१९ बैशाख २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बिर्तामोडकाे विषादी जाँच्ने ल्याव सञ्चालनमा आउने

भदौ १३, २०८०, ९:४२ .बुधबार
0
0
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

झापा, १३ भदौ । सरकारले बिर्तामोड कृषिथोकमा बन्द रहेको विषादी अवशेष द्रुत विश्लेषण इकाई (प्रयोगशाला) सञ्चालनमा ल्याईने भएको छ ।

उपभोक्ता जागरण अभियान नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी (मार्सेली)को नेतृत्वमा अभियानको प्रतिनिधिमण्डलले मंगलवार कृषि तथा पशुपंछी मन्त्री डा. बेदुराम भुसाललाई भेटेर माग पत्र बुझाएपछि मन्त्री भुसालले बन्द रहेका प्रयोगशालाहरु खुलाउने बताएका हुन् ।

अभियानले विषादी जाँच्ने प्रयोगशला बन्द हुँदा आम उपभोक्ताले स्वस्थकर तरकारी तथा फलफूल उपभोग गर्न पाउने हक हनन् भएको र जनस्वास्थ्यमा गम्भीर हानी नोक्सानी हुने जोखिम बढेको विषयमा मन्त्री भुसालको ध्यानाकर्षण गराएको छ ।

अभियानको प्रतिनिधिमण्डललाई माननीय मन्त्रीज्यूले बिर्तामोड सहित मुलुकका ११ स्थानमा रहेको सबै प्रयोगशालालाई तत्काल खुलाउने विषयमा आश्वस्त बनाए ,’ अध्यक्ष मार्सेलीले मन्त्रीलाई माग पत्र बुझाउँदाको जानकारी दिँदै भने–‘तरकारी, फलफूल र खाद्यान्नमा रहने विषादीको अवशेष परीक्षण गर्ने प्रयोगशलालाई आवश्यक बजेट छुट्याइएको समेत उनले बताए ।’

अभियानले स्वास्थ्य बीमा, अस्पतालको पार्किङ, शिक्षा क्षेत्रका विकृति, स्वच्छ बजारका चुनौति र बजार अनुगमन तीब्र बनाउने बारेमा सरकारको ध्यानाकर्षण गरेको छ ।

अध्यक्ष मार्सेली नेतृत्वको टोलीले संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण संसदीय समितिका नवनिर्वाचित सभापति अब्दुल खानलाई भेटी विषादी जाँच्ने प्रयोगशाला बन्द भएको र बजारमा अनुगमन नभइरहेको विषयमा ध्यानाकर्षण गराएको छ ।

सो अवसरमा सभापति खानले ध्यानाकर्षण पत्रमा समेटिएका विषयवस्तुका आधारमा सरोकारवाला सबैलाई बोलाएर छलफल चलाउने प्रतिवद्धता व्यक्त गरे ।

झापाको उपभोक्ता जागरण अभियानले विर्तामोडको कृषिथोक बजारमा रहेको प्रयोगशाला साउन १२ गतेदेखि बन्द रहेको तथ्य फेला पारेपछि त्यसको अबिलम्ब सञ्चालनका लागि स्थानीय तहको सरकारदेखि संघीय सरकार समेतको ध्यानाकर्षण गराएको थियो ।

झापा जिल्ला प्रशासन कार्यालय, बिर्तामोड नगरपालिका, कृषिथोक बजार व्यवस्थापन समिति लगायतमा अभियानले ज्ञापन पत्र समेत बुझाएको थियो ।

पछिल्लो समाचार

पाल्पामा गुडिरहेको जिपमाथि पहिरो खस्दा ३ को मृत्यु

अघिल्लो समाचार

सुन तस्करी काण्ड : राहुल महरा पक्राउ

Related Posts

कान्तिपुर टेलिभिजनका पत्रकार गणेशमान मुखिया सम्मानित
banner -1

कान्तिपुर टेलिभिजनका पत्रकार गणेशमान मुखिया सम्मानित

बैशाख १९, २०८३, ९:५४ .शनिबार
यूएई विरुद्ध नेपालकाे राेमाञ्चक जित
box -2

यूएई विरुद्ध नेपालकाे राेमाञ्चक जित

बैशाख १८, २०८३, १:४८ .शुक्रबार
प्रसाईं नेतृत्वकाे साझा व्यवसायी समूहका उम्मेदवारहरूकाे नाम घाेषणा
banner

प्रसाईं नेतृत्वकाे साझा व्यवसायी समूहका उम्मेदवारहरूकाे नाम घाेषणा

बैशाख १८, २०८३, १:०४ .शुक्रबार
थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
box -3

सुकुम्बासीकाे आन्दोलन सार्वजनिक : सांसद फिर्तादेखि आम हडतालसम्म

बैशाख १७, २०८३, ३:३० .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.