१६ मंसिर २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

नेपाल यू–१९ क्रिकेटको विश्वकपमा

फाल्गुन १९, २०७९, ४:१४ .शुक्रबार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

झापा, १८ फागुन । दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ ।

सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेरसमूहको क्रिकेट विश्वकप खेल्न लागेको हो ।

१९२ रजको लक्ष्य पछ्याएको यूएई ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रनमात्र बनाउन सक्यो
यूएईको अजमानमा टस हारेर ब्याटिङ गरेको नेपालले देव खनालको अर्धशतक सहयोगमा १९१ रनको योगफल बनाएको थियो । नेपाल ४८.५ ओभरमा अलआउट भएको हो ।

नेपालले सन् २०१६ यता उमेर समूहको क्रिकेट विश्वकप खेल्न पाएको छैन । सन् २०१८ को संस्करणमा निर्णायक खेलमा अफगानिस्तानसँग हारेपछि चुकेको नेपाललाई त्यसयता दुई संस्करण (सन् २०२० र २०२२) मा यूएईले नै माथ दिँदै आएको छ ।

सन् २०२० मा दक्षिण अफ्रिकामा भएको विश्वकपका लागि निर्णायक छनोट खेलमा नेपालले यूएईसँग डकवर्थ लेविस नियमका आधारमा १ रनले पराजित भएको थियो । वेष्ट इण्डिजमा सम्पन्न गत संस्करण (सन् २०२२)को छनोट प्रतियोगिता कोरोना महामारीले प्रभावित बनेपछि पछिल्ला पाँच संस्करणको नतिजाका आधारमा भन्दै यूएईलाई नै विश्वकप खेल्न योग्य बनाइएको थियो ।

पछिल्ला दुई संस्करणको पीडा विर्सिँदै र यूएईसँग उसकै मैदानमा बदला लिँदै नेपाल ८ वर्षपछि यू–१९ विश्वकपका लागि छनोट भएको छ । यसपल्टको एसिया क्षेत्रीय छनोटमा नेपाल र यूएईसँगै मलेसिया, हङकङ, सिंगापुर र कुवेत थिए । नेपालले यसअघिका चारै खेलमा सहज जित हासिल गरेको थियो ।

१९१ रनको लक्ष्य पछ्याएको यूएईका लागि ओपनरद्वय आर्यन सक्सेना र आर्यन शर्माले ६७ रनको सुरुवाती साझेदारी गरेका थिए । सक्सेनाले ३४ र शर्माले ३२ रन बनाए । दवावमा आएको नेपालले तीन ओभरको बीचमा तीन विकेट लिँदा २२ ओभरमा यूएई ७२–३ को अवस्थामा पुग्यो ।

त्यसपछि चौथो विकेटका लागि यूएईका इथान डिसुजा र ध्रुब परासरले ४२ रनको साझेदारी गरे । परासर १७ रन बनाएर दीपेश कँडेलको बलमा आउट भएपछि आएका अमर बदामीसँग मिलेर डिसुजाले पाँचौं विकेटका लागि ३९ रनको साझेदारी गरे । डिसुजाले ६६ बलमा ५० रनको अर्धशतकीय पारी खेल्दा बदामी १९ रन बनाउँदा रनआउट भए ।

अन्तिम तीन ओभरमा यूएईलाई जितका लागि ११ रन आवश्यक थियो । आफ्नो स्पेलको अन्तिम ओभर लिएर दीपेश कँडेल बलिङका लागि आए । सुरुवाती तीन बलमा ३ रन खर्चिँदा नेपाल हार नजिक पुगिसकेको थियो । यूएईलाई जितका लागि १५ बलमा ८ रनमात्र चाहिएको थियो । तर, दीपेशले लगातार बलमा विकेट लिँदै आफ्नो अभूतपूर्व बलिङ स्पेल पूरा गरे ।

उनको यही ह्याट्रिक विकेटले नेपाललाई ८ वर्षपछि विश्वकपमा छनोट गरायो । दीपेशले ४७.४ ओभरमा हर्षिद सेथलाई बोल्ड गरे । ४७.५ ओभरमा हरित हरिस सेट्टीलाई कप्तान देव खनालबाट क्याचआउट गराए । ओभरको अन्तिम बलमा मनिष गजेशलाई बोल्ड गरी नेपाललाई ऐतिहासिक जित दिलाए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले कप्तानमा देव खनालको अर्धशतक सहयोगमा १९१ रन बनाएको थियो । १९ रनमै सुरुवाती ३ विकेट गुमाएपछि नेपालको ब्याटिङ देव र उत्तम थापा मगरले सम्हालेका थिए । यी दुईले चौथो विकेटका लागि ८४ रनको साझेदारी गरे ।

देवले ८४ बल खेल्दै ३ चौका र १ छक्कासहित ५१ रन बनाए । उत्तमले ४८ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा ३६ रन बनाए । मध्यक्रममा आएका विशाल विक्रम केसीले ५० बल खेल्दै ५ चौका मद्दतमा ३८ रन बनाए । छैटौं विकेटका लागि विशालले मिलन बोहरासँग ५० रनको साझेदारी गरे । मिलन १० रन बनाएर आउट भए ।

दिपेश कँडेल १५ रन बनाए भने हेमन्त धामीले १३ रन जोडे । यूएईका लागि ध्रुव पारासारले ३ तथा हरित सेट्टी, कप्तान आयान खानले २–२ विकेट लिए ।

सन् २००० देखि लगातार यू–१९ विश्वकप खेलेको नेपाल सन् २०१६ यता छनोट हुन संघर्षरत थियो । नेपालले सन् २००६ को संस्करणमा प्ले च्याम्पियनसिप जितेको थियो भने सन् २००४ र २००८ को संस्करणमा प्लेट च्याम्पियनसिप फाइनल खेलेको थियो । नेपाल यू–१९ विश्वकपको समूह चरण पार गर्ने अफानिस्तान र नामिवियासँगै तेस्रो एशोसिएट टिम पनि हो ।

(अनलाइन खवर)

 

पछिल्लो समाचार

झापामा पाँच लाख ३३ हजार बढीले खाए हात्तीपाइलेको औषधि

अघिल्लो समाचार

नगरपालिकामा नेपाल बैंकको एक्स्टेन्सन काउण्टर (फोटो फिचर)

Related Posts

लैङ्गिक हिंसा र एड्स सम्बन्धी सचेतना
banner

लैङ्गिक हिंसा र एड्स सम्बन्धी सचेतना

मंसिर १५, २०८२, १२:५७ .सोमवार
एमाले झापा–१ मा असारु, राजु, रमा, जानुका, दीपक र लक्ष्मी निर्वाचित
banner -2

एमाले झापा–१ मा असारु, राजु, रमा, जानुका, दीपक र लक्ष्मी निर्वाचित

मंसिर १३, २०८२, १२:२८ .शनिबार
महेन्द्रद्वार आधुनिक सहकारीसँग एकीकरण गर्ने तयारीमा
box -3

महेन्द्रद्वार आधुनिक सहकारीसँग एकीकरण गर्ने तयारीमा

मंसिर १२, २०८२, ३:१६ .शुक्रबार
मेचीनगरद्वारा विद्यार्थीलाई ‘साइवर अपराध सम्बन्धी’ प्रशिक्षण
box -3

मेचीनगरद्वारा विद्यार्थीलाई ‘साइवर अपराध सम्बन्धी’ प्रशिक्षण

मंसिर १२, २०८२, १२:५२ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.