मेचीनगर, ७ मंसिर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले झापाबाट उत्कृष्ट कर दाताका रूपमा मेचीनगरकी रमा आचार्य वस्नेत (राधा) लाई सम्मान गरेकाे छ ।
कार्यालयले आज राष्ट्रिय कर सप्ताह दिवसकाे समापनकाे अवसरमा साविककाे मेची अञ्चलका चार जिल्लाका चार जनामध्ये झापाबाट वस्नेत उत्कृष्ट करदाताका रूपमा सम्मानित भएकी हुन् ।
मेचीनगर-६, काँकरभिट्टा स्थित एनएसवी ट्रेड एण्ड सप्लायर्सकी सञ्चालक वस्नेत झापामा सबैभन्दा धेरै आयकर तिर्नेमा परेकी हुन् ।
साेमबार कार्यालयमा उनी (झापा) लगायत साविक मेची अञ्चलका इलाम, पाँचथर र ताप्लेजुङका करदातालाई पनि सम्मान गरिएको मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईले जानकारी दिए ।
सम्मानित वस्नेत मेची उद्योग बाणिज्य संघकाे आजै बसेकाे वैठकबाट कार्यसमिति सदस्यमा मनाेनित भएकी छन् ।




Discussion about this post