२६ बैशाख २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

एमिटी कलेजमा विद्यार्थीलाई आत्मरक्षा प्रशिक्षण

असार २१, २०८०, २:०४ .बिहिबार
0
0
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, २१ असार । बिर्तामोड नगरपालिका–५ स्थित एमिटी कलेजले विद्यालयका छात्राहरुलाई आत्मरक्षा कला प्रशिक्षण प्रदान गरेको छ ।

झापा जिल्ला खेलकुद विकास समितिको सहकार्य तथा कराँते महासंघको सहयोगमा आज कलेज परिसरमा महिला हिंसा विरुद्ध एक दिवसीय आत्मरक्षा कला प्रशिक्षण प्रदान गरिएको हो ।

बिद्यालयका प्रिन्सिपल आरएस ढकालको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त) को प्रमुख आतिथ्य रहेको थियो ।

स्वागत कलेजका को–अडिनेटर विनोद साहले गरेको कार्यक्रममा प्रमुख अतिथि भण्डारी र झापा जिल्ला खेलकुद विकास समितिका प्रवक्ता तथा कराँते महासंघ झापाका अध्यक्ष जगन कार्की (दुर्वासा) ले छात्राहरुलाई आत्मरक्षाका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रमको सञ्चालन एमिटी कलेजका खेल प्रशिक्षक तथा काउन्सिलिङ सुदिप खवासले गरेका थिए ।

प्रशिक्षण कार्यक्रममा कलेजका कक्षा १२ र बिबिएस अध्ययनरत एकसय भन्दा बढी छात्राहरुको सहभागीता रहेको थियो । छात्राहरुलाई कलेजका खेल प्रशिक्षक तथा काउन्सिलिङ सुदिप खवास, कराँते महासंघ झापा कोषाध्यक्ष रेनुका राई, झापा सदस्य एलिजा खत्री, नेशनल राष्ट्रिय कराँते खेलाडी सञ्जीवनी कार्कीले आत्मरक्षा प्रशिक्षण दिएका थिए । कलेजका खेल प्रशिक्षक खवासले आत्मरक्षा कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।

नर्सरीदेखि बिबिएससम्म अध्यापन हुँदै आएको विद्यालयमा एक हजार २ सय भन्दा बढी बिद्यार्थी र एक सय २८ जना शिक्षक, शिक्षिका तथा कर्मचारी रहेको प्रिन्सिपल ढकालले बताए । बिर्तामोड नगरकै अंग्रेजी माध्यमबाट अध्यापन गराउने पहिलो विद्यालय एमिटी नै भएको प्रिन्सिपल ढकालले दावी गरे ।

२०५६ सालदेखि कक्षा ११ बाट सुरु गरेको अध्यापन २०५९ मा बिबिएस हुँदै २०६१ सालमा नर्सरीदेखि हाल बिबिएस सम्मको अध्यापन गराउँदै आएको उनले बताए ।

कलेजमा अंग्रेजी शुद्धता, ब्यहारिक शिक्षामा जोड, अतिरिक्त क्रियाकलाप, अतिरिक्त स्कील, शतप्रतिशत नतिजा निकाल्न सफल लगायतका बिशेषता रहेको उनले जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय खेलकूद परिषदका कर्मचारी दुर्गाराज निरौला, कलेजकी प्रशासकीय प्रमुख केशवी ढकाल, ब्यवस्थापन सदस्य सरस्वती ढकाल, ममताकुमारी साह लगायतको उपस्थिति रहेको थियो ।

 

पछिल्लो समाचार

एसईईको नतिजा सार्वजनिक

अघिल्लो समाचार

कोशी नाम तत्काल नफेरिने : मुख्यमन्त्री थापा

Related Posts

बाणिज्य संघकाे चुनाव सम्पन्न, मतगणना भाेलि
banner -1

बाणिज्य संघकाे चुनाव सम्पन्न, मतगणना भाेलि

बैशाख २६, २०८३, ११:५५ .शनिबार
मेचीनगरमा अन्तर धार्मिक सद्भाव कार्यक्रम 
banner -2

मेचीनगरमा अन्तर धार्मिक सद्भाव कार्यक्रम 

बैशाख २६, २०८३, ४:१२ .शनिबार
सत्ता गठबन्धनसँग कांग्रेस एक्लै भिड्दै
banner -1

आज मेची उद्योग बाणिज्य संघकाे चुनाव

बैशाख २६, २०८३, १:५५ .शनिबार
गाउँका पसलमा पनि खान अयोग्य वस्तु भेटिए
banner

गाउँका पसलमा पनि खान अयोग्य वस्तु भेटिए

बैशाख २५, २०८३, २:३७ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.