झापा, १२ वैशाख । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्ले फराकिलो मतको अन्तरले निर्वाचित भएका छन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेद्वार गोविन्द भट्टराईलाई १४ हजार ७ सय ९६ बढी मत ल्याएर वाग्ले निर्वाचित भएका हुन् ।
वाग्लेले ३४ हजार ९१८ ल्याउँदा भट्टराईले २० हजार १२२ मत पाएका छन् । वाग्लेले भट्टराईभन्दा १४ हजार ७९६ मत बढी ल्याएका छन् ।
नेकपा एमालेका उम्मेद्वार सर्वेन्द्र खनाल ८ हजार ४८८ मत पाउँदै तेस्रो भए । राप्रपाकी शोभा गुरुङले २१८ र मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६ मत पाएका थिए ।
वैशाख १० गते भएको उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा ६५ हजार ३१६ मत खसेकोमा ६४ हजार १३५ मत सदर भएको थियो । यहाँ मतदाताको संख्या १ लाख २३ हजार ३०५ थियो ।




Discussion about this post