मेचीनगर, १३ असाेज । मेचीनगर नगरपालिकाले जिल्लाकाे सराेकारवाला निकायकाे सहकार्यमा मंगलबार मेचीनगरमा बजार अनुगमन गरेकाे छ ।
नगरपालिकाका खाद्य विश्लेषक दीपेन्द्र कार्कीको नेतृत्वमा जिल्ला स्थित गुणस्तर तथा नाप ताैल कार्यालय झापा, खाद्य तथा गुणस्तर कार्यालय झापा, उपभोक्ता जागरण अभियान नेपाल लगायतले मेचीनगर-१२ र १३ नम्बर वडाका ग्यास बिक्रेता, डेरी उद्योग, अस्पताल, मार्ट र किराना पसलहरूमा अनुगमन गरिएको हाे ।
टाेलीका प्रमुख कार्कीले विगत भन्दा यसपटक बजार अनुगमन गर्दा धेरै सुध्रिएकाे पाइएकाे बताए ।
मंगलमा पाँच ठाउँमा अनुगमन गरिएको थियाे । जसमध्ये चारआलीकाे मनकामना अस्पताल बाहेक अन्य चार वटा पसलमा विगत वर्षभन्दा सुध्रिएकाे पाइएकाे उनकाे भनाई छ ।
टाेलीले मेचीनगर-१२ काे धाइजन स्थि चिमरिया ब्रदर्श डेरी एण्ड फुड प्राेडक्सन, माँ दुर्गा किराना पसल (ग्यास बिक्रेता ), मेचीनगर-१३ काे रिद्वि किराना पसल, लक्की डिपार्टमेन्ट प्रालि र मनकामना अस्पतालमा अनुगमन तथा निरीक्षण गरिएको थियाे ।
उक्त पसलहरूमा अनुगमन गर्दा खासै त्यस्ताे कफियत नभेटिएकाे टाेलीकाे भनाई छ ।
बजार अनुगमन टाेलीमा नगरपालिकाका खाद्य विश्लेषक कार्की, पशु चिकित्सक डा. सुशान्त भट्टराई, जिल्ला स्थित खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाकी खाद्य निरीक्षक संगीता शाह, गुणस्तर तथा नाप ताैल कार्यालय झापाका सिनियर मिस्री हरेराम महताे, आकाश झा,
<span;>इलाका प्रहरी कार्यालय चारआलीका प्रमुख सई किरण राई, प्रहरी हवलदार कल्पना भण्डारी, नगरप्रहरीहरू विशाल राजबंशी, दीपाकुमारी राजबंशी, उपभोक्ता जागरण अभियान नेपालका प्रतिनिधि, स्वास्थ्यकर्मी लगायत रहेका थिए ।




Discussion about this post