९ कार्तिक २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

विचार

महाधिवेशन कर्मकाण्डी मात्र नबनोस्

बैशाख ९, २०८१, २:३३ .आइतवार
0
0
0
SHARES
97
VIEWS
Share on FacebookShare on Twitter

वर्तमान शीर्ष नेतृत्वहरूले हिजो कम्युनिष्टहरूले प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नुपर्छ र बन्दुकको नालबाट मात्र होइन ब्यालेटबाट पनि जनताको मन जित्न सक्नुपर्छ भनेर भन्यो । जसले गर्दा विश्वब्यापी रूपमा कम्युनिष्टहरूको सत्ता ढलिरहेका बेला नेपालमा कम्युनिष्ट आन्दोलन बलियो बन्नमा मद्दत गर्यो ।

ईतिहास तपाईं हाम्रोबीचमा छ । त्यस्तो अनुभबी नेतृत्वले नयाँ शिराबाट कम्युनिष्ट पार्टीलाई अगाडि लिएर जानूपर्छ भनेर स्थापन गरेको नयाँ पार्टीको महाधिवेशन नजीक छौँ । यदी कुनै उथलपुथल भएन भने हाम्रो पार्टीको महाधिवेशन आगामी असार १६–२० मा सम्पन हुने कार्यतालिका सार्वजनिक भएको छ । महाधिवेशन हाम्रो सर्वोच्च निकाय भएकाले केही आशा र अपेक्षाहरू हुनु स्वभाविक नै मानिन्छ । तर, यही माहाधिवेशनसँग केही प्रश्नहरु पनि छन् ।

धेरैलाई महाधिवेशन यस्तो हुनुपर्छ भनेर हेर्न, बुझ्न र सिकाउन सक्ने बनाउनु छ । खासगरी केही गल्ती भेटेपछि त्यसलाई पक्रेर खिसीटीयुरी गर्न पर्खेर बसेकाहरूलाई पनि लागोस् कि, कम्युनिस्ट पार्टीको महाधिवेशन यस्तो हुनु पर्छ । महाधिवेशनले बाहिरीरूपमा कति प्रभाव पार्न या छोड्न सक्छ । त्यो पनि एउटा महत्वपूर्ण पाटो हो । तर, मुलत देशकै कम्युनिस्ट आन्दोलनको भविष्य यो महाधिवेशनले निर्धारण गर्दैछ भनेर हामीले भनी रहँदा यसले के गर्छ ? भन्ने प्रश्न आउनु पनि अस्वभाविक छैन । हामी हाम्रो अधिवेशन कर्मकाण्ड पूरा गर्नका लागि गरिए जस्तो बनाउने छैनौँ ।

हाम्रो पार्टीका हरेक तहका अधिवेशनहरू कर्मकाण्डी हुने छैन । त्यहाँ बहस र छलफलले प्राथमिकता पाउने छ भन्नूपर्ने हुन्छ । महाधिवेशनबाट हाम्रो कार्यक्रम के तय हुन्छ ? जबजलाई के भन्छौँ ? हामीले भनिरहेको वैज्ञानिक समाजवाद होम डेलिभरी हुन्छ या कुन बाटो भएर आउँछ ? के हो वैज्ञानिक समाजवाद ? यसको चरित्र कस्तो हुन्छ ? समाजवादमा पुग्नका लागि आन्दोलनको स्वरुप कस्तो हुन्छ ?

समाजवादमा पुग्न हाम्रा हरेक कमिटीहरूको भूमिका कस्तो हुनपर्छ ? यी विषयहरूमा बुझ्ने भाषामा हामीले तल्लो तहसम्म पुर्याउनु मधिवेशनले सक्छ कि सक्दैन ? स्वास्थ्य, शिक्षा, कृषि कस्तो हुनुपर्छ भन्ने विषयमा घनिभूत छ्लफल हुन्छ कि हुन्न ? कतै हामी पनि नीति कार्यक्रम भन्दा नेता नेतृत्वमा बढी केन्द्रित भएर सौराहा काण्ड जस्तै त हुने होइन ? भन्ने ठूलो चिन्ता कार्यकर्तामा देखिन्छ । कार्यकर्ताको त्यो त्रासलाई कसरी सम्बोधन गर्छ ? यदी सम्बोधन हुन सकेन भने कर्याकर्तामा निरासा छाउने छ । जसले पार्टी निमार्णमा बाधा पुर्याउँछ ।

त्यसतर्फ नेतृत्वले सचेततापूर्ण व्यवहार देखाउछ, देखाउदै न ? हामीलाई एउटा गम्भीर आरोप छ । यिनीहरूको ओली हुने उत्कट चाहाना पूरा नभएर ओलीसँग विद्रोह गरेका हुन् भन्ने कुरालाई अबको महाधिवेशनले चिर्न सफल हुन्छ कि हुँदैन ? हेर्न बाँकी छ । विद्रोहको औचित्य हाम्रा बैठकहरूले प्रष्ट पारेका भए पनि जनताको तहमा अझै पुग्न सकेको छैन ।

