७ असार २०८३, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

ट्राफिक भवन बनाउन सहयोग गर्ने दाताहरु सम्मानित

माघ ४, २०८०, १:५३ .बिहिबार
0
0
0
SHARES
255
VIEWS
Share on FacebookShare on Twitter

 

मेचीनगर, ४ माघ । ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टा भवन निर्माण समितिले भवन बनाउन सहयोग गर्ने १०२ जना दाताहरुलाई सम्मान गरेको छ ।

आज काँकरभिट्टा खानेपानी सभा हलमा ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टा भवन निर्माण समितिले नवनिर्मित भवन निर्माणमा सहयोग पुर्याउने दाताहरुलाई सम्मान गरेको हो ।

कार्यक्रममा संविधान सभा सदस्य रविन कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि कोइराला, प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी सरोज पौडेल, मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेती, नेपाली कांग्रेसका झापा उपसभापति केशवराज पाण्डे, नेकपा माओवादी केन्द्र मेचीनगरका इन्चार्ज माधव अर्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

भवन निर्माण समितिका कोषाध्यक्ष एवम् आर्थिक संयोजक सुभास गुरुङले भवन बनाउन २२ लाख ६५ हजार १४५ रुपैयाँ दाताहरुबाट नगद तथा जिन्सी सहयोग भएको जानकारी दिए ।

उनका अनुसार दाताहरुबाट १६ लाख ११ हजार ४७८ रुपैयाँ नगद र ६ लाख ५३ हजार ६६७ रुपैयाँ
बराबरको जिन्सी सामान उपलब्ध भएको छ ।

उनले २ लाख ४२ हजार ३१२ रुपैयाँ उठन बाँकी, १६ हजार १९३ रुपैयाँ बैँकमा बचत छ भने २ लाख ८३ हजार तिर्न बाँकी रहेको बताए ।

स्थानीय राजनीतिक दल, उद्यागी–व्यवसायी तथा समाजसेवीहरुको वृहत छलफलबाट मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेलको अगुवाईमा ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाको भवन निर्माण समिति बनिएको थियो ।

उक्त नवनिर्मित भवन मेची भन्सार कार्यालयको जग्गामा बनाइएको छ । भवन यहि माघ ७ गते ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

मेचीनगर–६ स्थित पुरानो भन्सारमा निर्माण भएको उक्त भवनको चार वटा कोठामा ब्यारेक, आवाससहितको इन्चार्ज कक्ष, कार्यालय, चमेना गृह रहेको छ ।

ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टा भवन निर्माण समितिका संयोजक मुक्ति पौडेलको अध्यक्षतामा सम्पन्न दाता सम्मान कार्यक्रमको स्वागत उपाध्यक्ष खडानन्द भण्डारीले र सञ्चालन सल्लाहकार समिति सदस्य शुभद्रा भट्टराई अर्यालले गरेकी थिइन् ।

पछिल्लो समाचार

एमाले झापाको कार्यवाहक अध्यक्षमा प्रेम गिरी

अघिल्लो समाचार

बाग्लुङमा दुर्गा प्रसाईलाई हातपात गर्न खोज्ने पक्राउ

Related Posts

गएरातिकाे वर्षाले मेचीनगरकाे दुईटा प्लाइउड उद्योगमा क्षति
banner

गएरातिकाे वर्षाले मेचीनगरकाे दुईटा प्लाइउड उद्योगमा क्षति

असार ५, २०८३, ८:०९ .शुक्रबार
न्यूनतम पारिश्रमिक कार्यान्वयन र उजुरी सम्बन्धी छलफल
box -1

न्यूनतम पारिश्रमिक कार्यान्वयन र उजुरी सम्बन्धी छलफल

असार ४, २०८३, ३:५३ .बिहिबार
ओमसाईका विरामीलाई अस्पताल जान र आउन गाडीको सुविधा
banner -2

ओमसाईका विरामीलाई अस्पताल जान र आउन गाडीको सुविधा

असार २, २०८३, ११:३२ .मङ्लबार
सांसद निशा डाँगीलाई खुल्ला पत्र
banner -1

सांसद निशा डाँगीलाई खुल्ला पत्र

जेष्ठ ३१, २०८३, १२:५३ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.