१० आश्विन २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

शिक्षा सहकारीको धुलावारी सेवा केन्द्र ‘उत्कृष्ट’

अशोज २९, २०८०, २:५८ .सोमवार
0
0
0
SHARES
107
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २९ असोज । शिक्षा बहुउद्देश्यीय सहकारी संस्था अन्तरगतको धुलावारी सेवा केन्द्र उत्कृष्ट भएको छ ।

शिक्षाका पाँचवटा सेवा केन्द्रमध्ये धुलावारी सेवा केन्द्र उत्कृष्ट भएको हो ।

सदस्य विस्तार, बचत संकलन, ऋण असुली, कार्य सम्पादन र परिणाममुखी नतिजाका आधारमा
धुलावारी सेवा केन्द्र उत्कृष्ट भएको शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष सुब्रत न्यौपानेले जानकारी दिए ।

सोमवार सदस्य सेवा केन्द्र धुलावारीको इकाइगत साधारण सभाको अवसरमा अध्यक्ष न्यौपानेले उत्कृष्ट सेवा केन्द्रका विषयमा अवगत गराएका हुन् । स्थापनाको छोटो अवधिमा शिक्षा बहुउद्देश्यीय सहकारीले धुलावारीमा सदस्यको विश्वास जित्दै गएको छ ।

नाफामुखी भन्दा पनि सदस्यको सुविधामा संस्थाले ध्यान दिँदै आएको संस्थाको भनाई छ । बिर्तामोड नगरपालिका–२ मा १० कठ्ठा जग्गा किनेको शिक्षा बहुउद्देश्यीयले पूर्व प्राथमिक तहको सहकारी विद्यालय सञ्चालन गरिरहेको छ । संस्थाको शेयर पूँजी ३ करोड ४९ लाख ८१ हजार रुपैयाँ छ ।

संस्थाले सदस्यहरुलाई मृत्यु राहत संस्कारदेखि मोवाइल बैङ्किङ सम्मका १९ प्रकारका सुविधा प्रदान गर्दै आएको छ ।

सुत्केरी खर्चवापत सदस्य महिलाले दुई हजारदेखि १५ हजार रुपैयाँसम्म पाउँदै आएका छन् । पुरुष सदस्यले पनि मातृ शिशु सहायतावापत सात हजार ५ सय पाउँछन् । संस्थाका कोही पनि सदस्य विरामी परेर रगत अभाव भएमा निशुल्क रगत पाउने छन् ।

संस्थाबाट सुत्केरी खर्च र पोषण सहायता वापत ३५ हजार रुपैयाँ सहयोग पाएको शेयर सदस्य समिक्षा चौलागाईले बताइन् ।

राष्ट्रिय सहकारी बैँक धुलाबारीकी शाखा प्रमुख मुना घिमिरेको प्रमुख आतिथ्यमा संस्थाको इकाइगत साधारणसभा आयोजना गरेको थियो ।

कार्यक्रमकी प्रमुख अतिथि घिमिरेले शिक्षा सहकारी झापामा उदाहरणीय संस्थाका रुपमा स्थापित हुँदै गएको बताइन् । उद्देश्य अनुरुप आफ्नै व्यवस्थापनमा विद्यालय सञ्चालन गरेर शिक्षा बहुउद्देश्यीयले नमुना काम थालेको घिमिरेको धारणा छ ।

साधारण सभाको अवसरमा शिक्षा बहुउद्देश्यीय सहकारीले धुलावारी सेवा केन्द्रका उत्कृष्ट बचतकर्ता र ऋणी सदस्यलाई पुरस्कृत पनि गरेको छ । पुरस्कृत हुनेमा राम रिजाल, नीतिका रिजाल, कमल सहनी र सन्तोष विश्वकर्मा छन् ।

उत्कृष्ट बचतकर्ता र ऋणी सदस्यलाई प्रमुख अतिथि घिमिरे, अध्यक्ष न्यौपाने, लेखा समितिका संयोजक युवराज निरौला, उपाध्यक्ष हेमराज मिश्र लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन् । कार्यक्रममा लेखा समिति सदस्य लक्ष्मी देवानले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

संस्थाका सचिव सूर्यकुमार खतिवडाले सञ्चालन गरेको साधारण सभामा सेवा केन्द्र प्रमुख विपना तिम्सिनाले स्वागत मन्तव्य राखेकी थिइन् । सेवा केन्द्र धुलावारीमा ५८५ जना सदस्य छन् ।

 

 

 

पछिल्लो समाचार

नापी कार्यालयका सर्वेक्षक घुससहित पक्राउ

अघिल्लो समाचार

‘६ अर्वको पाउडर दुध बिक्री नभएर गोदाममा थन्कियो’

Related Posts

जेसीजकाे क्षेत्र ´क`सम्मेलन चारआलीमा हुँदै
banner -1

जेसीजकाे क्षेत्र ´क`सम्मेलन चारआलीमा हुँदै

अशोज ९, २०८३, २:४७ .शुक्रबार
मेचीनगरमा ५ दिनमा २५ हजारले लगाए खाेप
banner

मेचीनगरमा ५ दिनमा २५ हजारले लगाए खाेप

अशोज ९, २०८३, २:०९ .शुक्रबार
दुई वर्षपछि खाल्डाे खनेर मानवकाे कंकाल निकाल्याे
banner

दुई वर्षपछि खाल्डाे खनेर मानवकाे कंकाल निकाल्याे

अशोज ८, २०८३, ४:२२ .बिहिबार
कांग्रेस मेचीनगर सभापतिमा याेगेन, उपसभापतिमा कञ्चन
banner -1

कांग्रेस मेचीनगर सभापतिमा याेगेन, उपसभापतिमा कञ्चन

अशोज ७, २०८३, १:३९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.