११ भाद्र २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

स्वास्थ्य

मेचीनगर ´जापानिज इन्सेफ्लाइटिस`काे इपिसेन्टर बन्दै 

भदौ ११, २०८३, १:२७ .बिहिबार
0
0
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ११ भदाै । झापाकाे मेचीनगर ´जापानिज इन्सेफ्लाइटिस` राेगकाे इपिसेन्टर बन्दै गएकाे छ ।

नगरपालिका स्वास्थ्य शाखाकाे बार्षिक तथ्यांक हेर्ने हाे भने गत तीन वर्षमा ५ जनाकाे साेही राेगका कारण मृत्यु भएको छ ।

स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले अघिल्लो वर्ष १ जना, गत वर्ष २ जना, चालू आर्थिक वर्षमा २ जनाकाे मृत्यु भएको र संक्रमितहरूकाे संख्या पनि बढीरहेकाे जानकारी दिइन् ।

मेचीनगरमा संक्रमित भएका ६ जना मध्ये मृत्यु हुने १ जना वडा नम्बर १४ स्थित पाटनसरवारीका ५४ वर्षीया महिलाकाे साउन १६ गते बीएण्डसी अस्पतालमा मृत्यु भएको थियाे ।

त्यसैगरी वडा नम्बर ८ काे दुर्गा मन्दिर टाेलका ६६ वर्षीया महिलाकाे साउन २६ गते बीएण्डसी अस्पतालमा मृत्यु भएको थियाे ।

संक्रमित हुने ६ जनामा मेचीनगर-७ र ८ का २ जना निकाे भएर घर फर्किएका छन् भने वडा नम्बर ६ र ११ का २ जना अस्पतालमा उपचार गरिरहेका छन् । वडा नम्बर ६ का १ जना  विहीबारै संक्रमित भएका हुन् ।

स्वास्थ्य शाखाकाे टिमले स्थलगत निरीक्षण गरेर संक्रमित र स्थानीयहरूलाई सचेतना दिने, जाँच गर्ने, स्क्रिन गर्ने काम गरिरहेकाे छ ।

गतवर्ष केन्द्रबाट सम्बन्धित मन्त्रालयकाे विज्ञ टाेली आएर उक्त राेगबाट संक्रमितका घरघरमा पुगेर स्थलगत निरीक्षण गरेकाे थियाे ।

घर छेउछाउमा सुँगुर, हाँस, कुखुरा पाल्ने, सरसफाइ नगर्ने, धान खेतमा, झाडीमा बकुल्लाहरू आउने कारण लामखुट्टेले टाेक्ने गर्छ र त्यही लामखुट्टेले सबैतिर सार्ने गर्छ ।

१५ वर्ष मुनिका बालबालिका र दीर्घ राेगीहरू यसकाे पहिलाे जाेखिममा रहेकाे स्वास्थ्य शाखाकाे भनाई छ ।

स्वास्थ्य कार्यालय झापाले आगामी भदाै अन्तिम वा असाेज महिनाकाे पहिलाे हप्तादेखि ३० वर्षमाथिका ५ लाख मानिसलाई उक्त राेग विरूद्धकाे खाेप लगाउने तयारी गरेकाे छ ।

झापामा गत असार र साउन महिनामा उक्त राेगबाट संक्रमीत १२ जना मध्ये ६ जनाकाे मृत्यु भएको थियाे ।

झापाका केही पालिका र मेचीनगरमा उक्त राेगका कारण वर्षेनी नागरिककाे ज्यान गइरहेकाे छ । यसकाे मुख्य कारण सरकारी निकायकाे प्रभावकारिता कम भएको महसुस हुन्छ ।

यस्ताे संवेदनशिल विषयमा तीन तहकै सरकारले चासाे दिनु पर्छ । स्थानीय तहकाे पहलले मात्र सम्भव छैन् । यसका लागि प्रदेश र संघीय सरकारले सहकार्य र सहयाेग गर्नु पर्ने स्थानीयबासीकाे गुनासाे छ ।

ढिलै भए पनि सरकारले यसपटक खाेप लगाउने तयारी गरेकाे छ, याे राम्राे पक्ष हाे । कतिकाे सफल हुन्छ हेर्न बाँकी छ ।

स्वास्थ्य शाखा प्रमुख सापकोटाले मेचीनगरका १ लाख ९ हजार नगरवासी मध्ये ३० वर्षमाथिका ६५ हजार बढीलाई खाेप लगाइने बताइन् ।

पछिल्लो समाचार

झापामा ५ लाख मानिसलाई ´जापानिज इन्सेफ्लाइटिस` विरूद्धकाे खाेप लगाइने

Related Posts

झापामा ५ लाख मानिसलाई ´जापानिज इन्सेफ्लाइटिस` विरूद्धकाे खाेप लगाइने
banner -1

झापामा ५ लाख मानिसलाई ´जापानिज इन्सेफ्लाइटिस` विरूद्धकाे खाेप लगाइने

भदौ ११, २०८३, १०:५१ .बिहिबार
सशस्त्र प्रहरीद्वारा चारबाेरा आइफाेनकाे पार्टस बरामद
banner

सशस्त्र प्रहरीद्वारा चारबाेरा आइफाेनकाे पार्टस बरामद

भदौ ८, २०८३, १२:२९ .सोमवार
उपभोक्ता जागरण अभियान झापाकाे अध्यक्षमा पुन : शालिकराम भट्टराई
banner

उपभोक्ता जागरण अभियान झापाकाे अध्यक्षमा पुन : शालिकराम भट्टराई

भदौ ७, २०८३, १:०६ .आइतवार
उपभोक्ता जागरण अभियान मेचीनगर अध्यक्षमा पुन : रचना घिमिरे
banner -1

उपभोक्ता जागरण अभियान मेचीनगर अध्यक्षमा पुन : रचना घिमिरे

भदौ ७, २०८३, ११:५८ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.