१६ मंसिर २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

‘आरओ’ मात्र गरेको बोतलको पानी नखान काँकरभिट्टा खानेपानीको अनुरोध

मंसिर १२, २०८२, ११:३८ .शुक्रबार
0
0
0
SHARES
107
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १२ मंसिर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले रिभर्स असोमसीस (आरओ) गरेको पानी मात्र नखान आग्रह गरेको छ ।

शुक्रबार संस्थाको पानी सुरक्षा टोलीले गरेको सुरक्षित खानेपानीको महत्व विषयको अन्तरक्रिया कार्यक्रममा उच्च कुल घुलनशील ठोस पदार्थ (टीडीएस) नभएको आरओ मात्र गरेको पानी नखान उपभोक्ताहरुलाई अनुरोध गरेको हो ।

उक्त खानेपानी कार्यालयका प्रमुख दीपक पोखरेलले प्रोजेक्टर मार्फत प्रस्तुतिकरणमा बजारमा पाइने आरओ मात्र गरिएका बोतल, जार अन्य प्रकारका टीडीएस नभएका प्रशोधित पानी नखान सुझाव दिएका छन् ।

उनले भने–‘विश्व स्वास्थ्य संगठनले नै खनिजतत्व भएको ०.३, म्याग्नेसियम ०.३, क्याल्सियम २०० पीपीएम हुनु पर्छ । शुद्व पानीको पीएच ६.५ देखि ८.५ हुनु पर्छ । ५० देखि १५० सम्म टीडीएस भएको पानी मात्र पीउन योग्य घोषित गरेको छ ।’

आरओ प्रक्रियाले पानीमा हुने ९२ देखि ९९ प्रतिशतसम्म मानिसलाई नभई नहुने क्याल्सियम र म्याग्नेसियम पानीबाट हटाइदिन्छ । यो भनेको मानव स्वस्थको लागि अत्यन्त प्रतिकूल अवस्था हो ।

जीवन अनियन्त्रित सहरीकरणको चपेटामा परेपछि प्लास्टिकको बोतलमा पानीलाई आरओ प्रक्रियाबाट शुद्ध गर्ने र वैज्ञानिक रूपमा शुद्ध रहेको दावीका साथ बजारमा बिक्री गरिन्छ ।

पहिले पानी शुद्ध भए पनि पानी प्रयोग हाल्न प्रयोग गरिने बोतल र बोतलको बिर्को बनाउँदा प्रयोग हुने प्लास्टिसाइजर र तिनका लुब्रिकेन्टहरुले मानिसमा ठुला घातक रोगहरु भेटिएको छ ।

मानिसको दूरगामी स्वस्थमा हानिकारक रहेको प्रमाणित बनेपछि (डब्लुएचओ) को आरओ प्रक्रिया अपनाएर बनेको बोतलको पानीका बारेमा चेतावनी दिएको छ ।

कार्यालयले राज्यको मापदण्ड अनुसार उपभोक्तालाई खानेपानी वितरण गरिरहेको उनको दावी छ । आरओ मात्र गरेको प्रशोधित पानीले हड्डी, नसा, हाडजोर्नी, पेट, पाचन प्रक्रियामा समस्या आउने बताइएको छ ।

अन्तरक्रिया कार्यक्रममा पानी परिक्षण क्षेत्रिय प्रयोगशाला इटहरीका प्रमुख रमेश यादवले किटाणुरहित सुरक्षित खानेपानीका लागि प्रत्येक दिन अम्लियपन, धमिलो पानी र कोलिफर्म व्याक्टेरिया छ, छैन भनेर परिक्षण गर्नु पर्ने बताएका छन् ।

उनका अनुसार मानिसको शरिरमा ५० देखि ७० प्रतिशत पानी हुन्छ । साढे २८ प्रतिशतले मात्र सुरक्षित पानी खाइरहेका छन् । सरकारले आगामी सन २०३० सम्ममा ९० प्रतिशत जनतामा सुरक्षित खानेपानी पुर्याउने राष्ट्रिय लक्ष्य लिएको छ ।

कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष तथा उपभोक्ताहरु शुभद्रा भट्टराई, अमर परियार, घनश्याम लामिछाने, धीरजराज शर्मा, सुरज सुवेदी लगायतले हामीले कुनस्तरको पानी खाइरहेका छौँ, धारामा धमिलो पानी, लेदो पानी, कालो पानी आउनुको कारण के हो भनेर जिज्ञासा राखेका थिए ।

संस्थाका सचिव एवम् पानी सुरक्षा टोलीका संयोजक विशाल तामाङले यस संस्था मातहतका ६ वटा ट्याङ्कीको दैनिक परिक्षण र २÷३ महिनामा ल्याव टेष्ट गर्ने गरेको जानकारी दिए ।

संस्थाका अध्यक्ष रोहितकुमार बुढाथोकीले राज्यको कानुन बमोजिम पानी सुरक्षा मिति गठन गरेर धारामा धमिलो पानी, लेदो पानी, कालो पानी, पाइप फुट्ने, चोरी हुने समस्या लगायतका विषयमा कार्यालयले थाहा पाएसम्म समाधान गरिरहेको बताए ।

टोल विकास संस्थाका अध्यक्ष तथा उपभोक्ताहरुले पनि कुनै पनि ठाउँमा समस्या आए तुरुन्त खवर गरिदिन बुढाथोकीले अनुरोध गरेका छन् ।

पानी सुरक्षा टोलीका संयोजक विशाल तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य सचिव रघु खतिवडाले गरेका थिए ।

पछिल्लो समाचार

एमाले महाधिवेशन : झापामा ३८ प्रतिनिधिका लागि १४८ काे उम्मेदवारी

अघिल्लो समाचार

मेचीनगरद्वारा विद्यार्थीलाई ‘साइवर अपराध सम्बन्धी’ प्रशिक्षण

Related Posts

लैङ्गिक हिंसा र एड्स सम्बन्धी सचेतना
banner

लैङ्गिक हिंसा र एड्स सम्बन्धी सचेतना

मंसिर १५, २०८२, १२:५७ .सोमवार
एमाले झापा–१ मा असारु, राजु, रमा, जानुका, दीपक र लक्ष्मी निर्वाचित
banner -2

एमाले झापा–१ मा असारु, राजु, रमा, जानुका, दीपक र लक्ष्मी निर्वाचित

मंसिर १३, २०८२, १२:२८ .शनिबार
महेन्द्रद्वार आधुनिक सहकारीसँग एकीकरण गर्ने तयारीमा
box -3

महेन्द्रद्वार आधुनिक सहकारीसँग एकीकरण गर्ने तयारीमा

मंसिर १२, २०८२, ३:१६ .शुक्रबार
मेचीनगरद्वारा विद्यार्थीलाई ‘साइवर अपराध सम्बन्धी’ प्रशिक्षण
box -3

मेचीनगरद्वारा विद्यार्थीलाई ‘साइवर अपराध सम्बन्धी’ प्रशिक्षण

मंसिर १२, २०८२, १२:५२ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.