
मेचीनगर, ७ असाेज । नेपाली कांग्रेस मेचीनगर सभापतिमा याेगेन थापा मगर निर्वाचित भएका छन् ।
बुधबार धुलाबारीमा सम्पन्न अधिवेशनले सभापतिमा मगरले ३८७ मत ल्याएर विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धि भक्तबहादुर तामाङले १६४ मतमा चित्त बुझाउनु परेकाे छ ।
यसैगरी, उपसभापतिमा कञ्चन बरालले २७३ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धि मुकेश लिम्बुले २६५ मत मात्र प्राप्त गरेका छन् ।
अन्य पदाधिकारी र सदस्यहरूकाे नतिजा आउन बाँकी रहेकाे निर्वाचन समितिले जनाएकाे छ ।




Discussion about this post