२९ मंसिर २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

शरद र पुष्पा प्रथम

जेनजी शहीदहरुको स्मृतिमा मेचीनगरमा दौड प्रतियोगिता

अशोज २५, २०८२, ९:५६ .शनिबार
0
0
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २५ असोज । युथ फर सोसाइटी मेचीनगरले जेनजी आन्दोलनका शहीदहरुको स्मृतिमा ‘मेचीनगर रन’ प्रतियोगिता आयोजना गरेको छ ।

सोसाइटीले शनिबार विहान आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ दमकका २३ वर्षीय शरद सिंह प्रथम र महिलातर्फ दमककै पुष्पा लिम्बु प्रथम भइन् ।

उनीहरुले जनही नगद ५ हजार पाएका छन् । यसैगरी पुरुषतर्फ बिर्तामोडका १६ वर्षीय शिव कार्की द्वितीय र दमकका १८ वर्षीय मिङसेन लिम्बु तृतीय भए ।

यसैगरी, महिलातर्फ दमककी मन्दिरा महतरा र रुबिना महतरा क्रमशः द्वितीय र तृतीय भएका थिए । दोस्रो हुनेले ३ हजार र तेस्रो हुनेले २ हजारका दरले पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा १४६ जना पुरुष र १८ जना महिला गरी १६४ जना युवा धावकले भाग लिएका थिए । मेचीनगर–१५ स्थित ज्यामिरगढी प्रहरी चौकी छेउबाट सुरु दौड पाँच किलोमिटर टाढा धुलाबारी मोडसम्म भएको थियो ।

आयोजक युथ फर सोसाइटी मेचीनगरले जेनजी आन्दोलनमा झापाबाट शहीद भएका दिनेश राजबंशी र गोपाल सेढाइको परिवारलाई जनही ५० हजारका दरले सहयोग दिने घोषणा समेत गरेको थियो ।

आजै कार्यक्रममा शहीद दिनेश राजबंशीकी आमा सपना राजबंशीलाई ५० हजार सहयोग प्रदान गरिएको सोसाइटीका सदस्य जयराम दाहालले जानकारी दिए ।

इस्ट होराइजन अंग्रेजी मावि धुलाबारीका प्रिन्सिपल सञ्जीव राईले जेनजी आन्दोलनमा शहीद भएका झापाका शहीदका छोरा–छोरीलाई कक्षा १२ सम्म निःशुल्क अध्ययनको खर्च व्यहोर्ने बताए ।

झापा विद्रोहका शहीद वीरेन राजबंशीका छोरा नेत्र राजबंशीले ज्यामिरगढीमा रिवन काटेर उद्घाटन गरेका थिए । जेनजी आन्दोलनका शहीद दिनेश राजबंशीकी आमा सपना राजबंशी लगायत परिवारका अन्य सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । शहीद परिवारले दौडका विजेतालाई पुरस्कार वितरण समेत गरेका थिए ।

 

पछिल्लो समाचार

हात्ती छेक्न राखिएका विद्युतीय धराप हटाउन वन कार्यालयकाे पालिकालाई पत्र

अघिल्लो समाचार

झापा प्रहरीको २४ वटा हतियार र साढे ५ हजार गोली अझै भेटिएन

Related Posts

मागुरमाडी वनमा कांग्रेसका बागी उम्मेदवार निर्वाचित
banner

मागुरमाडी वनमा कांग्रेसका बागी उम्मेदवार निर्वाचित

मंसिर २८, २०८२, ३:२२ .आइतवार
मेचीनगर लेडी जेसीजको अध्यक्षमा रिता
banner -2

मेचीनगर लेडी जेसीजको अध्यक्षमा रिता

मंसिर २८, २०८२, १:३१ .आइतवार
बिन्ती साकोसको साधारण सभा
box -2

बिन्ती साकोसको साधारण सभा

मंसिर २८, २०८२, १२:५५ .आइतवार
एमाले अजम्बरी छ : ओली
box -1

एमाले अजम्बरी छ : ओली

मंसिर २७, २०८२, ११:४४ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.