१८ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

एनसेलको लाइसेन्स नवीकरण

भदौ १७, २०८१, १२:५१ .सोमवार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

झापा, १७ भदौ । सरकारले निजी दूरसञ्चार कम्पनी एनसेलको अनुमतिपत्र (लाइसेन्स) पाँच वर्षका लागि नवीकरण गरेको छ ।

सरकारले सर्तसहित एनसेलको लाइसेन्स आइतबार नवीकरण गरेको हो । गत साता बसेको मन्त्रिपरिषद् बैठकले एनसेलको लाइसेन्स नवीरकण गर्ने निर्णय गरेको थियो ।

त्यसपछि मुलुकको दूरसञ्चार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको लाइसेन्स पाँच वर्षका लागि नवीकरण गरेको हो ।

लाइसेन्स नवीकरण भएको दूरसञ्चार प्राधिकरणको पत्र एनसेलले बुझेको छ । तर, यसबारे एनसेलले औपचारिक रूपमा केही सार्वजनिक भने गरेको छैन । एनसेलको लाइसेन्सको म्याद आइतबार (१६ भदौ) मा सकिएको थियो ।

दूरसञ्चार प्राधिकरणका प्रवक्ता तथा निर्देशक सन्तोष पौडेलका अनुसार एनसेलले आइतबार थप १ अर्ब रुपैयाँ भुक्तानी गरेपछि उसको लाइसेन्स नवीकरण भएको हो । एनसेलले यसअघि जेठ १४ गते ४ अर्ब रुपैयाँ बुझाएको थियो ।

‘एनसेलले पहिलो किस्ता बापत आइतबार १ अर्ब र गत जेठमा ४ अर्ब गरी यो वर्षको नवीकरण शुल्क ५ अर्ब भुक्तानी गरेपछि पाँच वर्षका लागि लाइसेन्स नवीकरण भएको छ,’ प्राधिकरण प्रवक्ता तथा निर्देशक पौडेलले भने, ‘अब एनसेलले प्रत्येक वर्ष भदौ १५ गतेभित्र नवीकरण दस्तुर बापत ५ अर्ब र १० प्रतिशत बराबर ब्याज तिर्नैपर्ने सर्त छ ।’

एकमुष्ट नवीकरण दस्तुर तिर्न नसक्ने भन्दै एनसेलले यसअघि किस्ताबन्दी सुविधा उपलब्ध गराउन सरकारसँग आग्रह गरेको थियो ।

एनसेलको आग्रहपछि सरकारले किस्ताबन्दी सुविधा दिएको थियो । अहिले पनि किस्ताबन्दी सुविधा अनुसार नै एनसेलको लाइसेन्स नवीकरण भएको निर्देशक पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार एनसेलले नवीकरण दस्तुर बापत प्रत्येक पाँच वर्षमा २० अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्छ । यसमा सरकारले किस्ताबन्दी सुविधा दिएका कारण प्रत्येक वर्ष ५ अर्ब र १० प्रतिशत ब्याजदर भुक्तानी गर्नुपर्ने सर्त भदौ १३ गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो ।

पछिल्लो समाचार

मन्त्रालय चित्तनबुझेपछि मनाङेले दिए राजीनामा

अघिल्लो समाचार

मन्त्री मनाङेको राजीनामा स्वीकृत

Related Posts

प्रहरी–प्रशासनका कारण झापा औद्योगिक व्यापार महोत्सव स्थगित
box -1

प्रहरी–प्रशासनका कारण झापा औद्योगिक व्यापार महोत्सव स्थगित

माघ १७, २०८२, ११:०४ .शनिबार
बाल विवाह रोक्न तीन पालिकामा अभिभावकसँग अन्तरक्रिया
box -2

बाल विवाह रोक्न तीन पालिकामा अभिभावकसँग अन्तरक्रिया

माघ १७, २०८२, १०:३८ .शनिबार
‘झापा गोल्डकप’ माघ २४ गतेदेखि
banner -2

‘झापा गोल्डकप’ माघ २४ गतेदेखि

माघ १७, २०८२, ९:५५ .शनिबार
प्रशासनले रोक्यो रास्वपाको घरदैलो कार्यक्रम
banner -1

प्रशासनले रोक्यो रास्वपाको घरदैलो कार्यक्रम

माघ १७, २०८२, ९:१७ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.