खाली पदका लागि हो भन्ने गोयबल्स शैलीमा गरिएको प्रचार प्रचारलाई चिरेर विचार, चिन्तन, व्यवहार, चरित्र, पद्वती, लोकतन्त्र, संविधान र तानशाहा प्रवृत्ति हावी हुनु जस्ता विषय हुन् भन्ने कुरा लान सक्नुपछ । हामी असल कम्युनिस्ट हौँ भनेर होइन व्यवहारबाट पुष्टि गर्न सकियो भने मात्र कम्युनिस्ट अन्दोलनको नेतृत्व गर्न हामीले सक्छौँ । तर, त्यही पुरानो शैली र व्यवहारबाट सम्भव छैन । अहिलेसम्मको हाम्रो व्यवहार र शैलीले समाजवामा पुग्न सहयोग पुर्याउँदैन ।

महाधिवेशनमा निम्न कुरा अनिवार्य रूपमा गर्नुपर्छ :

१) हाम्रो सबै तहका कमिटीहरूमा त्यहाँको स्वास्थ्य, शिक्षा र कृषि कस्तो हुने भन्ने विषयमा छलफल गरि निर्णय त्यहाँको सरकारलाई त्यो कार्यान्वयन गर्न दबाब दिने ।

२) हाम्रा बैठकहरू फगत बैठकका लागि बैठक होइन, मेसिन जस्तो आउने हस्ताक्षर गर्ने ताली बजाउने होइन, विचारहरूको विमर्श हुन्छ । माओको सयौँ विचारहरूलाई फक्रन र फुल्न देउ भन्ने विषयमा हामी प्रतिवद्ध छौँ । विचार राखेका भरमा गलत व्यवहार हुने छैन । निषेध गरिने छैन ।

३) हाम्रा स्थानीय कमिटी, वडा कमिटी र पारम्भिक कमिटीहरु उत्पादन युनिटका रुपमा कार्य गर्ने छन् ।

४) हाम्रा नेताहरू स्वेच्छाचारी हुने छैनन् । परिवारवादबाट मुक्त हुने छ्न र भ्रष्टाचारी हाम्रो पार्टीको नेता र कार्यकर्ता हुन सक्ने छैनन् ।

५) संविधानले बन्चित गरेका विषय जस्तै : घरेलु हिंसा, छुवाछूत जस्ता विषयमा संलग्न मानिस हाम्रो पार्टीको सदस्य हुन सक्दैन । लिएको भए कारवाही गरिने छ ।

६) हाम्रो पार्टीमा धेरै पुराना नेताहरू हुनुहुन्छ । जो कम्युनिष्ट आन्दोलनको पर्यावाची नै भन्दा हुन्छ । उहाँहरूको बुझाइमा सबै हिड्न मिल्ने राजमार्ग बनाउने लक्ष्य हो भनेको एक्लै हिड्ने गोरेटो जस्तो गरे नेताहरूले भन्ने छन् । यस्लाई सम्बोधन गर्नुपर्छ ।

७) दिनैपिच्छे विमानस्थलमा आँखाभरी आँसु बोकी देश छोडीरहेको युवा पंक्तिलाई राजनीतिप्रति आशा जगाउने गरि हामीले यही महाधिवेशनले दिशा निर्देश गर्नुपर्छ ।

८) राजनीतिमा यत्रो वर्ष लगानी गरेको हुनाले उहाँलाई सिफारिस गरियो भन्ने होइन । त्यसरी गरेको हाम्रो सिफारिसले गर्दा रिजल्ट आइरहेको छैन । सबै मानिस सबै ठाउँमा योग्य हुन सक्दैन हाम्रो सिफारिसमा थोरै वर्गीयता र धेरै त्यस विषयप्रतिको क्षमतालाई प्राथमिकतामा राखी समाजलाई म्यासेज दिने गरि गर्ने हुनु पर्दछ ।

९) कम्युनिस्ट भनेको एक हिसाबले चरित्र पनि हो । हाम्रो चरित्र कम्युनिष्टको जस्तो बनाउछांँ भन्न सक्नु पर्दछ ।

१०) राजनीति व्यापार वा व्यवसाय होइन, सेवा हो भन्ने पुष्टि गर्नु पर्दछ । यी विषयहरूमा सम्बोधन गर्दै नपाली जनताको आशा लाग्दो र भरोसा योग्य पार्टी बन्नेछ भन्ने पूर्ण विश्वासका साथ नयाँ वर्ष २०८१ को शुभकामना ।

(लेखक : वीपी भट्टराई नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) झापाका सचिव हुन् ।)

 

 

 

पछिल्लो समाचार

दनुवार वस्तीमा विद्यार्थी भर्ना अभियान

अघिल्लो समाचार

झापाका सहकारीहरुबाट पैसा चोर्ने ६ पक्राउ

Related Posts

कांग्रेस मेचीनगरले पनि भन्याे-´निर्णय पुनरावलोकन गर`
banner -2

कांग्रेस मेचीनगरले पनि भन्याे-´निर्णय पुनरावलोकन गर`

कार्तिक ९, २०८२, १२:५४ .आइतवार
छठ पर्वकाे धमाधम तयारी
box -3

छठ पर्वकाे धमाधम तयारी

कार्तिक ९, २०८२, ७:०८ .आइतवार
झापा महिला गाेल्डकप : पक्कीको स्थायी प्यारापिट निर्माण
banner -2

झापा महिला गाेल्डकप : पक्कीको स्थायी प्यारापिट निर्माण

कार्तिक ८, २०८२, ३:०१ .शनिबार
ध्रुबे हात्तीको आक्रमणबाट सैनिकको मृत्यु
banner -1

मेचीनगरमा हात्तीकाे आक्रमणबाट बालक घाइते

कार्तिक ८, २०८२, २:४२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.