क्षेत्रमा विपद्को समस्या भए बाटो बिग्रेको छैन भने २० मिनेटभित्र पुग्न सकिने बताए ।

विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका विषयमा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले प्रकाश पारेका थिए ।

पछिल्लो समाचार

महिला उद्यमी संघको मेचीनगर संयोजकमा निर्मला चौहान

अघिल्लो समाचार

हाँस्य टेलिफिल्म ‘जिन्दगी लफडै लफडा’ सार्वजनिक

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.