१० कार्तिक २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

काँकरभिट्टा क्याम्पसमा स्ववियु चुनाव अन्यौलमा

चैत्र १, २०७९, ३:५३ .बुधबार
0
0
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।

मेचीनगर, १ चैत । काँकरभिट्टा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको विषयमा आज विवाद हुँदा पक्राउ परेका दुईजना विद्यार्थी साँझ छुटेका छन् ।

बुधवार विहान निर्वाचन समितिले बिना सूचना उम्मेदवारहरुको मनोनयन दर्ताको प्रक्रिया थालेको भन्दै अनेरास्ववियुको समूहले मनोनयन पत्र र क्याम्पसको बोर्ड जलाएको तथा क्याम्पसको मुल गेट अगाडि टायर बालेर विरोध प्रदर्शन गरेका थिए ।

सोहि क्रमा अनेरास्ववियु क्याम्पस कमिटि अध्यक्ष सन्देश पौडेल र अनेरास्ववियुका जिल्ला कार्यालय सचिव सन्तोष धमला पक्राउ परेका थिए ।

उनीहरुलाई साँझ छाडिएको इलाका प्रहरीका कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी दीपक भारतीले बताए । यही चैत ५ गते हुने चुनावका लागि नेविसंघ, एकीकृत समाजवादी र राप्रपा निकटका विद्यार्थीहरु तथा अनेरास्ववियुका विद्यार्थीहरुबीच वादविवाद बढेको थियो ।

यही फागुन १९ गते मतदान गर्न पाउने विद्यार्थीहरुको नामावली प्रकाशन गरिएको थियो । जस अन्तरगत नयाँ थपिएका ६२ जनासहति ६१६ जना विद्यार्थीले मतदान गर्न पाउने निर्वाचन समितिका संयोजक हेमकुमार खड्काले बताए । तर अनेरास्ववियुका विद्यार्थीहरुले अन्तिम समयमा आएर क्याम्पस प्रशासनले नयाँ विद्यार्थीहरुलाई भर्ना गरेको विषयमा आपत्ति जनाएका थिए ।

संयोजक खड्काले विधि र प्रक्रिया अनुसार नै नयाँ विद्यार्थीहरु भर्ना भएको दावी गरे । ‘फागुन २७ गते नै उम्मेदवारको मनोनयन दर्ता गर्ने समय थियो’, संयोजक खड्काले भने–‘अनेरास्ववियुका विद्यार्थीहरुले आपत्ति जनाएपछि आजलाई सूचना टास गरेर मनोनयन दर्ताको समय राखेका थियौँ । प्रक्रिया अनुसार मनोनउन दर्ता भइसकेको छ ।’

तर आज अनेरास्ववियुका विद्यार्थीहरुले मनोनयन पत्र जलाएका छन्, क्याम्पसको वोर्ड भत्काएर जलाए र मुल गेट अगाडि टायर बालेर विरोध प्रदर्शन गरेका थिए । अनेरास्ववियुका विद्यार्थीले केहि दिनदेखि क्याम्पस प्रशासनको कार्यकक्षमा ताला गलाएका छन् भने आज क्याम्पसको मुल गेटमै ताला लगाइदिएका छन् ।

हाम्रा मागहरु सम्बोधन नगरी बिना सूचना मनोनयन दर्ता पक्रिया सुरु गरेकोले क्याम्पसमा ताला लगाएर विरोध प्रदर्शनमा उत्रनु परेको अनेरास्ववियुका विद्यार्थी नेताहरुले बताएका छन् ।

यसैबीच आज दिउँसो इलाका प्रहरी कार्यालयमा झापाका सीडीओ शिवराम पोखरेल, मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेती, संविधान सभा सदस्य रविन कोइराला, निवर्तमान मेयर विमल आचार्य, निर्वाचन संयोजक खड्का लगायतका नेताहरुको छलफल बसेको थियो । छलफल आज कुनै निश्कर्ष विना टुंगीएको छ । छलफल भोलि फेरि बस्ने छ ।

यही चैत ४ गते सम्ममा छलफलले टुंगो लगाइसक्ने निर्वाचन समितिको दावी छ । श्रोतका अनुसार विद्यार्थीहरुबीच सहमति नभए चुनाव स्थगीत हुने सम्भावना बढी रहेको बताइएको छ ।

क्याम्पसमा अहिले पढाई ठप्प छ । स्ववियु निर्वाचनको विवाद उत्कर्षमा पुगेको छ । फागुन १५ गतेदेखि क्याम्पसमा पढाई भएको छैन । चुनाव हुन्छ कि हुँदैन भनेर विद्यार्थीहरु अन्यौलमा रहेका छन् ।

पछिल्लो समाचार

अध्यक्षमा ३ जनाको उम्मेदवारी

अघिल्लो समाचार

करेन्ट लागेर कडरियाको मृत्यु

Related Posts

कांग्रेस मेचीनगरले पनि भन्याे-´निर्णय पुनरावलोकन गर`
banner -2

कांग्रेस मेचीनगरले पनि भन्याे-´निर्णय पुनरावलोकन गर`

कार्तिक ९, २०८२, १२:५४ .आइतवार
छठ पर्वकाे धमाधम तयारी
box -3

छठ पर्वकाे धमाधम तयारी

कार्तिक ९, २०८२, ७:०८ .आइतवार
झापा महिला गाेल्डकप : पक्कीको स्थायी प्यारापिट निर्माण
banner -2

झापा महिला गाेल्डकप : पक्कीको स्थायी प्यारापिट निर्माण

कार्तिक ८, २०८२, ३:०१ .शनिबार
ध्रुबे हात्तीको आक्रमणबाट सैनिकको मृत्यु
banner -1

मेचीनगरमा हात्तीकाे आक्रमणबाट बालक घाइते

कार्तिक ८, २०८२, २:४२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.