१८ बैशाख २०८३, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

खेलकुद

भद्रपुर ब्लेजर्स ‘भद्रपुर झापा गोल्डकप’ च्याम्पियन

फाल्गुन १६, २०८१, १:१९ .शुक्रबार
0
0
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

झापा, १६ फागुन । आयोजको टिम भद्रपुर ब्लेजर्सले सौर्यएअर ओमसाई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ ।

जितसँगै भद्रपुर ब्लेजर्सले नगद १३ लाख, मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ ।

भद्रपुर स्थित मेची रंगशालामा शुक्रबार भएको फाइनल खेलमा झापा–११ एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै भद्रपुर ब्लेजर्सले उपाधि चुमेको हो । उपविजेतामा चित्त बुझाएको झापा–११ ले नगद ७ लाख, मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ ।

रंगशालामा खचाखक दर्शकको उपस्थितिमा भद्रपुरले खेलको ३० औँ मिनेटमा अग्रता लियो । डिबक्स बाहिरबाट मिलन राईको सर्टपासमा पेनाल्टी एरियाभित्रबाट कप्तान आशिष चापागाईंले बललाई जाली चुमाउँदै टिमलाई १–० ले अग्रता दिलाए ।

खेलको इन्ज्युरी समयमा भद्रपुरका सत्यम शर्माले गोल गर्दै टिमको जित निश्चित बनाए । अवयोमीको हेड बललाई २५ यार्डको दूरीबाट कडा प्रहार गरेर शर्माले जाली चुमाएका थिए ।

दुवै टिमलाई घरेलु दर्शकको समर्थन रहेको खेलको १४ औँ मिनेटमा भद्रपुरका विवेक पौडलको प्रहार क्रस बारबाट बाहिरियो । खेलको ४० औँ मिनेटमा भद्रपुरका कुलदिप कार्कीको लङ प्रहारमा विदेशी खेलाडी अवयोमीको हेडरलाई झापाका गोलकिपर सन्दिप लिम्बूले बचाए ।

खेलको ५२ औँ मिनेटमा अवयोमीको पासमा मिलन राईको कडा प्रहार गोलकिपर लिम्बूले नियन्त्रणमा लिए । खेलको १८ औँ मिनेटमा झापा ११ का रोहण कार्की चुके । खेलको २३ औँ मिनेटमा समिर तामाङको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

खेलको ४३ औँ मिनेटमा समिर तामाङले खेललाई बराबरी ल्याउने अवसर गुमाए । बबिन बोहोराको क्रस पासमा तामाङको प्रहार क्रसबारको मध्यभाग लागेर फर्कियो । खेलको ७८ औँ मिनेटमा हरिबहादुर आले मगरले डिबक्सको लाइनबाट गरेको कडा प्रहार क्रसबारबाट बाहिरियो ।

फाइनल खेलको प्लेयर अफ म्याच भद्रपुरका विशाल दर्जी भए । उनले २१ हजार र ट्रफी पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्ट भद्रपुरका कप्तान आशिष चापागाईं भए । उनले नगद एक लाख पाँच हजार र ट्रफी पाए ।

उदयीमान खेलाडी भद्रपुरका राजेश शाह, उत्कृष्ट गोलकिपर भद्रपुरका टेकेन्द्र थापा, उच्च गोलकर्ता भद्रपुरका सत्यम शर्मा र बेस्ट कोच भद्रपुरका सचिन्द्र धिमाल भए । उनीहरुले जनही २५ हजार पुरस्कार र ट्रफी पाए ।

फाइनल खेलमा टिकट लिएका भाग्यशाली दर्शकहरूमा भोजपुरका दर्शक एन्जल चर्मकारले टिभिएस राइडर मोटरसाइकल पाए । सुनको सिक्री भद्रपुरका विक्रम बराल, ५० हजार नगद भद्रपुरका राजेशकुमार गुप्ताले पाए ।

विजेता तथा उपविजेतालाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, वरिष्ठ उपाध्यक्ष आदित्य पराजुली लगायत समितिका सदस्य, पुरस्कार दाता चण्डीराज ढकाल, हेमराज ढकाल, टिकाराज ढकाल, अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापा, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी लगायतले पुरस्कार वितरण गरेका थिए ।

समापन समारोहको प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे रहेका थिए । उनले झापा जिल्ला खेलकुदको हव भएको बताए । यहाँ उत्पादन भएका खेलाडीले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा नाम रोशन गरेको उनको भनाई छ ।

पछिल्लो समाचार

काउलीमा विषादीको मात्रा उच्च भेटिएपछि बारीबाटै टिप्न रोक

अघिल्लो समाचार

प्रतिष्ठानहरुको प्रथम ऐतिहासिक भेला

Related Posts

थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
banner

सुकुम्बासीकाे आन्दोलन सार्वजनिक : सांसद फिर्तादेखि आम हडतालसम्म

बैशाख १७, २०८३, ३:३० .बिहिबार
रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे
banner -1

रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे

बैशाख १७, २०८३, ३:१३ .बिहिबार
विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल
banner -2

विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल

बैशाख १६, २०८३, ३:११ .बुधबार
बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय
banner

बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय

बैशाख १६, २०८३, १२:३२ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.