४ बैशाख २०८३, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

आर्थिक विकास सूचकांकमा मेचीनगर ‘झापाकै प्रथम’

फाल्गुन ३, २०८१, २:४२ .शनिबार
0
0
0
SHARES
208
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३ फागुन । मेचीनगर नगरपालिकाले आ.व. २०८०÷०८१ को स्थानीय आर्थिक विकास सूचकांकमा पहिलो स्थान हासिल गरेको छ ।

सरकारले सार्वजनिक गरेको नतिजा अनुसार झापाका १५ पालिकामध्ये मेचीनगर सबैभन्दा उच्च अंकका साथ प्रथम भएको हो ।

यो सूचकांकले स्थानीय पालिकाको आर्थिक, सामाजिक र संस्थागत समृद्धिलाई मापन गर्दछ । यसले प्राकृतिक, भौतिक, मानवीय र वित्तीय स्रोतको अवस्थालाई समेत दर्शाउँछ ।

प्रथम भएको मेचीनगरले ७४.५ अंक, दोस्रो भएको बुद्धशान्तिले ५७.५ अंक र तेस्रो भएको कचनकबलले ४५ अंक प्राप्त गरेको छ ।

यसैगरी, विकास र सुशासनको मापन गर्ने स्थानीय तह संस्थागत स्वमूल्यांकन (लिजा)मा मेचीनगर नगरपालिका झापाको उत्कृष्ट पाँच पालिका (टप फाइभ)मा पर्न सफल भएको छ ।

आर्थिक वर्ष २०८०÷०८१ मा मेचीनगर नगरपालिकाले १०० पूर्णांकमा ८२ अंक प्राप्त गरेर पाँचौं स्थान पाएको हो । पहिलो स्थानमा कनकाई नगरपालिका (९४ अंक), दोस्रो स्थानमा भद्रपुर (९२.७५ अंक), तेस्रो स्थानमा विर्तामोड (९१.५ अंक) र चौथो स्थानमा दमक (८८.५ अंक) रहेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहको लिजा अन्तर्गत विकास र सुशासनको मापन गर्दै आएको छ ।
संस्थागत स्वमूल्यांकनका लागि मन्त्रालयले दश वटा क्षेत्रका एक सय सूचकसहित स्पष्ट कार्यविधि बनाएको छ । यही मूल्यांकनका आधारमा सरकारले अनुदान समेत दिने गरेको छ ।

सार्वजनिक सेवा प्रवाह, वार्षिक बजेट र आर्थिक व्यवस्थापनलाई मूल्यांकनको महत्त्वपूर्ण आधार मानिएको कारण लिजाको नतिजाले कुनै पनि पालिकाको पारदर्शिता, जवाफदेहिता र सुशासनको अवस्थालाई झल्काउने गर्दछ ।

त्यसैगरी, स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (एफआरए) र कार्य सम्पादन मूल्यांकनमा पनि मेचीनगरले औशत सकारात्मक नतिजा हासिल गरेको छ ।

वित्तीय सुशासन जोखिम मूल्यांकनमा मेचीनगरले ५६.५ अंक र कार्य सम्पादन मूल्यांकनमा ३९.२ अंक प्राप्त गरेको छ ।

मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीले कार्य सम्पादन मूल्यांकनमा केही अंक कम आएको विषयलाई मात्र आधार मानेर मेचीनगरमा भइरहेको सुशासन, पारदर्शिता र आर्थिक विकासलाई ओझेल पार्नेगरी जनमानसमा भ्रम सिर्जना नगर्न आग्रह गरेका छन् ।

‘कार्य सम्पादन मूल्यांकनमा जम्मा १७ वटा सूचकलाई आधार मानिएको हुन्छ, तर लिजा लगायतका मूल्यांकनमा १०० वटा सूचकलाई आधार मानिन्छ,’ उनले भने–‘मेचीनगरको अवस्था कुनै हालतमा खस्किएको छैन भन्ने हेर्नका लागि अरु सूचकहरुको मूल्यांकन पनि हेरिनु पर्छ । मेचीनगरका कर्मचारी र जनप्रतिनिधिहरुले नगरको विकास र सुशासनका लागि अहोरात्र मिहेनत गरिरहेका छन् । १७ वटा सूचक देखाएर नगरपालिकालाई कमजोर भन्न मिल्दैन ।’

आउँदो साल नतिजा अझ राम्रो आउने

प्रमुख प्रशासकीय अधिकृत अधिकारीले आ.व. २०८१÷८२ मा मेचीनगर नगरपालिकाको मूल्यांकन नतिजा अझ राम्रो आउने अपेक्षा गरिएको बताइएको छ ।

उनले नगरपालिकाले डिजिटल भुक्तानी दिन थालेको, नगरसभाहरु तोकिएको समयमै आयोजना हुन थालेको, नगरको राजस्व तथा श्रोत बढेको, पूँजीगत खर्च बढको, सार्वजनिक सुनुवाई लगायतका कार्यक्रमहरु व्यवस्थित रुपमा सम्पन्न भएको जनाउँदै यसबाट चालू आवको नतिजा उत्कृष्ट आउने अपेक्षा गरिएको बताए ।

आ.व. २०८०÷८१ को मूल्यांकन फाराम भर्दा भएका कमी कमजोरीहरु यसपाली सच्याइसकेको र जनप्रतिनिधि तथा कर्मचारीहरुको कामको उच्च तालमेल भएकाले मेचीनगर नगरपालिकाको विकास र सुशासनले तीब्र गति लिएको उनले दावी गरे ।

पछिल्लो समाचार

गायक दिनेशलाई भोट गर्न दशनामी समाजको आग्रह

अघिल्लो समाचार

कालोमोसो दल्ने महिलालाई कारवाही गर्न वन महासंघको माग

Related Posts

चारआलीमा व्यवस्थित ´सब्जी मण्डी` बन्दै
banner

चारआलीमा व्यवस्थित ´सब्जी मण्डी` बन्दै

बैशाख ४, २०८३, २:०८ .शुक्रबार
फाइनलमा आयोजक नकलबन्दा र आदर्श भिड्ने
banner -2

फाइनलमा आयोजक नकलबन्दा र आदर्श भिड्ने

बैशाख ३, २०८३, ३:३९ .बिहिबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
banner

इन्धनमा फेरि बढ्याे मूल्य

बैशाख ३, २०८३, १:१४ .बिहिबार
सशस्त्र प्रहरीले कुदाएकाे बुलेट बाइकमा एक्कासी आगलागी
banner

सशस्त्र प्रहरीले कुदाएकाे बुलेट बाइकमा एक्कासी आगलागी

बैशाख १, २०८३, १०:१८ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.