धुलाबारी, ४ मंसिर । सुन किन्ने र बेच्नेलाई निगरानी राख्न सुन व्यवसायीलाई आन्तरिक राजस्व कार्यालय झापाले सचेत गराएकाे छ ।
शुक्रबार धुलाबारीमा आन्तरिक राजस्व कार्यालय झापाले मेची उद्योग बाणिज्य संघकाे सहजीकरणमा राष्ट्रिय कर दिवसकाे अवसरमा सप्ताहाव्यापी करदाता शिक्षा कार्यक्रममा सुन व्यवसायी तथा उद्योगीहरूलाई सचेत गराइएकाे हाे ।
आन्तरिक राजस्व कार्यालय झापाका कर अधिकृतद्वय गजाधर खतिवडा र मनाेज न्याैपानेले मेचीनगरका सुन व्यवसायीलाई कुनै पनि शंकास्पद व्यक्ति सुन किन्न वा बिक्री गर्न आए पहिचान गर्न, परिचय पत्र लिन र राज्यलाई जानकारी गराउन अनुराेध गरेका छन् ।
सम्पत्ति सुदृढीकरण अन्तरगत उच्चस्तरीय व्यक्ति, राजनीतिज्ञ, कर्मचारी वा जाे काेही छानविनमा परेका व्यक्ति शंकास्पद तरिकाले सुन किन्न वा बिक्री गर्न आउनेकाे पहिचान गरेर मात्र काराेवार गर्न कार्यालयले जाेड दिएकाे छ ।
बहुमुल्य गरगहनामा सीप प्रवर्द्धन शुल्क अन्तरगत महिनाकाे २५ गतेभित्र विवरण बुझाउनु पर्ने, समयमा नबुझाए ०.०५ प्रतिशत वा १ हजार तथा बार्षिक २५ प्रतिशतले जरिवाना लाग्ने कार्यालयकाे भनाई छ ।
कार्यालयका अनुसार नेपाल ग्रे लिष्टमा रहेकाेले कालाे धनलाई सेताे पार्न खाेज्नेहरूबाट सचेत नरहे भविष्यमा व्याल्कलिष्टमा पुगे आर्थिक बन्दी हुने र विदेशी सहयोग वा काहीं पनि काराेबार गर्न नसकिने अवस्था हुनेछ ।
करदाताहरूले समयमा नै कर तिरेर जरिवानाबाट जाेगिन अनुराेध गरेकाे छ । मंिसर १ गतेदेखि सुरू राष्ट्रिय कर दिवस यही गते समापन हुँदैछ ।
झापामा ६९ हजार करदाता मध्ये उत्कृष्ट करदाता मेचीनगर रहेकाे कार्यालयकाे भनाई छ ।
कार्यक्रममा सुन व्यवसायीहरूले कार्यालयले सुन पसलेलाई हरेक कुरामा कडा गर्ने तर, व्यवसायीकाे पिरमार्का नबुझ्ने गरेकाे बताएका थिए ।
सुन व्यवसायीले राष्ट्रिय बैंकमार्फत सुन काराेवार गरिरहेका छन् । सुन व्यवसायीले राष्ट्रिय बैंकमार्फत नै ५०/ १०० वा आधा केजीसम्म सुन काराेवारलाई सहज गरिदिन राज्यलाई ध्यानाकर्षण गराएका छन् ।
मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईंकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे स्वागत बाणिज्य उपाध्यक्ष सन्ताेष खवासले र सञ्चालन महासचिव ध्रुब कनालले गरेका थिए ।




Discussion about this post