



मेचीनगर, २४ कार्तिक । नेपाल सम्बतका प्रवर्तक राष्ट्रिय विभुति शङ्खधर साख्वाकाे शालिक मेचीनगरमा स्थापना गरिएको छ ।
तिहारकाे भाईटीकाकाे अघिल्लो दिन नेपाल सम्बत ११४७ काे अवसर पारेर मेचीनगर-१० धुलाबारी स्थित चादनी चाैकमा निर्माण गरिएको नवनिर्मित शङखधर साख्वाकाे शालिक अनावरण गरिएको हाे ।
धुलाबारी चाैक बजारदेखि शालिक स्थलसम्म विभिन्न समुदायको झाँकीसहित र्याली प्रदर्शन गरिएको थियाे ।
नगरप्रमुखद्वारा शालिककाे अनावरण
उक्त शालिककाे अनावरण मेचीनगर नगरपालिकाका प्रमुख गाेपालचन्द्र बुढाथोकीले गरेका थिए ।
प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले चादनी चाैककाे नाम अब शङखधर साख्वा चाैक रहने घाेषणा गरेका छन् ।
शङ्खधर साख्वा मार्ग घाेषणा
राष्ट्रिय विभुति शङ्खधर साख्वा : प्रतिष्ठान मेचीनगर-१० झापाले नगरपालिकालाई शालिक भएदेखि उतेतर पूर्व समाजसेवी राम कट्टेल घर छेउकाे सडकलाई शङखधर साख्वा मार्ग प्रस्तावलाई नगरप्रमुख बुढाथोकीले स्वीकार गरेका छन् ।
यसका लागि नगरपालिकाले निर्णयका लागिप्रयास गर्ने बुढाथोकीले जानकारी दिए ।
पत्रकार दाहाल सम्मानित
साेही अवसरमा प्रतिष्ठानले नेपाल सम्बतलाई चिनाउन याेगदान गर्ने मेची क्याम्पसका पूर्व क्याम्पस प्रमुख एवम् अग्रज पत्रकार चिन्तामणि दाहाललाई कदर पत्रद्वारा सम्मान गरेकाे थियाे ।
जग्गा दाता र अन्य दाताहरू पनि सम्मानित
यसैगरी, शालिक निर्माण स्थलका जग्गा दाता एवम् नेपाल सम्बत सुरूवात गर्न महत्वपूर्ण भुमिका खेलेका स्वर्गीय भक्तमान शाक्यका छाेरा दिनेश शाक्य लगायत परिवार, अन्य विभिन्न दाताहरूलाई सम्मान गरिएको थियाे ।
स्वर्गीय भक्तमान शाक्यले चादनी चाैकमा रहेकाे करिव ३ धुर जग्गा ६० वर्षअघिदेखि भाेगचलन गर्दै आएका थिए । उनका परिवारले उक्त ठाउँमा पसल गर्दै आएका थिए ।
परिवारकाे सल्लाह अनुसार बुबाले शङ्खधर साख्वाकाे पहिचानका लागि गरेकाे याेगदानकाे कदर गर्दै शालिक निर्माण गर्ने निर्णय गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख बुढाथोकी, उपप्रमुख मीना पाेखरेल उप्रेती, सम्मानित व्यक्तितब दाहाल, प्रतिष्ठानका सल्लाहकार एवम् अग्रज पत्रकार चन्द्र भण्डारी लगायतले शङ्खधर साख्वा र जग्गादाता परिवारकाे याेगदानका विषयमा चर्चा गरेका थिए ।
राष्ट्रिय विभुति शङ्खधर साख्वा : प्रतिष्ठान मेचीनगर-१० झापाका अध्यक्ष दिनेश शाक्यकाे अध्यक्षतामा सम्पन्न अनावरण कार्यक्रमकाे सहजीकरण सचिव मिलनराज प्रसाईं र सहसचिव धर्मेन्द्र खड्काले संयुक्त रूपमा गरेका थिए ।
फाेटाे र शब्द : अर्जुन कार्की




Discussion about this post