१० बैशाख २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगरकाे बजेट १ अर्व ५१ करोड बढी

असार १०, २०८०, २:२३ .आइतवार
0
0
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १० असार  । मेचीनगर नगरपालिकाले एक अर्ब ५१ करोड बढीको बजेट ल्याएको छ ।

आज दोस्रो नगरसभाको तेस्रो अधिवेशनमा नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले आगामी आर्थिक बर्ष २०८०/ ८१ का लागि एक अर्ब ५१ करोड १२ लाख ४० हजार ३ सय ६७ रुपैँयाको बजेट प्रस्तुत गरेकी थिइन् ।

नगरले चालु खर्चतर्फ ५६ दशमलव २९ प्रतिशत अर्थात ८५ करोड ७ लाख ७ हजार ,  पुँजीगत खर्चतर्फ ४३ दशमलव ५४ प्रतिशत अर्थात ६५ करोड ८० लाख ३३ हजार ३ सय ६७ रुपैँया बजेट विनियोजन गरेको छ ।

यस्तै वित्तीय व्यवस्थातर्फ शुन्य दशमलव १७ प्रतिशत अर्थात २५ लाख रुपैँया बजेट विनियोजन गरेको छ ।

उपप्रमुख उप्रेतीले बजेट आयको स्रोत समेत सार्वजनिक गरेकी छन् ।

यस्तै आय राजश्व मार्फत ४० करोड ४३ लाख ५४ हजार ५ सय ५५ रूपैया र आन्तरीक स्रोत मार्फत १२ करोड ८७ लाख अनुमान गरिएको छ । यसैगरी प्रदेश सरकार मार्फत ३ करोड ९१ लख ६ हजार आय अनुमान गरिएको छ ।

नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरे । नगरसभामा कृषि, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याइएकाे छ ।

आइतबार नगरसभामा प्रस्तुत गरिएको बजेटका विषयमा छलफलका लागि यहि असार १३ र १५ गते वैठक बोलाइएको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख बुढाथोकीको अध्यक्षतामा बसेको नगरसभाको वैठकमा झापा क्षेत्र नं. १ का संघिय सांसद समेत रहेका नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्मा प्रमुख आतिथि रहेका थिए ।

कार्यक्रममा  सांसद शर्माले नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम उत्कृष्ट रहेको बताए । उनले  बजेट कार्यान्वयनका लागि सहयोग गर्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथि सांसद शर्मा, कोशी प्रदेश सभा सदस्यद्वय गोपाल तामाङ, सविना बजगाई, जिल्ला समन्वय समिति झापाका सदस्य तुलसा काफ्ले बराल, नेपाली कांग्रेस मेचीनगर सभापति सुदय पनेरु, नेकपा एमाले मेचीनगर इन्चार्ज चन्द्र प्रसाई, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष राजन चिमरिया, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नगर सचिव विशालकृष्ण बाँस्तोला, राष्ट्रिय स्वतन्त्र पार्टी नगर अध्यक्ष कमल गौतम, नेकपा एकीकृत समाजवादी नगर अध्यक्ष हरि तिम्सिना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नगर प्रमुख बुढाथोकीकाे अध्यक्षतामा भएको  कार्यक्रमकाे सञ्चालन मेचीनगर-२ का वडाध्यक्ष दिपक बरालले गरेका थिए ।

पछिल्लो समाचार

मेचीनगरका ६ वटा विद्यालयलाई फिल्टर मेसिन

अघिल्लो समाचार

बकरिदमा सार्वजनिक विदा

Related Posts

गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
banner

गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा

बैशाख ९, २०८३, ९:११ .बुधबार
एपिएफकाे सानदार जित
banner -2

एपिएफकाे सानदार जित

बैशाख ८, २०८३, २:२६ .मङ्लबार
यस्ताे बन्याे रास्वपाकाे सचिवालय
banner -1

यस्ताे बन्याे रास्वपाकाे सचिवालय

बैशाख ७, २०८३, २:०९ .सोमवार
चन्द्रगढीमा महिला गाेल्डकप : पुलिस क्वार्टर फाइनलमा
banner -2

चन्द्रगढीमा महिला गाेल्डकप : पुलिस क्वार्टर फाइनलमा

बैशाख ७, २०८३, १:०८ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.