
धुलाबारी, ३ मंसिर । आफ्नै देशमा स्वराेजगार बनाउने उदेश्यले सरकारी लगानीलाई सही सदुपयाेग गर्न व्यवसायलाई अनुराेध गरिएको छ ।
सरकार अन्तरगत रहेकाे औंद्योगिक व्यवसाय विकास प्रतिष्ठान काठमाडौंले विहीबार धुलाबारीमा व्यवसाय सम्वर्द्धन केन्द्र स्थापना तथा सञ्चालन सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरेकाे हाे ।
मेची उद्योग बाणिज्य संघ र नेपाल उद्योग बाणिज्य महासंघ काेशी प्रदेशकाे सहकार्यमा प्रतिष्ठानले झापाका व्यवसायीहरूलाई हामी लगानी गर्छाैं, तपाईंहरू स्वराेजगार बन्नुहाेस् भन्ने धारणा व्यक्त गरेका थिए ।
प्रतिष्ठानका कार्यकारी निर्देशक उमेशकुमार गुप्ताले ३ प्रतिशत व्याजमा २० लाख रूपैयाँसम्म लगानी गरेकाे बताए ।
´ बर्सेनि १० हजार भन्दा बढि आवेदनहरू आउँछन् `गुप्ताले भने-´कार्यविधि र मापदण्ड अनुसार छनाैट गरेर लगानी गरिन्छ ।`
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गुप्ताले नागरिकलाई वैदेशिक राेजगारमा जानबाट राेकेर आफ्नै देशमा राेजगार दिएर व्यवसायिक बनाउने उदेश्य रहेकाे दावी गरे ।
तर, राज्यले लगानी गरे अनुसार राम्राे प्रतिफल नआएको र उल्टै लगानी डुविरहेकाे समेत उनकाे भनाई छ ।
सन २०३० सम्ममा एक लाख नागरिकलाई स्वराेजगार बनाउने उदेश्य प्रतिष्ठानकाे रहेकाे छ ।
कार्यकारी निर्देशक गुप्ता र शाखा अधिकृत राकेश राउतले प्राेजेक्टर मार्फत सहभागीलाई राज्यकाे गानी बारेमा जानकारी गराएका थिए ।
प्रतिष्ठानले सरकारी बैंकहरू मार्फत कर्जा लगानी गरिरहेका बैंकका मेनेजरहरूले कार्यक्रममा असारकाे अन्तिममा बैंककै कर्जा उठाउने बेलामा लगानी गर्नु पर्ने अपठेराे बाध्यता रहेकाे बताएका थिए ।
कार्यक्रममा सहभागी उद्योगी-व्यवसायीहरूले भनेकाे समयमा लगानी नदिने, लगानी गर्नै पने ठाउँमा लगानी नभएको, दिए पनि २० लाख रूपैयाँकाे ठाउँमा १०/१५ लाख मात्र लगानी गरेकाे गुनासाे सुनाएका थिए ।
मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईंकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमकाे स्वागत नेपाल उद्योग बाणिज्य महासंघ काेशी प्रदेश सदस्य निर्मला चाैहान भण्डारीले र सञ्चालन संघका महासचिव ध्रुव कनालले गरेका थिए ।




Discussion about this post