३ बैशाख २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बलभद्र माविको बार्षिकोत्सव

जरा फाउण्डेशनले गर्यो पत्रकार भण्डारीलाई सम्मान

फाल्गुन २२, २०८१, १:०२ .बिहिबार
0
0
0
SHARES
57
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २२ फागुन । जरा फाउण्डेशनले स्थापना गरेको सञ्चार विद्याको पुरस्कारबाट अग्रज पत्रकार चन्द्र भण्डारी पुरस्कृत भएका छन् ।

आज बलभद्र जनता मावि मेचीनगर–११ धाइजनको ६५ औँ बार्षिकोत्सवमा विद्यालयमा कृष्णप्रसाद प्रसाईले बुबा जय र आमा राधादेवी प्रसाई (जरा) को स्मृतिमा स्थापना गरेको फाउण्डेशनले सञ्चार विद्याको पुरस्कारबाट अग्रज पत्रकार भण्डारीलाई पुरस्कृत गरेको हो ।

सिलीगुडीका डा.भीखी प्रसाद सम्मानित

त्यस्तै साहित्यतर्फ भारत सिलीगुडीका डा.भीखी प्रसाद ‘वीरेन्द्र’लाई पुरस्कृत गरिएको छ । पत्रकार भण्डारी र डा.भीखीप्रसादलाई जनही नगद १५ हजारद्वारा सम्मानित गरिएको थियो ।

विद्यार्थी र शिक्षक पनि सम्मानित

यस्तै २ जना गरीव तथा जेहेन्दार पुरस्कारबाट कक्षा १२ का युनिक मेचे र प्रियांशा उप्रेतीलाई पनि जनही नगद ५ हजारसहित सम्मान गरिएको छ ।

फाउण्डेशनको नाममा स्थापना भएको चार वटा विद्याको पुरस्कार प्रत्येक वर्ष विद्यालयले वितरण गर्ने गरेको छ । यसैगरी विद्यालयमा स्थापना गरेका थुप्रै छात्रवृति र अक्षय कोषबाट शिक्षक तथा विद्यार्थी र दाताहरुलाई सम्मान गरिएको छ ।

शिक्षक होमराज ढकाललाई दुर्गादेवी सिटौला स्मृति कोषले सम्मान गरेको थियो । ढकाल नेपाल शिक्षक महासंघ मेचीनगरका अध्यक्ष समेत हुन् ।

पुन्यप्रसाद प्रसाई स्मृति कोषका संरक्षक बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णु प्रसाई, मदन भण्डारी फाउण्डेशन कोषका संरक्षक पूर्व सांसद हरिचरण शिवाकोटी लगायतले विद्यार्थिहरुलाई छात्रवृति वितरण गरेको थियो ।

विद्यालयद्वारा सञ्चालित १५ वटा छात्रवृति कोषबाट हरेक वर्ष ६९ जना विद्यार्थीहरुलाई पुरस्कृत गर्ने गरिएको छ ।

शैक्षिकस्तर सुधार्न शिक्षकहरु मनैदेखि लाग्नु पर्यो : नगरप्रमुख

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले विद्यालयको शैक्षिकस्तर सुधार्न गर्न शिक्षकहरु मनैदेखि एकता भएर लागे त्यो सम्भव रहेको बताए ।

‘जनताको घर–घरमा सिङ्गदरवार आयो भन्ने कुराले जनप्रतिनिधिले गाली मात्र खाएका छन्’, बुढाथोकीले भने–‘शिक्षा लगायतका कानुनहरु संघिय सरकारमा निहित रहेकोले स्थानीय तहमा जनप्रतिनिधिहरुलाई काम गर्न गारो छ ।’

आफ्नो भाषा नभुलौँ : पत्रकार भण्डारी

कार्यक्रममा सम्मानित श्रष्टा पत्रकार महासंघका संस्थापक महासचिव भण्डारीले नेपाली पाठ्यपुस्तक, नेपाली भाषा, साहित्य, संस्कृति, खानपिन लगायतका मौलिक परम्परालाई विर्सेर विदेशी संस्कार नभित्राउन सबैलाई आग्रह गरेका थिए ।

नेपाल कसैको गुलाम हुनु परेको छैन : डा.भीखी प्रसाद

कार्यक्रममा सिलीगुडीका डा.भीखी प्रसादले नेपाल अहिलेसम्म कसैको गुलाम बनेर नबसेको देश भएको बताए । उनका अनुसार नेपाल अहिलेसम्म पराधिन नभएर स्वाधिनतासँगले बसेको छ । नेपाल र भारतको सम्बनध कहिलै नटुट्ने उनको भनाई छ ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सोही अवसरमा कक्षा २ की छात्रा एलिशा संग्रौलाले सम्पूर्णलाई स्वागत गरेकी थिइन् । विद्यार्थिहरुले विभिन्न जातिय भाषामा नित्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मेचीनगर–११ का वडाध्यक्ष रुद्र डाँगी, राष्ट्रिय सभाका पूर्व सदस्य हरिचरण बानियाँ, नेपाल शिक्षक महासंघ कोशी प्रदेशका अध्यक्ष तेजु चौलागाई लगायत समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

बलभद्र जनता माविका व्यवस्थापन समिति अध्यक्ष शान्तिराम चिमरियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागतसहित विद्यालयको बार्षिक प्रतिवेदन प्रधानाध्यापक तुलसीप्रसाद सुवेदीले प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक टिकेन्द्र खनालले गरेका थिए ।

पछिल्लो समाचार

पाठेघरको मुखको क्यान्सरको शिविरमा महिलाहरुले खुलेरै समस्या राखे

अघिल्लो समाचार

भोलिदेखि काँकरभिट्टामा ‘मेचीनगर गोल्डकप’

Related Posts

पेट्रोलियम पदार्थको मूल्य घट्यो
banner

इन्धनमा फेरि बढ्याे मूल्य

बैशाख ३, २०८३, १:१४ .बिहिबार
सशस्त्र प्रहरीले कुदाएकाे बुलेट बाइकमा एक्कासी आगलागी
banner

सशस्त्र प्रहरीले कुदाएकाे बुलेट बाइकमा एक्कासी आगलागी

बैशाख १, २०८३, १०:१८ .मङ्लबार
कांग्रेसले सुरू गर्याे एक महिने ´जरा अभियान`
banner -2

कांग्रेसले सुरू गर्याे एक महिने ´जरा अभियान`

बैशाख १, २०८३, ९:५१ .मङ्लबार
कक्षा १२ को परीक्षा भदौ ३० देखि
banner -1

वैशाख २९ गतेभित्र एसईईकाे नतिजा आउने

बैशाख १, २०८३, ९:३३ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.