९ बैशाख २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

अझै हटेन जोरसिमलको चेकपोष्ट

अदालतले भन्यो–मुख्य राजमार्गमा चेकजाँच नगर्नु

साउन २, २०८०, २:१० .मङ्लबार
0
0
0
SHARES
2.3k
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २ साउन । मेचीनगर–७ स्थित जोरसिमलको सशस्त्र प्रहरी बलको चेकपोष्ट अझै हटाएको छैन ।

२०७९ साउन २४ गते दुवै पक्षलाई बोलाएर छलफल गरेको उच्च अदालत विराटनगरको इलाम इजलासका न्यायाधीश प्रेमराज कार्की र न्यायाधीश लोहितचन्द्र साहको संयुक्त इजलासले उक्त चेकपोस्ट हराउन अन्तरिम आदेश दिएको थियो ।

पूर्व पश्चिम राजमार्गको काँकरभिट्टा नाका नजिकै रहेको सशस्त्र प्रहरी बलको चेकपोष्ट हटाउन माग गर्दै सन्दीप खनालले उच्च अदालतमा रिट दाएर गरेका थिए ।

‘जोरसिमल चोक नजिकै राखिएको चेकपोष्ट हटाउन लगाउनु भन्ने माग गरेको सन्दर्भमा रिट निवेदनको अन्तिम सुनुवाइ हुँदाको बखत सम्बोधन हुने हुँदा कानुन बमोजिम सर्वसाधारणलाई चेकजाँचका नाममा दुःख, हैरानी हुने कार्य नगर्नु नगराउनु, निर्वाध रुपमा सार्वजनिक आवागमन गर्न दिनु’ अदालतको आदेशमा भनिएको छ ।

जिल्ला सुरक्षा समिति झापाले २०६८ जेठ २६ गते सुरक्षा जोखिम बढेपछि जोरसिमल क्षेत्रमा चेकपोस्ट राख्ने निर्णय गरेको थियो । चेकपोस्टका लागि २०७४ सालमा स्थानीय दाताहरुको सहयोगमा दुई कोठे पक्की भवन बनाइदिएका थिए ।

अहिले पनि उक्त भवनमा ४÷५ जनाको सशस्त्र प्रहरीको टोली डीउटीमा नै रहेका छन् । दिउँसो–राति त्यहि बस्ने गरेका छन् । भवन भएको नजिकै सशस्त्र प्रहरीले मुख्य सडकमै नियमित चेकजाँच गरिरहेका छन् ।

बीचसडकमै गाडी रोकेर चेकजाँच गर्दा सर्वसाधारणहरुलाई हैरानी भएको छ । केहिदिनअघि सो ठाउँमा स–साना व्यापारीले ल्याएको सामान चेकजाँच गर्ने क्रममा विवाद हुँदा महिला व्यापारी र प्रहरीको झडप नै भएको थियो ।

सो मुद्दामा निवेदकको तर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ता असोककुमार पोखरेलले अन्तिम फैसला पनि आइसकेको बताए । दुई महिनाअघि मात्र आएको अन्तिम फैसलामा गतवर्ष गरेको अन्तरिम आदेशलाई नै सदर गरेको उनको भनाई छ ।

उनका अनुसार जोरसिमल मात्रै होइन पूर्व पश्चिम राजमार्गको कुनै पनि स्थानको मुख्य सडकमा सर्वसाधारणलाई दुःख र हैरानी दिने गरी नियमित चेकजाँच गर्न नपाइने फैसलामा उल्लेख छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट काँकरभिट्टाका प्रमुख डीएसपी निर्मल थापाले जोरसिमलको चेकपोष्ट र नजिकैको सडकमा नियमित चेकजाँच नगरेको दावी गरे । कहिले काहिँ मात्र आवश्यकता अनुसार चेकजाँच गर्ने गरेको उनले बताए ।

झापाका मुख्य सडकका विभिन्न स्थानमा सशस्त्र प्रहरी, जनपद प्रहरी, ट्राफिक प्रहरीले चेकजाँकका नाममा सर्वसाधारणहरुलाई दुःख दिने गरेको सर्वसाधारणको गुनासो रहेको छ ।

पछिल्लो समाचार

८० हजार सदस्यको विना सूचना पैसा काटियो

अघिल्लो समाचार

दुई श्रष्ठालाई साहित्य चौतारीको सम्मान

Related Posts

गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
banner

गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा

बैशाख ९, २०८३, ९:११ .बुधबार
एपिएफकाे सानदार जित
banner -2

एपिएफकाे सानदार जित

बैशाख ८, २०८३, २:२६ .मङ्लबार
यस्ताे बन्याे रास्वपाकाे सचिवालय
banner -1

यस्ताे बन्याे रास्वपाकाे सचिवालय

बैशाख ७, २०८३, २:०९ .सोमवार
चन्द्रगढीमा महिला गाेल्डकप : पुलिस क्वार्टर फाइनलमा
banner -2

चन्द्रगढीमा महिला गाेल्डकप : पुलिस क्वार्टर फाइनलमा

बैशाख ७, २०८३, १:०८ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.