




भद्रपुर, ७ भदाै । उपभोक्ता जागरण अभियान नेपाल झापाकाे दाेस्राे अधिवेशनले शालिकराम भट्टराईलाई पुन: अध्यक्षमा चयन गरेकाे छ ।
आइतबार भद्रपुर-१० केन्द्रमाेड स्थित दुर्गामाता उपासना समितकाे परिसरमा भएको उपभोक्ता जागरण अभियान नेपाल झापाकाे अधिवेशनले भट्टराईलाई पुन: अध्यक्षमा चयन गरेकाे हाे ।
अभियानकाे उपाध्यक्षमा इन्द्रप्रसाद ओली, सचिवमा देविभक्त आचार्य, सहसचिवमा कल्पना भट्टराई र काेषाध्यक्षमा शेखरनाथ अधिकारी चयन भएका छन् ।
यस्तै, सदस्यहरूमा अर्जुन कार्की, कमला शिवाकोटी, धर्मेन्द्र गुप्ता, राजन पाैडेल, थिरप्रसाद खतिवडा, उदयनारायण ढुंगाना र विदुर तिवारी रहेका छन् ।
त्यसैगरी, सल्लाहकारहरूमा कुलप्रसाद ओडारी, अनिता दाहाल, जीवन खड्का र राजिव धिमाल रहेका छन् ।अभियानकाे कार्यकाल २ वर्षकाे रहने छ ।
कार्यक्रमका प्रमुख अतिथि झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझी, अभियानका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी (मार्सेली), केन्द्रीय उपाध्यक्ष राजेन्द्र घिमिरे, मेचीनगर अध्यक्ष रचना घिमिरे, झापा उद्योग बाणिज्य संघका कार्यबाहक अध्यक्ष राजकुमार राई, प्रेस क्लब भद्रपुरका अध्यक्ष राजबाबु शंकर लगायतले उपभोक्ता, व्यापारी र तीन तहकै सरकारबीच सहकार्य र समन्वय भए मात्र बजारमा समानमा मिसावट नहुने, महंगाे नहुने, कालाेबजारी नहुने लगायतका विषयमा चर्चा गरेका थिए ।
अभियानका झापा अध्यक्ष शालिकराम भट्टराईले दुई वर्षमा भए गरेका प्रगति विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रमकाे स्वागत जिल्ला उपाध्यक्ष इन्द्रप्रसाद ओली र सञ्चालन जिल्ला सदस्य कल्पना भट्टराईले गरेका थिए ।
सदस्य भट्टराईले ´हामी उपभोक्ता` भन्ने कविता पनि बाचन गरेकी थिइन् ।




Discussion about this post