झापा, २७ भदौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएकी छन्।
उनले नेपालको पहिलो महिला प्रधानमन्त्रीको इतिहास पनि रचेकी छन् ।
शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् ।
गतसाता युवा पुस्ता (जेनजी)को आन्दोलनको बलमा नियुक्त भएकी उनले साढे दुई वर्ष पदावधि बाँकी रहेको प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी हुन् ।
नवगठित सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट जननिर्वाचित संसद् भंग गरेको मुलुकको इतिहासमा यो दुर्लभ घटना हो ।
चुनाव फागुनमा
यस्तै, आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने भएको छ।
राष्ट्रपति पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।
प्रधानमन्त्री कार्कीलाई नयाँ जनादेशका लागि आगामी ६ महिनाभित्र प्रतिनिधि सभाको नयाँ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ ।
नयाँ गठित सरकारले आगामी फागुन महिनाभित्र नयाँ जनादेशका लागि प्रतिनिधि सभाको निर्वाचन गराउनु पर्नेछ ।




Discussion about this post