

मेचीनगर, १६ भदाै । काेशी प्रदेश सरकारका आर्थिक मामिला तथा याेजना मन्त्री रामबहादुर मगरले सीमा नाकामा लागूऔषधकाे अवस्था भयावह रहेकाेले यसकाे न्यूनिकरण गर्न सबै लाग्नु पर्ने बताएका छन् ।
आज काँकरभिट्टा बहुमुखी क्याम्पसकाे आठाैँ क्याम्पस सभाकाे उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री मगरले कलेजले विद्यार्थीहरूलाई लागूऔषध सम्बन्धि सचेतना दिनु पर्ने बताए ।
लागूऔषध नियन्त्रण गर्न नसके पनि यसलाई कम र अपराध घटाउन प्रहरी, विद्यार्थी र समुदाय सबै एकजसट भएर लाग्नु पर्ने उनकाे जाेड थियोे ।
´अब बाटाे र भवन मात्र बनाउने हाेइन`, मन्त्री मगरले भने-´बाटाे र भवन बनाउने लगानी उद्योगमा लगाउनु पर्छ । बाटाे स्तराेन्नति मात्र गरे पुग्छ ।`
क्याम्पसका अध्यक्ष दुर्गाप्रसाद सापकोटा र क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले क्याम्पसकाे अवस्था नाजुक भएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रदेश सरकारले यसअघि ७ लाख, त्यसपछि ४ र यसपटक बजेट नदिएकाे गुनासाे उनीहरूले गरेका थिए । मेचीनगर नगरपालिकाले भने क्याम्पसलाई सहयाेग गरिरहेकाे छ । तर, महालेखा परीक्षककाे कार्यालयले सामुदायिक विद्यालयलाई बजेट दिएकाेमा बेरूजु निकालेकाे छ ।
मन्त्री मगरले यही बजेटमा सकेसम्म क्याम्पलाई केही रकम दिने वातावरण बनाउने प्रतिवद्वता जनाए ।
कार्यक्रममा काेशी प्रदेशका सांसद एवम् नेपाली कांग्रेसका सचेतक गाेपाल तामाङ, मेचीनगर नगरपालिकाका नगरप्रमुख गाेपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पाेखरेल उप्रेती लगायतले क्याम्पसलाई सहयाेग गर्ने बताएका थिए ।
कार्यक्रमकाे स्वागत क्याम्पस सञ्चालक समितिका सदस्य सुशील आचार्यले गरेका थिए ।




Discussion about this post