५ असार २०८३, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पत्रकार निरौलाबाट यसरी ठगिए कटुवाल

असार ६, २०८०, ३:४० .बुधबार
0
0
0
SHARES
911
VIEWS
Share on FacebookShare on Twitter

ईटाभट्टा, ६ असार । पत्रकार ज्ञानेन्द्र निरौलाबाट आफू ठगिएको मेचीनगर–८ का व्यवसायी मोहन कटुवालले बताएका छन् ।

आज उनले मेचीनगर–७ स्थित ईटाभट्टामा पत्रकार सम्मेलन गरेर पत्रकार निरौलाले आफुले पाउने तीन लाख रुपैयाँ नदिएको दावी गरे ।

२०७७ सालमा मेचीनगरकै केशव पोखरेलको स्वामित्वमा रहेको जग्गा बेचबिखन गर्दा कमिसनमा आएको रकम बराबरी गर्नु पर्नेमा सबै रकम खाइदिएकोले पत्रकार निरौलाबाट पीडित भएको पत्रकार सम्मेलनमा कटुवालले बताए ।

‘जग्गा बिक्री गरेवापत पहिलो चरणमा आएको १० लाख दुवै जनाले बाढेका थियौँ’, कटुवालले भने–‘त्यसपछि ८ लाख आएकोमा निरौलाले ४ लाख दिनु पर्नेमा एकलाख मात्र दिए । बाँकी ३ लाख अहिलेसम्म दिएका छैनन् ।’ पैसा माग्दा उल्टै थर्काउने गरेको उनको भनाई छ ।

बिर्तामोडका महेन्द्र प्रसाईं, हरि प्रसाईं लगायतको टोलीले सो जग्गा खरिद गरेको थियो । कटुवालले भने, ‘मैले पाउनु पर्ने पैसाको चेक पनि विश्वास गरेर उहाँलाई नै पठाइदिनु भनें । तर त्यो पैसा पनि आजका मितिसम्म मैले पाइन ।’

आफू पीडित भएपछि पत्रकार निरौलाका विषयमा मेचीनगर–७ का वडाध्यक्ष प्रह्लादमणि ओलीसंग कुरा राख्दा ओलीले ‘पहिला म कुरा गर्छु’ भनेको कटुवालले बताए ।

वडाध्यक्ष ओलीले पत्रकार निरौलाले गरेको काम उचित नभएको बताए । ओलीले भने, ‘यो काम नगर्नुस्, चाँडो पैसा दिनुस् भन्दा उहाँले अहिलेसम्म अटेर गर्नुभयो । मैले पनि पहल नगरेको होइन ।’

वडाध्यक्ष ओलीले कुरा गर्दा पनि आफूले पैसा नपाएपछि वडा कार्यालयमा निवेदन दिएको उनको भनाई छ । सो विषयमा वडाले नसकेपछि त्यही मुद्दा मेचीनगर नगरपालिकाको न्यायिक समितिमा पुगेको थियो ।

नगरपालिकाको न्यायिक समितिले पटक–पटक फोन सम्पर्क गर्दा तथा पत्र काट्दा पनि पत्रकार निरौला छलफलमा समेत उपस्थित नभएको कटुवालको दावी छ ।

‘त्यो न्यायिक समिति को हो मेरो मुद्दा हेर्ने भन्दै फोनमा धम्क्याउने काम गर्नुभयो’, उनले भने –‘जिल्ला अदालत होइन, अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्नु । त्यहाँ चाहिँ म जान्छु भन्दै धम्क्याउनु भयो ।’

नगरपालिकाको न्यायिक समितिले पनि पत्रकार निरौला छलफलमा नआएको भन्दै कटुवाललाई अदालत जाने बाटो खुल्ला छ भनेर पत्र दिइएको छ ।

उनले आफू धेरै पटक निरौलाको घरमा गएर आग्रह गरेको बताए । ‘घरमा पुग्दा गाईको पुच्छर समातेर पनि कसम खानुभयो म पैसा दिन्छु भनेर । खोइ त अहिलेसम्म ?’ उनको गुनासो छ ।

श्रोतका अनुसार यी त एउटा प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्ता पीडित अझै आधा दर्जन व्यक्तिहरु निरौलाबाट पीडित रहेको बताइएको छ । कटुवालको काँकरभिट्टा स्थित बाहुनडाँगी रोडमा किराना पसल छ । उनी जग्गा कारोवारी काम गर्छन् ।

पत्रकार निरौला मेचीनगर–७ स्थित ईटाभट्टामा सञ्चालित रेडियो मन्त्र र सेतापत्र अनलाइनका सञ्चालक हुन् ।
यस विषयमा प्रतिक्रिया लिन पत्रकार निरौलालाई फोन सम्पर्क गर्दा फोन उठेन ।

पछिल्लो समाचार

एमाले नेता मैनालीमाथि आफ्नै कार्यकर्ताद्वारा हातपात

अघिल्लो समाचार

‘टाउनहल’ धुलाबारीको अध्यक्षमा तिम्सिना विजयी

Related Posts

गएरातिकाे वर्षाले मेचीनगरकाे दुईटा प्लाइउड उद्योगमा क्षति
banner

गएरातिकाे वर्षाले मेचीनगरकाे दुईटा प्लाइउड उद्योगमा क्षति

असार ५, २०८३, ८:०९ .शुक्रबार
न्यूनतम पारिश्रमिक कार्यान्वयन र उजुरी सम्बन्धी छलफल
box -1

न्यूनतम पारिश्रमिक कार्यान्वयन र उजुरी सम्बन्धी छलफल

असार ४, २०८३, ३:५३ .बिहिबार
ओमसाईका विरामीलाई अस्पताल जान र आउन गाडीको सुविधा
banner -2

ओमसाईका विरामीलाई अस्पताल जान र आउन गाडीको सुविधा

असार २, २०८३, ११:३२ .मङ्लबार
सांसद निशा डाँगीलाई खुल्ला पत्र
banner -1

सांसद निशा डाँगीलाई खुल्ला पत्र

जेष्ठ ३१, २०८३, १२:५३ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.