मेचीनगर, ६ भदाै । मेचीनगर नगरपालिकाकाे न्यायिक समितिले गत आर्थिक वर्षमा ४६ वटा मुद्वा फछर्याैट गरेकाे छ ।
नगरपालिका न्यायिक समितिकी अधिकृत स्तर छैठौं इन्दिरा खरेलले आर्थिक वर्ष २०८२/०८३ मा दर्ता भएका १०९ वटा मुद्वा मध्ये ४६ वटा मुद्वा फछर्याैंट गरिएको जानकारी दिइन् ।
अब समितिमा आएका ६३ वटा मुद्वा फछर्याैंट हुन बाँकी रहेकाे खरेलकाे भनाई छ ।
उनका अनुसार फछर्याैंट भएका ४६ वटा मुद्वामा २० वटा अदालत तथा सम्बन्धित निकायमा उजुर गर्न सुनाइएकाे, १२ वटा तामेलीमा रहेकाे, ७ वटा सहमति भएको , ५ वटा मिलापत्र भएको , एउटा राेक्का आदेश भएको र एउटा भाडा रकम फुकुवा आदेश भएको छ ।
उनले अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा सरी आएका ४१ वटा मुद्दाका कागजात गत भदाै २४ गतेकाे जेनजी आन्दोलनमा आगजनी भई नष्ट भएको त्यसकाे अभिलेख गर्न नसकिएको बताइन् ।
गतवर्ष समितिमा निवेदकहरूले विभिन्न विषयका विवादमा ३६ प्रकारका मुद्वा दर्ता गराएका रहेछन् ।
जसमा लेनदेन, जग्गा पास, जग्गा सीमाना, जग्गा राेक्का, अंश सम्बन्धि, निर्माणाधीन संरचना राेक्का, जग्गा खिचाेला, पारिश्रमिक सम्बन्धि, रकम लिई जग्गा पास नगरेकाे, व्यक्तिगत जग्गा अतिक्रम गरि नाला निर्माण गरेकाे, विवाह, जन्मदर्ता गराई पाउँ, बाटाे स्तराेन्नती तथा निर्माण, घर जग्गा विवाद, जग्गा फिर्ता, बसपार्क निर्माण, सहमति कार्यान्वयन गराई पाउँ, भाडा रकम फुकुवा गराई पाउँ, पारिवारिक समस्या रहेका छन् ।
यस्तै, भाेग कायम गराई पाउँ, बाटाे मिची ड्रेन बनाएकाे, बाटाे साविककाे स्थानमा कायम गराई पाउँ, सामानकाे मुल्यांकन गराई पाउँ, कारखाना सञ्चालन सम्बन्धि, जालसाज गरी जग्गा राजीनामा पास गरेकाे, जग्गा संरक्षण गरि पाउँ, घर खाली गराई पाउँ, जग्गा खाली गराई पाउँ, एकलाैटी बाटाे बनाइएकाे, बाेट, बिरुवा हटाई पाउँ, विवाह दर्ता गराई पाउँ, कुलाे पैनी विवाद, सम्पत्तिकाे हक दिलाई पाउँ, नाला खुलाई पाउँ, नाला माथिकाे संरचना हटाई पाउँ, ध्वनी प्रदुषण र वैदेशिक राेजगार सम्बन्धि लेनदेनहरू रहेकाे छ ।
समितिले गत आर्थिक वर्षमा मेचीनगरका १५ वटै वडाका ८३ जना मेलमिलाप कर्ताहरूलाई मेलमिलाप सम्बन्धि पुन:ताजगी तथा जग्गा नापजाँच सम्बन्धि तालिम, समुदायस्तरमा न्यायिक सचेतना र मेलमिलाप सम्बन्धि अवधारणाकाे बारेमा, न्यायमा पहुँच अभिवृद्धि गर्ने उदेश्यले ज्येष्ठ नागरिक, मजदुर, विद्यार्थी तथा टाेल विकास संस्थाका पदाधिकारीहरूलाई अभिमुखिकरण तथा कानूनी परामर्श सम्बन्धि कार्यक्रम सञ्चालन गरेको बताइएकाे छ ।
न्यायिक समिति संयाेजक एवम् नगरपालिकाकी उपप्रमुख मीना पाेखरेल उप्रेतीले गत आर्थिक वर्षमा दर्ता भएका १०९ वटा मुद्वामा ४६ वटा मुद्वा फछर्याैंट गर्दै गर्दा महिला मात्र हाेइन पीडित भएका पुरूषहरूलाई पनि निश्पक्ष रूपमा न्याय निरूपण गरिएको बताइन् ।
समितिमा सहमति हुन नसकेका केही मुद्वा जिल्ला अदालत पठाइएकाे जानकारी दिइन् ।
निवेदकका विचारधिन ४१ वटा मुद्वा गत भदाै २४ गतेकाे जेनजी आन्दोलनमा जलेर नष्ट भएको उनले बताइन् ।
न्यायिक समिति सदस्यमा वडा नम्बर ८ का वडा सदस्य कुन्दन निराैला, २ का वडा सदस्य हरिनारायण न्याैपाने, कानुनी सल्लाहकारमा ईन्द्रकमल प्रधान रहेका छन् ।




Discussion about this post