८ मंसिर २०८३, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

दोस्रो एकता स्पोर्टिङ गोल्डकपको तयारी पूरा

अशोज २१, २०८०, १:३९ .आइतवार
0
0
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, २१ असोज । यही असोज २५ गतेदेखि सुरु हुने दोस्रो एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

बिर्तामोड नगरपालिका–२ स्थित बेलडाँगी रहेको वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना हुने जिल्लास्तरीय प्रतियोगिताका लागि सम्पूर्ण काम सकिएको आयोजक एकता स्पोर्टिङ क्लबका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।

मैदान व्यवस्थापन, स्वागतद्वार निर्माणको काम सम्पन्न भएको छ भने मञ्च निर्माणको तयारी गरिएको आयोजक समितिले जनाएको छ ।
प्रतियोगितालाई भव्य र सभ्य बनाउन आयोजक एकता स्पोर्टिङ क्लबका पदाधिकारी सदस्यहरू जिम्मेवारी अनुसारको कामलाई रचनात्मक सम्पादन कार्यमा लागिरहेको प्राविधिक समितिका संयोजक माधव खरेलले बताए ।

प्रतियोगितामा झापाका आठवटा क्लबहरूले सहभागिता जनाउने छन् । झापा ११, बाहुनडाँगी एफसी, बुट्टाबारी युनाइटेड, झापा एफसी राजगढ, सैनिक एफसी, नव प्रतिभा युवा क्लव, ब्रदर्श युनाइटेड र आयोजक एकता स्पोर्टिङ क्लबले प्रतियोगितामा भाग लिने पौडेलले बताए ।

प्रतियोगिताको फाइनल खेल कात्तिक ३ गते हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

त्यस्तै, प्रत्येक खेलमा प्लेयर अफ द म्याचले नगद १ हजार पाउँदा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, कोच, हाइस्कोर र उत्कृष्ट खेलाडीलाई जनही २ हजार रुपैयाँ प्रदान गरिने खरेलले जानकारी दिए ।

२०७४ सालमा स्थापना भएको एकता स्पोर्टिङ क्लबले गुणात्मक र संख्यात्मक दृष्टिले युवा राष्ट्रको मेरुदण्ड भएकाले उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउने उद्देश्यले वीर अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा दक्ष प्रशिक्षकको व्यवस्था गरी १६ वर्षमुनिका १ सयभन्दा बढी बालबालिकाहरूलाई फुटबल प्रशिक्षण प्रदान गर्दै आएको छ ।

अन्डर १२ फुटबल प्रशिक्षण गर्ने, योग्य खेलाडी उत्पादन गर्ने, युवाहरूलाई फुटबलप्रति उत्प्रेरित गर्ने उद्देश्य रहेको क्लबका सदस्य रमेश उप्रेतीले जानकारी दिए ।

पछिल्लो समाचार

हमास र इजरेली सेनाबीच भिडन्त जारी

अघिल्लो समाचार

सहाराले दियो दशैँको मुखमा १५२ सदस्यलाई वृद्वभत्ता

Related Posts

एनपीएलको उपाधि सुदूरपश्चिम रोयल्सलाई
banner

एनपीएलको उपाधि सुदूरपश्चिम रोयल्सलाई

मंसिर ६, २०८३, ३:४२ .शनिबार
सुन किन्ने र बेच्नेलाई पहिचान गर्न कर कार्यालयकाे अनुराेध
banner -1

सुन किन्ने र बेच्नेलाई पहिचान गर्न कर कार्यालयकाे अनुराेध

मंसिर ५, २०८३, १२:०१ .शुक्रबार
व्यापारीलाई लगानी गर्दै औंद्योगिक व्यवसाय विकास प्रतिष्ठान
banner -2

व्यापारीलाई लगानी गर्दै औंद्योगिक व्यवसाय विकास प्रतिष्ठान

मंसिर ४, २०८३, १०:३३ .बिहिबार
धुलाबारीमा शङ्खधर साख्वाकाे शालिक स्थापना
banner -2

धुलाबारीमा शङ्खधर साख्वाकाे शालिक स्थापना

कार्तिक २५, २०८३, ११:१४ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.