
झापा, १२ असार । आज बाहुनडाँगीका हात्ती पीडित जनताले कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाएका छन् ।
हस्ताक्षर संकलन अभियानका संयोजक सन्तोष सुवेदीको नेतृत्वमा शुक्रबार विहान विराटनगर स्थित होटल रुविजमा पत्रकारको मिडिया सम्मेलनमा मुख्यमन्त्री कार्कीलाई भेटेर हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाएका हुन् ।
मुख्यमन्त्रीसँग भेटघाटको समन्वय झापा–१ प्रदेश सभा ‘क’ का सांसद गोपाल तामाङ र ‘ख’ की सांसद सविना बजगाईले गरिदिएका थिए ।
बाच्न दे सरकार भनेर गाउँमा संकलन गरिएको ४ सुत्रीय माग राखेर करिव १५ हजार हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाइएको सुवेदीले जानकारी दिए ।
बुधबार हस्ताक्षरसहितको ज्ञापनपत्र हात्ती पीडितहरुले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को कार्यालयमा पुग्ने गरी झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई बुझाएका थिए
मेचीनगर–१, २, ३ र ४ का वडाबासीहरु हात्तीबाट दिनहुँ पीडित रहेका छन् । हात्तीले किसानले बर्षभरी मिहिनेत गरेको अन्नबाली खाइदिने, नष्ट गरिदिने र ज्यानै समेत लिने गरेपछि आजीत भएका स्थानीयले बाच्न दे सरकार भन्दै जीवन रक्षाको माग गर्दै हस्ताक्षर संकलन गरेका थिए ।
ज्ञापनपत्र बुझाउने टोलीमा संयोजक सुवेदी, समाजसेवी एवम् विभिन्न दलका नेताहरु निलकण्ठ तिवारी, रमेश दाहाल, रवि नेपाल, न्युटन कार्की, कौशल उप्रेती, सम्भु कार्की, कौशल चौहान, झलक भुजेल, निकेशराज दाहाल, अर्जुन वस्नेत लगायत रहेका थिए ।




Discussion about this post