मेचीनगर, २१ भदौ । सेवा निवृत्त शिक्षक समाज मेचीनगरको अध्यक्षमा पुन: अग्निप्रसाद घिमिरे सर्वसम्मत चयन भएका छन् ।
आइतबार काँकरभिट्टा बहुमुखी क्याम्पसकाे सभाहलमा समाजकाे दोस्रो साधारण सभाले घिमिरेलाई पुन : अध्यक्षमा चयन गरेकाे हाे ।
घिमिरे नेतृत्वकाे ३ वर्षे कार्यकालका लागि ११ सदस्यीय नयाँ कार्य समितिको उपाध्यक्षमा केदारबहादुर बुढाथोकी, महिला उपाध्यक्षमा सीतादेवी अधिकारी, सचिवमा सोमबहादुर कटुवाल, सहसचिवमा नवराज रिसाल र कोषाध्यक्षमा भुवन सुब्बा चयन भएका छन् ।
यस्तै, समितिको सदस्यहरूमा प्रेमकुमार क्षेत्री, शेरबहादुर बुढाथोकी, मुरलीधर कोइराला, मोहनराज दाहाल र मीना कटुवाल छन् ।
स्थानीय सरकार समक्ष समाज रूपान्तरण तथा शैक्षिक उन्नयनका निमित्त योजना माग गर्ने, नगर शिक्षा शाखाको समन्वयमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने, पालिका भित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति , अभिभावक शिक्षक संघ, विद्यार्थी तथा समुदायसँग शैक्षिक सुधारका निमित्त संस्थाले काम गर्ने अध्यक्ष घिमिरेले जानकारी दिए ।
साेही अवसरमा सभाले चार जना पूर्व शिक्षकहरूलाई सम्मान समेत गरेकाे छ ।
सम्मानित हुने शिक्षकहरुमा समाजको इकाई एकका मनोरथ काफ्ले, इकाई दुईका दिलीप अधिकारी, इकाई तीनका अम्बिका शर्मा रिजाल र इकाई चारका भोलानाथ सुवेदी छन् ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, नेपाल निवृत्त शिक्षक समाज झापाका अध्यक्ष सीएम खनाल, मेचनगर-५ का वडाध्यक्ष एवम् पूर्व शिक्षक कनकबहादुर कार्की, नगरपालिकाकाे सामाजिक विकास समितिका संयोजक हृदय राजबंशी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
समाजका नगर अध्यक्ष अग्निप्रसाद घिमिरेले अध्यक्षतासहित सांगठनिक प्रतिवेदन र कोषाध्यष पूर्णबहादुर खड्काले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उपाध्यक्ष हेमकुमार खड्काले स्वागत गरेकाे कार्यक्रमको सहजीकरण सचिव सोमबहादुर कटुवालले गरेका थिए ।




Discussion about this post