३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

चारपटक धाउँदा पनि घरधनि भेटिएन : गणक

कार्तिक २९, २०७८, ४:२८ .सोमवार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २९ कात्तिक । हाल देशैभर जनगणनाको कार्य भइरहेको छ ।

कात्तिक २५ गतेबाट सुरु भएको जनणनाले नागरिकको आर्थिक, धार्मिक, जातीय, बसाइबराई, रोजगार लगायत सम्पूर्ण पहिचानको सत्यतथ्य तथ्यांक संकलन गर्ने उद्देश्य लिएको छ ।

तर तथ्यांक लिने क्रममा गणकहरुले भने काहिँ सत्कार त काहिँ सास्ती पाउने गरेका छन् ।

आफ्नो जिम्मामा धुलावारीको शान्तिटोलका २१० घरधुरी परेको बताउने मेचीनगर वडा नं. १० का गणक अजित नेम्वाङले केही घरमा चार पटक धाउनु परेको अनुभूति सुनाएका छन् ।

‘आज गयो भेटिनुहुँदैन, भोलि गयो भेटिनुहुँदैन,’ उनले गणना गर्न घरघर धाउँदाको अनुभूति सुनाउँदै भने–‘चार पल्ट धाउँदा बल्ल भेटिनुभयो ।’

अजितले धेरैपटक धाएर पनि सही विवरण लिन गाह्रो नमानेको तर यसरी एकै पटकमा हुने काम धेरै समय लगाउनु पर्दा कामको गति घट्ने बताए ।

चार दिनसम्म तालिम लिएर खटिएका उनलाई दैनिक १५ घरको जनगणना लिनु भन्ने निर्देशन रहेको बताए । तर नागरिकहरु सचेत नभइदिदा गणकले सास्ती व्यहोर्नु परेको छ ।

जनगणना सफल तुल्याउन हरेक नागरिकको उत्तिकै दायित्व छ । विभिन्न विज्ञापन र सन्देशमार्फत आम नागरिकलाई जनगणनामा उत्साहपूर्वक सहभागी बन्न सरकारले आग्रह गर्दै आएको छ ।

तर, आम मानिस व्यापार, व्यवसाय, जागिर र अरु कामको व्यस्तता देखाएर गणकलाई समय दिन बिलम्ब गर्छन् ।
जनगणना गर्दा धेरै किसिमका व्यक्तिगत प्रश्नहरु सोध्नु पर्ने भएकाले सानो परिवारमा पनि कम्तीमा आधा घण्टा समय लाग्ने अजितले बताए ।

‘१४ दिनमा जसरी भए पनि २१० घर सक्नु पर्ने हुन्छ, । तर यही अवस्था हो भने दिनमा १५ घरको गणना पूरा गर्न गाह्रो छ,’ उनले सुनाए–‘कहिलेकाही भने एउटै घरमा चार पटक जाँदा पनि मान्छे भेटिदैनन् त्यतिवेला भने हैरान हुन्छ ।’

उनले सबै घरपति फरक स्वभावको हुने बताए । कुनैकुनै घरमा चियाखाजाको प्रस्ताव आउने गरेको तर आफुले नलिएको उनको भनाई छ । कामका बारेमा ध्यान हुने भएकाले चिया खाजामा भुलिएर बस्न नसकिने उनले बताए ।

गणक नेम्वाङ साइकलमा हिडेर जनगणनाको कार्य गरिरहेका छन् । उनले राष्ट्रको यत्रो ठूलो कामको जिम्मेवारी आफूले पनि पाएकोमा खुशी व्यक्त गरे ।

पछिल्लो समाचार

प्रेस सेन्टर झापाको अध्यक्षमा रेग्मी

अघिल्लो समाचार

पाँच जना मिलेर मियाँको हत्या गरेको आशंका

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.