
मेचीनगर, २८ बैशाख । प्रेस क्लब मेचीनगरले आयोजना गरेको तीन दिवसीय एआई सम्बन्धी तालिम आज समापन भएको छ ।
काँकरभिट्टा स्थित नमस्ते पार्टी प्यालेसमा शुक्रबारदेखि सञ्चालन भएको तालिम आइतबार समापन भएको हो ।
समापन कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले यो तालिमले नगरवासीको हितमा कलम चल्ने छ भन्ने विश्वास लिएको बताए ।
उनले राज्यको खवरदारी गर्ने मिडियाले एआईबाट सिकेको सीपले यसको दुरुपयोग भन्दा पनि सदुपयोगमा लाग्न आग्रह गरेका छन् ।
कार्यक्रममा प्रेस क्लब मेचीनगरका संस्थापक अध्यक्ष सन्तोष आचार्यले एआई प्रविधिबाट सीकेको सीपलाई सबैले व्यहारमा उतार्न सके पत्रकारिताको मर्यादा उच्चो हुनेमा दुविधा नभएको बताए ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी लगायतको उपस्थिति रहेको थियो । तालिममा ५० जना भन्दा बढी झापाका पत्रकारहरुको सहभागिता रहेको थियो । सहभागीलाई प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले प्रमाणपत्र वितरण गरेका थिए ।
सहभागीलाई पहिलो दिन एआई सम्बन्धी तालिम आम सञ्ञ्चार क्षेत्रका विज्ञ भानुभक्त आचार्यले, दोस्रो दिन भिडियो इडिटिङ सम्बन्धी शितल मण्डल र तेस्रो दिन डिजिटल पत्रकारितामा कानूनी जटिलता विषयमा तारामणि सापकोटाले प्रशिक्षण दिएका थिए ।
तालिममा प्रेस क्लब मेचीनगरका संस्थापक अध्यक्ष आचार्य, पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौला, पूर्व अध्यक्ष मुक्ति पौडेल, निवर्तमान अध्यक्ष डम्बर बराल, मेचीनगर सञ्चार प्रतिष्ठानका अध्यक्ष शिशिर चम्लागाइ, मेचीनगर नगरपालिकाका प्रेस संयोजक अर्जुन कार्की, प्रेस सेन्टर कोशीका कोषाध्यक्ष झुलन रेग्मी, प्रेस चौतारी झापाका सचिव युवराज आचार्य, प्रेस सेन्टर झापाका सचिव प्रकाश उप्रेती, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य दिलिप थापा, पत्रकार राजेन्द्र गौतम, हल्दिबारी प्रेस क्लबका अध्यक्ष नेत्रबिक्रम विमली, एमइटी पब्लिक स्कुलका प्रिन्सिपल सुवर्ण भट्टराई, झापा नेशनल स्कुलका प्रिन्सिपल कमल भेट्वाल, बालबालिका तथा शिक्षा सञ्चार मञ्च झापाका अध्यक्ष सरोज पौडेल लगायतको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमका लागि मेचीनगर नगरपालिकाको आर्थिक सहयोग रहेको थियो ।
प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संञ्चालन सचिव प्रविण अधिकारीले गरेका थिए ।




Discussion about this post